निर्णय नं. १४२४ - सन्धी हक निखनाई पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४२४ - सन्धी हक निखनाई पाउं भाग: २२ साल: २०३७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३७/१२/१८ २४१५ निर्णय नं. १४२४ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको देवानी नम्बर ६१ फैसला भएको मिति : २०३७।१२।१८।३ मा पुनरावेदक : प्यूठान जि.मरठाना गा.पं.वडा नं. ५ बस्ने चुमान सिंह बस्नेत क्षेत्री विरूद्ध विपक्षी : ऐ ऐ. बस्ने कुलबहादुर खड्का मुद्दा : सन्धी हक निखनाई पाउं (१) जुन कित्तामा सन्धीसर्पन पर्छ सो कित्ता सन्धीसर्पन पर्ने व्यक्तिले मात्र निखन्न पाउँछ तसर्थ सन्धीसर्पन नपरेको जग्गा निखन्न पाउने हुनसक्तैन । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहरप्रसाद दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या. हेरम्बराज : विपक्ष प्रतिवादीलाई देउमान विष्टले थैली रु.१० हजारमा मिति ०२९।६।२३ मा राजीनामा पारित गरी दिएको ५ कित्ता जग्गा मध्येको लम्बाई हात १९ चौडाई हात ११ ढुङ्गाको गारो फुसको छाना भएको घर गोठ समेतको पाखो कित्ता १ रु.५ हजारमा र चुंदरी खोला रिपाई भन्ने खेत –१–७–४ को कित्ता १ रु.४ हजारमा लिएका २ कित्ता जग्गामा मलाई सन्धीसर्पन गर्ने भएकोले सम्बन्धित मालमा ०३०।१।२४ मा धरौटी राखी ०३१।१।२४ गते उजूर गरेको निखन्न पाउने ठहराई ०३०।११।२७ मा प्यूठान मालबाट फैसला भई अन्यायवालाले प्यूठान जिल्ला कार्यालयमा पुनरावेदन गर्दा हक निखन्न दिनुपर्नेले कारण देखाएमा इन्साफ दिनुपर्ने देखिए नालेश दिनु भनी सुनाई दिनुपर्ने सो नगरी फैसला गरेकोले सो फैसला बदर हुन्छ । म्यादभित्र नालेश दिनु भनी फैसला भएकोले म्यादभित्र उजूर गर्न बाध्य हुनु पर्यो खास सन्धीसर्पन पर्ने जग्गालाई हक निखनाई पाउँ भन्ने समेत चुमान सिंह बस्नेतले प्यूठान जिल्ला अदालतमा मिति ०३२।९।१६।४ मा दिएको फिरादी पत्र । २. निज देउमानबाट ०२९।६।२३ मा राजीनामा पारित गरी दिएको ५ कित्ता मध्ये घरवारी पाखो र रिपाई खेत फिरादीको सन्धीसर्पन पर्ने होइन घरवारीमा पूर्व दक्षिण चुमान सिंहको साँघ लेखिए पनि पूर्वतर्फ र उत्तरतर्फ समेत बाटो हुँदा सो बाटोबाट फिरादीको जग्गामा आवत जावत गर्ने गरेकोले राजीनामा गरी दिएको जग्गामा फिरादी आउँने टेक्ने हिंडने अवस्था नहुँदा सन्धीसर्पन पर्दैन खेतका हकमा सो खेतको २ तर्फ बाटो पर्छ सो बाटो मध्ये ठाडो बाटो मानिससम्म हिंडने गरेको बाटो र निज चुमान सिंहका घरवारीको बाटो फिरादीका खेत पाखाहरूमा आवत जावत गर्ने गरी आएको हुँदा मैले राजीनामा गरी लिएको खेत पाखो समेतबाट हिंड्नु नपर्ने हुँदा सन्धीसर्पन पर्छ भन्ने वादी झुठ्ठा हो भन्ने समेत कुलबहादुरले प्यूठान जिल्ला अदालतमा मिति ०३२।१२।१०।३ मा दिएको प्रतिउत्तर । ३. वादी प्रतिवादीहरूका साक्षीहरूको बकपत्र समेत भएको रहेछ । ०३३।७।९ मा भएको नक्सा सरजमीन मुचुल्का । ४. वादीका दावीमा लेखिएबमोजिम का.न.पं.२१।१ २१।२ २१।३ २१।४ २१।५ मा उल्लेख भएको प्रतिवादीको रु.५०००।– मोल परेको जग्गासम्म सन्धीसर्पन पर्ने देखिएको हुँदा सो चुंदरी खोला घरवारी भन्ने जग्गा मात्र वादीले सन्धी हक निखनाई पाउने ठहर्छ वादीले दावी गरेको अर्को चुंदरी खोला रिपाहा भन्ने खेत नक्सा नम्बर २०।१ २०।२ मा उल्लिखित मुरी –१–७–४ को कित्ता १ को हकमा वादीको घरबाट टाढा पर्ने देखिएकोले र नक्सा नं. १० ध्वजबहादुरको खेतसँग जोडिएकोले वादीको मात्र सन्धीसर्पन भन्न नमिलेकोले उक्त खेतको हकमा सन्धीहक निखनाई पाउँ भन्ने वादी दावी पुग