निर्णय नं. १०१६ - उत्प्रेषण एवं परमादेशको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०१६ - उत्प्रेषण एवं परमादेशको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१२/२४ २४६३ निर्णय नं. १०१६ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०३३ सालको रिट नम्बर १४५० आदेश भएको मिति : २०३३।१२।२४।४ मा निवेदक : जि. पाँचथर रविगा. पं. हाल २१।५१२ का.जि. डिल्लीबजार बस्ने अमृता राई विरुद्ध विपक्षी : त्रिभुवन विश्वविद्यालय उपकुलपतिको का., त्रिपुरेश्वर काठमाडौंसमेत विषय : उत्प्रेषण एवं परमादेशको आदेश जारी गरी पाउँ (१) निवेदकलाई निष्कासित गर्ने आदेश दिएको कृया प्राकृतिक न्याय सिद्धान्तको विपरीत देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अघिवक्ता श्री निलाम्बर आचार्य र विद्वान अधिवक्ता श्री गोविन्दकुमार विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली उल्लेखित मुद्दा : आदेश न्या.वासुदेव शर्मा १. बर्णित त्रुटीहरूको उपचारका अन्य कुनै व्यवस्था छैन तापनि सह–कुलपतिज्यूमा निष्कासन बदर गरी पाउन माग्दै गरेको निवेदनमा कुनै कारवाही भई दिएन । अतएव संविधानको धारा १६ र ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा मलाई गरेको निष्कासन आदेश बदर गरी पुनः क्याम्पस एवं छात्राबासमा भर्ना गरी पढ्न दिनु भन्ने सहितको परमादेशको आदेश समेत जारी गरी पाउँ भनी रिट निवेदन मिति ०३३।१०।२८।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यस प्रकार छ : निवेदकले बोर्ड अफ पब्लिक एजुकेशन देहरादुनबाट २४ जनवरी, १९७३ मा म्याट्रिकुलेशनको परीक्षा पास गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाबौद्ध नर्स क्याम्पसबाट १९७४ सालमा लिएको प्रमाणपत्र तहको नर्सिङ्ग बिषयको प्रवेश परीक्षामा पास गरी सोही १९७४ को साउने सेमेष्टर देखि उक्त नर्सिङ्गको प्रमाणपत्र तहमा प्रवेश पाई पाँचौं सेमेष्टरसम्म अध्ययन गर्दै थिएँ । मेरो प्रमाणपत्र तह पुरा हुन एक सेमेष्टर (६ महिना) मात्र बाँकी थियो । मिति ०३३।६।६ र मिति ०३३।६।५ को त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान क्याम्पस प्रमुखको कार्यालय नर्स क्याम्पस महाबौद्धबाट मैले एउटा पत्र प्राप्त गरें जसमा बोर्ड अफ पब्लिक एजुकेशन को मान्यता बदर भएकोले मैले प्राप्त गरेको प्रमाणपत्र रद्द गरिएको जनाउ दिँदै ०३३।६।६ सम्म क्याम्पस छोडी जानु भनी उल्लेख गरिएको थियो । सोही ०३३।६।६ का दिन मलाई क्याम्पसबाट निष्कासन गरियो । त्यसरी गैरकानूनी तरिकाले निष्कासन गरेकोमा चित्त नबुझी सह–कुलपति त्रि.वि.वि.कासमक्ष निवेदकले तत्काल मिति ०३३।६।१३ मा निवेदन गरेको थिएँ । जसको बोधार्थ विपक्षी पाठ्यक्रम विकासकेन्द्र तथा क्याम्पस प्रमुखको कार्यालयसमेत लाई दिएको थिएँ । सो सम्बन्धमा के कसो भयो कुनै अधिकारी लिखित जानकारी अझसम्म निवेदकलाई प्राप्त हुन सकेको छैन । तर, मौखिक तवरबाट उक्त निवेदनउपर कारवाही नहुने गरी तामेलीमा राखिएकोछ भन्ने जानकारी कार्तिकको अन्ततिर निवेदकले बुझ्न जाँदा प्राप्तगरें । बोर्ड अफ पब्लिक एजुकेशन देहरादूनको मान्यताबारेमा जानकारी पाउनको लागि निवेदकले त्रि.वि.वि.शिक्षाध्यक्षको कार्यक्रम विकासकेन्द्र त्रिपुरेश्वरमा ०३३।१०।६मा निवेदन दिंदा विपक्षी पाठ्यक्रम विकास केन्द्रबाट निम्न जवाफ ०३३।१०।६मा नै आएको थियो । “बोर्ड अफ पब्लिक एजुकेशन देहरादूनबाट म्याट्रिकुलेशन अथवा इन्टरमिडियट परीक्षा उत्तिर्ण गरेको आधारमा त्रि.वि.को कुनै तहको परीक्षा उत्तिर्ण गरेको भए सो तहलाई