निर्णय नं. १०१३ - घर जग्गा चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१३ - घर जग्गा चलन चलाई पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१२/३० २४०२ निर्णय नं. १०१३ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपट सिंह रावल माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको देवानी फुल नम्बर १४६ फैसला भएको मिति : २०३३।१२।३०।३ निवेदक : बझाङ दिलको कोटिलादरा डोल गाउँ बस्ने चौ.दीप बहादुर सिंहको मु.स.गर्न ऐ.बस्ने राजकुमारी देवी शाह विरुद्ध विपक्षी : का.जि. महाराजगञ्ज बस्ने मा.न्या.राजा श्री ईश्वरी जङ्गबहादुर सिंहको मु.स. गर्ने ऐ.ऐ. बस्ने राजा दीपक जङ्गबहादुर सिंह मुद्दा : घर जग्गा चलन चलाई पाउँ (१) बन्धक दिन नपाउने बन्धकी दिएको धितो पक्का भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लेखित मुद्दा : फैसला न्या. वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको सक्षिप्त विवरण यस प्रकार छ : भू.पू. वझाङ्गी राजा राम जङ्गबहादुर सिंहले मबाट भा.रु.४४०००। कर्जा लिई आफ्नो हकको महाराजगञ्ज बालुवाटारको लक्ष्मणजङ्गको बङ्गला, दक्षिण बाहुनका घर, उत्तर पुरोहितको घर पश्चिम समेतको घर जग्गा मध्ये ईश्वरीजङ्ग बहादुरकी रानीलाई लिखत गरिदिएको माथिल्लो तला बाहेक बिच र छेडीको तला मलाई पूर्वपट्टिको बारी समेत ०१८।९।१२ गते भोगबन्धकी पास गर्ने लिखत गरिदिएकोमा पास नगरिदिएकोले पास गराई पाउँ भनी फिराद गरी पास हुने ठहरी फैसला भई ऐ.०२२।५।१८गते उक्त लिखतपास भएको विपक्षीहरू उक्तघरमा बसिरहनुभै घर चलन गर्न नदिएकोले अड्डैबाट चलनचलाई पाउँ भन्नेसमेत चौ.दीपबहादुर सिंहको फिरादपत्र । ३. मेरा रानीलाई घर बनाउँदाको बखत लिएको दाइजो पेवाको रुपैयाँ वापतमा घरको पश्चिम लङ छिंडी तलादेखि छानोसम्म पूरै र बरण्डाहरू दक्षिण ढोकाबाट बाटो गर्ने गरी सो घर र सो घर अगाडीको दक्षिण बगैंचा र धारा कुवा औ पश्चिमतर्फको बारी समेत भू.पु.राजा रामजङ्ग बहादुर सिंहले लेखिदिनु भएको हो । भू.पू.राजा रामजङ्गले रै.नं.१३६५ र मेरा रानी प्रेमकुमारीले रै.नं.१३६६बाट घरजग्गाको छुट्टाछुट्टै विवरण दिएको प्रेमकुमारी तर्फको हकमा ०१।१।१८ गते फार्छेपत्र गराई लिई हक भई घर बनाएको अवस्थाको भएको र सोबाहेक राजा बसी आएको घर जग्गाको हकमा १९५० साल अश्विन सुदि ६ रोज ६ को २ छापे बण्डापत्रबमोजिम नेपालको घर भनेको ०१।१।१८ गते भू.पू.रामजङ्ग बहादुरले बिक्री गर्नलाई बिन्ति चढाउँदा बिक्री भएका घरको रुपैयाँले खरीद हुने र बनाउने घर जग्गा जो बझाङ्गी राजा हुन्छ उ बस्ने गरी अर्को घर जग्गा खरीद र बनाउने भन्न बोली पारी नक्सालको घर बिक्री गर्न आएमा र सो बिक्रीबाट आएको रुपैयाँले खरीद गर्न घर जग्गासमेत ऐनको रीत पुर्याई पास गर्न रजिष्ट्रेशन अड्डाका नाउँमा २०००।१२।१।५ मा १ छापे भएको भन्ने २००१।१।१।१८को फार्छेपत्रमा उल्लेख भएको हुँदा राजाले बन्धकमा राख्न वा बिक्री गर्न नपाउने प्रष्ट छ । लिखतमा यो यस्तो यति माटो मुरी रोपनीको जग्गा र यो यस्तो घर भन्ने खुलेको छ भन्ने समेत नसकेको हुँदा अड्डैबाट घर जग्गा चलन चलाइपाउँ भनी झुटो उजूर गरेमा विपक्षीलाई सजाय ग