निर्णय नं. १०१९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०१९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०१/१४ २१०२ निर्णय नं. १०१९ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको रिट फूल नम्बर ३६ आदेश भएको मिति २०३४।१।१४।३ मा निवेदक : का.जि. नयाँसडक, नेपाल विजुली भण्डारका मालिक विष्णुभक्त श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार करविभाग का.मु.प्रमुख करअधिकृत शम्भुप्रसाद खनालसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) आयकर ऐन, २०१९ बमोजिम आयकर निर्धारणको आदेश भई लाग्ने कर जरिवाना समेत बुझाइसकेको हुँदा यस्तोमा लागू हुन नसक्ने आयकर ऐन, २०३१ को दफा ५६ को उपदफा (३) अन्तर्गत पुनः कर निर्धारण गर्ने गरी भएको श्री ५ को सरकारको निर्णय अधिकार क्षेत्रको अभावमा त्रुटिपूर्ण देखिएको । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान का.मु.वीरष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा :  आदेश न्या.वासुदेव शर्मा १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ समेत यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : तपाईको आ.बं.२९।०३० को आयकर निर्धारण आदेश आयकर ऐन, ०३१ को दफा ५६(३) अनुसार रद्द गरी पुनःकर निर्धारण गर्ने भन्ने श्री ५ को सरकारको मिति ०३२।११।१४ को निर्णय भएकोले सूचना गरिएको छ भन्ने अ.मं. कर विभागबाट पत्र १ र तपाईँको आ.बं. ०२९।०३० को पुनःकर निर्धारण गर्ने सिलसिलामा तपाईसँग केही कुरा बुझ्नु परेकोले ३ दिन भित्र यस विभागमा उपस्थित हुन सूचना गरिएको छ भन्ने कर विभाग पुनरावलोकन शाखाबाट पत्र १ समेत निवेदकलाई पत्र लेखेको रहेछ । ३. उक्त श्री ५ को सरकारको निर्णय बदर गरी पाउँ भनी निवेदक विष्णुभक्त श्रेष्ठले दिएको रिट निवेदनमाः आर्थिक वर्ष ०२९।०३० को निवेदकको आयकर निर्धारण आदेश ०३१।१।२४ गते मै लागेको जरिवाना कर समेत बुझाई सकेकोमा गणित सम्बन्धी भूल सच्याएको भन्दै रु. ९३२०।थप कर दाखिल गर्नु भनी कर कार्यालयबाट ०३२।१।२६मा निर्धारण गरिएकोले राजश्व न्यायाधीकरणमा पुनरावेदन गर्दा कर कार्यालयको थप कर असूल गरेको सम्बन्धमा भएको आदेश ०३२।८।१६ मा बदर गरियो । यस्तो अवस्थामा १० महिना पनि अ.बं.०२९।०३० को आयकर निर्धारण आदेश आयकर ऐन, २०३१ को ५६ (३) अनुसार रद्द गरी पुनःकर निर्धारण गर्ने भन्ने श्री ५ को सरकारको ०३२।१२।१४ को निर्णय भएको कर विभागको पत्रबाट ज्ञात भयो । कर विभागको पत्र अनुसार आयकर ऐन, २०३१ को दफा ५६ (३) अनुसार पुनः कर निर्धारण गर्न पाइने होइन । किनभने उक्त ऐन जारी हुनु भन्दा अगाडि कर निर्धारण भइसकेको छ । साविक नेपाल आयकर ऐन, २०१९ बमोजिम कर निर्धारण भई निर्धारीत कर समेत असूल भइसकेको अवस्थामा आयकर ऐन, ०३१ को बमोजिम कुनै कारवाही गर्न नपाउने स्पष्टै छ । अतः श्री ५ को सरकारको निर्णय अनाधिकार गैरकानूनी हुँदा बदर गरी कर विभाग तथा कर कार्यालय बाग्मती अञ्चलले गैरकानूनी कारवाही नगर्नु भनी प्रतिषेध परमादेश मिस्रित उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ । ४. लापरबाहीबाट भएको कर निर्धारणको आदेश रद्द गरी पुनःकर निर्धारण गर्न आदेश दिइएको छ । सो अनुरुप पुनःकर निर्धारण भइसकेको छैन । कर निर्धारण भईसकेपछि कर निर्धारण आदेश उपर पुन