निर्णय नं. १०१८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१८ - हक सफा भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०२/३१ २४५६ निर्णय नं. १०१८ ने.का.प. ०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२८ सालको दे.फु.नं. १६५१ फैसला भएको मिति : २०२९।२।३१।३ मा पुनरावेदक : जिल्ला पर्सा प्र. सीधमास मौजे मधुवन बस्ने रमन भगत हरीजन विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने सकल सा कानू मुद्दा : हक सफा (१) “लेनदेन व्यवहारको १२ नं.मा “हकवालाले निखनी नलिएमा सो म्याद नाघेको ३५ दिन भित्र देहायका व्यक्तिले देहायबमोजिम निखनी लिन पाउँछन्–जग्गा बिक्री गरेकोमा सो जग्गा कमाउने किसानले लिए निजले निखनी लिन पाउँछ” भन्ने प्रष्ट रुपमा उल्लेख भएबाट किसान भन्नाले भूमिसम्बन्धी ऐनको किसानको परिभाषा अनुसार–वादी सो जग्गा कमाउने किसान भएकोले किसानले निखनी लिन पाउने ऐनमा प्रष्ट रुपमा उल्लेखित व्यवस्था भएको । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट उल्लेखित मुद्दा :  फैसला न्या. रंगनाथ उप्रेती १. गोपी मिश्र ब्राहृमणका नाउँको महुअवन गुठिको महुअवन पं. वार्ड नं. ५ को नं. ७८१ को जग्गा वटैया जोतिआएको सर्भे हुँदा मेरानाउँमा नापनक्सा भई जोताहा अस्थायी पूर्जासमेत पाएको हाल सर्भे नं.२४६ को जम्मा बिगाहा १।४।४ मेरो मोही बाहेक नम्बरीवाला गोपी मिश्रले विपक्ष सकल सा कानूबाट रु.२०००। लिई २३।११।२१ मा सूक्री बिक्री लेखी पास गरिदिएको छ महिना नाघेको ३५ दिन भित्र मोहीको हैसियतले म मोहीवालाले रु.२०००। दरखास्तसाथ धरौट राख्न ल्याएको छु बुझ्न लगाई जग्गा बिगाहा १।४।४ पाउने गरी दर्ता दाखिल अड्डा ढाँटी कायम गरेमा विपक्षीलाई सजाय गरी पाउँ भन्ने रमन भगतको दर्खास्त । २. सो जग्गाको मोही जंड्डी कुर्मीले खरीद गरेका अवस्थादेखि आजसम्म जोति आएका छन् । मैले खरीद गर्नु २ वर्ष अघि मोही लेखाएको जोत्न नसक्दा सो, अवधि देखिनै जंङ्गी कुर्मीलाई जोत्न दिई आएको वादी मोही भए जङ्गीलाई जोत्न दिने थिएन । सो खरीद गरेको जग्गामा वादीको मोही हक छैन भन्ने सक्कल सा कानूनको बयान । ३. लिखतमा रमन भगतले मोहियानीमा जोति आएको भन्ने लेखिएको दरखास्तवालाबाट पेश भएको जोताहा पूर्जाबाट समेत जग्गा बिगाहा १।४।४ मोही हैसियतले रमन भगतले निखन्न पाउने ठर्हछ भन्ने २४।९।२८ गतेको पर्सा मालको फैसला । ४. रमन उपर मोहियानी तेरो मेरामा जङ्गी राउतको पर्सा जि.अ.मा उजूरी कारवाही चलिरहेकोले सो टुङ्गो नलागेसम्म निखनाउने नहुने । २२ सालमा कमाउन दिई २२।२३ सालमा जङ्गीले मोही बाली आफूले र धनी बोटी गोपीलाई दिई निजबाट बचतको भरपाई लिइसकेको भन्ने समेत व्यहोराको सकल सा कानूको पुनरावेदन । ५. निखन्न पाउने ठहराएको पर्सा माल कार्यालयको मुनासिव भन्ने ०२५ साल आश्विन २९ गतेको प्र.जि.अ.जि.पञ्चायत पर्साको फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने सकल साको पुरनावेदन । मोहीको हैसियतले निखन्न पाउने भन्ने रमनको उजूर परेकोमा प्रतिवादी सकलले मोही नहुनाले निखन्न दिनु मञ्जुर छैन भन्ने इन्कार गरेको रजिष्ट्रेशनको ३४ नं.मा निखन्न दिनु नपर्ने कारण देखाएकोमा इन्साफ दिनुपर्ने कुरा देखिन आए ३५ दिनभित्र अदालतमा नालिस गर्नु भनी सुनाई दिनु पर्छ भन्ने समेत अवस्था भएको सो बमोजिम नगरी माल तथा जि.पं.बाट निखन्न दिनुपर्ने भनी ठहर फैसला गरेको बदर हुने ठर्हछ । यसै मिसिलबाट जो बुझ्नु पर्ने बुझी ठहर निर्णय गरिदिनु भनी मिसिल नारायणी अञ्