निर्णय नं. १०१२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१२/०९ २०६४ निर्णय नं. १०१२ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको रि.फु.नं. २९ आदेश भएको मिति : २०३३।१२।९।३ मा निवेदक : जि. बारा, वैरिया गा. पं. वार्ड. नं.२ बस्ने ललितबहादुर खड्का क्षेत्री विरुद्ध विपक्षी : श्री भूमि प्रशासक, भू.प्र.का.बारासमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) निर्णयको सूचना पाउँदा पाउँदै–पनि ढिला गरी आएको निवेदकलाई यस अदालतले मद्दत गर्न नसकिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वीरष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता रमानन्दप्रसाद सिंह उल्लेखित मुद्दा : रि.फु.नं.३२ निवेदक प्रमानन्दप्रसाद बि. गृह पञ्चायत मन्त्रालय समेत आदेश न्या.वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०३१।४।१६ को हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : भूमिप्रशासन कार्यालय बारा कलैयाले श्री ललितबहादुरलाई लेखेको पत्र स.अ.को ०१८।९।२२ को फैसला ना.अ.अ.को ०२१।२।२३।६ को तायदाती बारा जिल्ला अदालतको ०२६।६।२३ को वादी बुद्धिबिक्रम १, म वादी देवी शाह १, शिवकुमारी शाह १ र बबरबिक्रम शाह वरियापुर समेतले प्रतिवादी हिरण्यबिक्रम शाह, बुद्धि राज्यलक्ष्मी शाह, इन्द्र राज्यलक्ष्मी शाह समेतबाट भरी पाउने तायदाती बमोजिमको अंशबण्डा बमोजिम दाखिल खारेज गर्ने बारेको बारा जिल्ला अदालतको पत्र बमोजिम कार्वाही हुँदा तायदातीमा लेखिएको वादीहरूले दिएको चौहदी भित्रको पञ्चायत अन्तर्गत उल्लेख भएको हाल कित्ता नं.र क्षेत्रफल समेतको विवरण बमोजिम सम्बन्धित पञ्चायतमा गई पञ्च भलाद्मी अगाडि नाप नक्सा गरी मुचुल्का समेत गर्दा पञ्चायतहरूको निम्न वडामा परेका निम्न लिखित कित्ताहरू र ती कित्ताहरूमा समावेश भएको क्षेत्रफलहरू वादी बबरबिक्रम शाहको स.अ.को फैसलाबमोजिम अंशबण्डा भित्र पर्ने देखिन आएबाट यस कार्यालयमा तपाईंको नाममा रहेको श्रेस्तामा देखिएका देहायका कित्ताहरू ससिमे वा कित्ताकाट भई कायम भई आएको कित्ताहरू र त्यसमा समावेश भएका क्षेत्रफलहरू अं.अ.मा तायदाती बमोजिम देहायका कित्ता तथा क्षेत्रफलहरू समावेश भएका जग्गाधनी श्रेस्ता वा जग्गाधनी दर्ता प्रमाण पुर्जा तयार भई वादी बबरबिक्रम शाहको नाउँमा जग्गाधनी दर्ता श्रेस्ता कायम गरी तपाईंका नाउँमा रहेको उपरोक्त बमोजिमको श्रेस्ता काटिएको कुरा आदेशानुसार जानकारी गराइएको छ भन्ने समेत उल्लेख भएको रहेछ । ३. विपक्षी भूमिप्रशासकको निर्णयउपर पर्न आएको यो रिट निवेदनमा कि.नं.३१।३२ को गरी जग्गा बिगाहा २–१५–१२ मेरा नाउँमा दर्ता गरी दिई ०२१।३।२१ गते बाहाली चलन पुर्जी दिएकोले तिरो भरो गरी भोगचलन गरी आएको भूमिसुधार सर्भे नापी हुँदा हर्दिया गा.पं. वार्ड नं. २ कि.नं.४३९ को जग्गा बिगाहा ०–१३–५ र ऐ.कि.नं.४४० को जग्गा बिगाहा ०–१५–० ऐ.कि.नं.४४१ को जग्गा बिगाहा ०–१८–० ऐ.कि.नं.४४४ को जग्गा बिगाहा ०–७–० समेत जम्मा बिगाहा २–१३–५ को जग्गाधनी प्रमाण पुर्जा ०२३।५।२० गते पाई साल–सालको मालपोत समेत बुझाई आएको छु । विपक्ष बबरबिक्रमले जग्गा नापजाँच ऐनको दफा ८ को म्यादभित्र उजूर गर्नसक्नु भएको छैन । अन्य व्यक्तिको मुद्दाको