निर्णय नं. १४२६ - उत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४२६ - उत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं भाग: २२ साल: २०३७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३७/१२/०४ २४४५ निर्णय नं. १४२६ ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नम्बर १०५० आदेश भएको मिति : २०३७।१२।४।३ मा निवेदक : जि. धनुषा रघुनाथपुर गा.पं.हाल वडा नं. ४ उत्तर बारी बस्ने बाबुलाल साहू सुडी विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने भवानीप्रसाद शर्मा, भूमिसुधार कार्यालय धनुषाका भु.सु.अ. विषय : उत्प्रेषण लगायतका रिट आज्ञा, आदेश वा पूर्जि जारी गरी मोहियानी बदर गरिपाउं (१) भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही हुनलाई अरूको जग्गा कमाउनुपर्ने व्यवस्था उल्लेख छ । विपक्षीले पाएको ४ नं. जोताहा अस्थाई निस्साबाट अरूको जग्गा कमाएको भन्ने देखिँदैन तसर्थ निजलाई उक्त जग्गाको मोहियानी प्रमाणपत्र बनाइदिने गरी गरेको निर्णयमा भू.सं.ऐन, २०२१ को दफा २(ख) को त्रुटि गरेको देखिएकोले उक्त विपक्षी भू.सु.का.धनुषाको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र विद्वान अधिवक्ता श्री सूर्यप्रसाद सुवेदी आदेश न्या. बासुदेव शर्मा : विपक्षी अधिकारीले विपक्षी भवानीप्रसादलाई मोहियानी हकको प्रमाणपत्र दिने गरी ०३६।८।२ मा गर्नु भएको निर्णय बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : २. विपक्षी नाउँको साविक दर्ता रहेको शिवपुर मौजाको कि.नं. ६ का ३–०–० जग्गा हाल रघुनाथपुर गा.पं.वार्ड नं. ५(ग) कि.नं. ९ र १७ कायम भएको जग्गाको मैले ४ नं. जो.अ.नि.प्राप्त गरी २ नं. लगत समेत प्रकाशित भएको जग्गामा १४ नं. फाराम भरेको हुँ र ०२२ सालको बाली देखि विपक्षीले लुटपिट गरी आएकोले मोहीको प्रमाणपत्र पाउँ भन्ने ०३०।१।१८ मा रलह टोली गा.पं.अन्तर्गत मौजे बढमझिया बिपलाको कि.नं. ३ को २–११–१७ को हाल कि.नं. ८६ समेतका जग्गा मैले जोती ४ नं. जो.अ.नि.प्राप्त गरी २ नं. अनुसूची समेत प्रकाशित भएको जग्गाको मोहीको प्रमाणपत्र पाउँ भन्ने समेत विपक्षी भवानीप्रसाद शर्माको निवेदन माग र विपक्षीले दावी लिएको जग्गा मध्ये कि.नं. ९,१७,११३ मेरो नगदी दर्ता हो यसमा कसैको मोहियानी हक छैन विपक्षीले जो.अ.नि.मा अर्काको जग्गा मोहियानीमा कमाएको नभई आफ्नो जति उल्लेख भएको र अन्य दावीका जग्गा विपक्षीको दावी अनुसार कि.नं. मा दर्ता छैन र साविक कि.नं. ९३ हाल कि.नं. ११३ को जग्गा निज वादीसँग २०२१।७।९ मा रजिष्ट्रेशन पास गराई लिएको मोही मेरो आमा शिवर्ति सुडिन हो र १ नं. लगत भराई ४ नं. , जो.अ.नि.प्राप्त गरेको हुँ भन्ने समेत निवेदक बाबुलालको बयान भएकोमा दावी बमोजिम रघुनाथपुर गा.पं.वा.नं. ५(ग) कि.नं. ९ को २–१०–३ र कि.नं. १७ को ०–१५–८ जग्गामा निवेदक भवानीप्रसाद शर्मा मोही देखिँदा मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय धनुषाले निर्णय गरे उपर प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । ३. मैले विपक्षीबाट ०२१।७।९ मा साविक मौजे शिवपुरको कि.नं. ६ को ११–१४–१० मध्ये ३–०–० र वरमझियाकी सर्जि देखि पूर्व २–११–१७ जग्गा रु.६७९८।– मा राजीनामा गराई लिएको उक्त जग्गा आमा शिवर्तिले १ नं. अनुसूची भरी २ नं. लगत प्रकाशित भई जो.अ.नि.स