निर्णय नं. ४६९४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४६९४ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५०/०२/१२ २८५६ निर्णय नं. ४६९४ ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह २०४८ सालको रिट नं. १९८५ आदेश मिति :– २०५०।२।१२।३ निवेदक : जि. सिरहा वेतौना गा.वि.स. वार्ड नं. ५ वस्ने वर्ष ४९ को नरेन्द्र कुमार सिंह । विरुद्ध/विपक्षी: पुनरावेदन अदालत, राजविराज : जि. सिराहा वेतौना गा.वि.स. नं. ५ बस्ने सतेन्द्र सिंह राजपुत । : सिरहा जिल्ला अदालत । विषय :– उत्प्रेषण । (१) फैसला नै कार्यान्वयन भइसकेपछि अ.वं.१७ नं. बमोजिमको निवेदनमा आदेश गर्न नमिल्ने । (प्र.नं.१२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री देव शरण प्रसाद । आदेश न्या. सुरेन्द्र प्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. वादी सतेन्द्र सिंह राजपुत, प्रतिवादी विरेन्द्र सिंह राजपुत समेत भएको अंश दर्ता मुद्दामा सिरहा जि.अं. बाट ०४५।७।२९ मा भएको फैसलामा सगरमाथा अञ्चल अदालतले केही उल्टो गरी ०४६।१२।२७ मा अंश पाउने ठहरी फैसला भएको सो मुद्दामा म निवेदक वादी प्रतिवादी केही थिइन । विपक्षी सतेन्द्र सिंहले फैसला अनुसार तायदातीको जग्गा मध्ये ३ खण्डको १ खण्ड अंश रोक्का गरी पाउँ भनी निवेदन दिएकोमा जि.अ.बाट ०४७।६।४।५को आदेशानुसार जग्गा रोक्का भएछ । आमाको नामको जग्गामा विपक्षी सतेन्द्रको पिता विरेन्द्र सिंह र मेरो नाममा मात्र नामसारी हुने हो । सतेन्द्र सिंहले बाबु बीरेन्द्र सिंहबाट मात्र अंश पाउने हो । सतेन्द्रको पिता र मेरो बीच अंश छुट्टिईसकेको छ । तसर्थ : आमाको नामको जग्गा फुकुवा गरी पाउँ भनी मैले २०४७।६।७ मा सिरहा जि. अ. मा निवेदन गरेको थिएँ । सो निवेदनमा कि.नं. १७, ८०, ८२, १५०, १६२, १७१, २९९ र ३०२ को जग्गा बाहेक अरु चल अचल वाट वण्डा छुट्याई दिनु भनी उक्त जग्गा फुकुवा गर्ने गरी जि.अ.बाट ०४७।८।१४ मा आदेश भएको । तत्पश्चत ०४७।८।२३ मा अंश छुटयाई ३ भागको १ भाग अंश छुट्याई फैसला कार्यान्वयन भइसकेको । सतेन्द्र सिंहले अंश बुझी दिई सकेपछि उक्त जि.अ.को ०४७।८।१४ को आदेश बेरीतको भएकोले बदर गरी पाउँ भनी अ.वं. १७ नंं. बमोजिम तत्कालीन सगरमाथा अञ्चल अदालत रा.वि. वेञ्चमा सतेन्द्र सिंहले निवेदन दिएको । त्यस निवेदनमा ०४७।८।१४ को जि. अ. बाट भएको आदेशानुसार अरु कित्ताको जग्गाहरूको बण्डा छुटयाउन रोक्का गरेको मिलेन । कि.नं. १७, ३०१, ३०२ का जग्गा बाहेक अरु बण्डा छुट्याई कानून बमोजिम गर्नु भन्ने पुनरावेदन अदालत राजविराजबाट ०४८।८।२७ मा आदेश भएको । तदनुसार जिल्ला अदालतले कि.नं. १५०, १६२, १७१, ८० र २९९ को कित्ता जग्गाहरू बन्डा छुट्याई दिनुपर्ने देखिंदा प्रस्तुत मुद्दा बिगो दायरीमा दर्ता गरी बन्डा छुट्याउने कार्य पुनः कार्यान्वयन गर्नु भनी ०४८।९।२१ मा जि.अ. बाट आदेश भएकोले अन्यायमा परी निवेदन गर्न आएको छु । मातहत अदालतमा दायर भई राखेको मुद्दाहरूमा निवेदन परेकोमा पुनरावेदन सुन्ने अड्डाले गर्नुपर्ने कार्यविधि र अधिकारको सम्बन्धमा अ.व. १७ नं. को व्यवस्था गरिएको हो भनी स.अ. बाट सिद्धान्त प्रतिपादित भइरहेको छ । उक्त अंश मुद्दा अञ्चल अदालतबाट फैसला भई अन्तिम भएको तथा जिल्ला अदालतबाट वण्डा छुटयाउने कारबाही कार्यान्वयन भईसकेको अवस्थामा अ.वं