निर्णय नं. १४२२ - कूलो पानी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४२२ - कूलो पानी भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११ फैसला मिति :२०३७/१०/०९ २७६४ निर्णय नं. १४२२ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको देवानी पुनरावेदन नम्बर २३६, २३७ फैसला भएको मिति : २०३७।१०।९।४ मा पुनरावेदक : जि. गोरखा तिनपाने भञ्ज्याङ बस्ने शेरजंग पुडासैनीसमेत विरूद्ध विपक्षी : जि. गोरखा मनकामना ढाङवारीको हाल धेरु अधेर बस्ने हस्तकुमारी मगर्नी मुद्दा : कूलो पानी (१) नयाँ कूलो बदर गरी पानी मेरै सदर गरिपाउँ भनी फिराद लेख दावीबाट प्रस्तुत मुद्दामा सामूहिक कूलो पानीको दावी नभएकोले प.क्षे.अ.ले शुरू उपरको पुनरावेदन सोझै हेरी छिनेको न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (१) को खण्ड (ख) को विरूद्ध देखिँदा उक्त कानुनमा व्यवस्थित अधिकारक्षेत्रात्मक त्रुटि भएको देखिने । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. बासुदेव शर्मा : पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादीका निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. ९५ सालमा मोठमा जि.भूमिनन्द जिम्बाबहादुर कवर जोगीका नाउँमा दर्ता भएको खोला देखि उत्तर पश्चिम जंगल चामुको खेत देखि पूर्व दक्षिण समेत ४ किल्लाभित्रको खेत ।७ को तिरो रु.३।८५ लागेको सोतिखेत कित्ता १ खोलादेखि पूर्व दक्षिण समेत ४ किल्लाभित्रको खेत १५१ को सोतिखेत कित्ता १ भ्याकुरे खोला देखि पश्चिम उत्तर समेत ४ किल्लाभित्रको ७।१० वार मुरै खेत १ समेतलाई अँधेरी खोलाको र ढापै खेतको निकासको मुनीको मूलपानी समेतबाट खेत रोपी भोगी आएकोमा विपक्षीहरूले उक्त खेत भन्दा माथिबाट नयाँ, बिरायको खेतमा कूलो काटी डाँडा कटाई पानी लगेमा मैले प्र.जि.अ.मा उजूर गर्दा कूलो दिने छैन भनी श्रावण २५ गते मिलापत्र गरी ऐ. २६ गते कूलो बनाई खेत रोप्न लाग्दा २७ गते फेरि विपक्षीहरूले कूलो भत्काई दिएकोले मेरो कूलो खनी नयाँ कूलोबाट डाँडा कटाई नयाँ अवादीमा पानी लगेमा निजहरूले लगेको नयाँ कूलो बदर गरी उक्त पानी मेरै हक सदर गरिपाउँ भन्ने समेत मिति २०३४।५।२६ को हस्तकुमारीको वादी । ३. म शेरबहादुरको हक भोगको बारमुरै खेतमुरी ।१।१० लाई र म डिल्लुनाथको हक भोग चलनको चनौटे खेत मुरी ।२।१० लाई समेत(लाई) भक्तबहादुरको खेत मुनीको मूलपानी र अँधेरी खोलाको पानी समेत बाँध कूलो बनाई साविक देखि सो हाम्रो खेत रोप्ने गरी आएको र म डिल्लुनाथको भोग चलनको नागडाँडा खेत मुरी ।१ लाई नागडाँडा खोल्सीको पानीले रोप्ने पटाउने गरी आएको म शेरबहादुरको उक्त वारमुरै खेत र म डिल्लुनाथको उक्त चनौट खेतमा उक्त मूलको र अँधेरी खोलाको पानी लाउने गरी आएको पुरानो बाँध कूलो बिग्री पानी छिरी खेतमा पानी कम पुग्ने भएकोले उक्त मूल पानीको बाँध कूलो र अँधेरी खोलाको पुरानो कूलो देखि अं.२ गज माथि ०३३ सालमा अर्का बाँध कूलो बनाई सो मूलको र अँधेरी खोलाको पानी जगाउने गरेका हुन् । हाम्रो बाँध कुलो देखि भनी वादीको खेतमा पनि पानी लगाउने गरेको अँधेरी खोलाको बाँध मूल देखि माथि डिल्लुनाथको अर्को चनौटे खेत र म शेरबहादुरको सोतीखेतमा पानी लाने गरेको बाँध कूलो छैन वादीको खेतलाई प्रशस्त पानी पुग्छ वादीले झुठ्ठा उल्लेख गरेको छ । माथि उल्लेख गरे अनुसार भक्तबहादुरको खेत मुनीको मूलको पानी र अँधेरी खोलाको पानी म शेरबहादुरको बारमुरै खेत र म डिल्लुनाथको चनौटे खेतमा पानी लाउने