निर्णय नं. १०२० - कोठा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२० - कोठा खिचोला भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०८/०५ २११२ निर्णय नं. १०२० ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बबरप्रसाद सिंह माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको दे.फु नं.६० फैसला भएको मिति : २०२७।८।५।६मा निवेदक : का. जि. मरुटोल बस्ने गोपालबहादुर प्रधान विरुद्ध विपक्षी : ठमेल बस्ने सु. कटकबहादुर प्रधान मुद्दा : कोठा खिचोला (१) दान दातव्यको ४ क. नं.ले पेवामा पेवा पाउनेको खुस हुन्छ भनेको, अरू अंशियारलाई भाग लगाउन पर्ने बाध्यता छैन । (प्रकरण नं. १५) (२) दान दातव्य ४क नं.ले लिखत गरी पेवा यसले खानु भनी अधिकारको श्रृजना गर्न पेवाको धनी समर्थ भएकोले पेवाको धनीले जसले खान पाउने भनी लेखिदिन्छ उसले एकलौटी खान पाउने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट उल्लेखित मुद्दा :  फैसला न्या. वाशुदेव शर्मा १. आमा रत्नकुमारीले आफ्नो शेषपछि खान पाउने गरी ०५।१।१७ मा मलाई बकसपत्र पास गरी दिनु भएपछि ऐ.२२ गते परलोक हुनु भएकोले सो बकसपत्रबाट मेरो हक भएको घरको मोल रु ५२।मोलिने कोठामा प्रतिवादीले ताल्चा लगाई छाडी नदिई खिचोला गरेकोले सो खिचोला मेटाई पाउँ भन्ने समेत वादी । २. वादी दावीको घर मेरो आर्जनबाट आमा रत्नकुमारीको नाउँमा खरीद भएको हुनाले कोठामा ताल्चा लगाएको हुँ । आमा बृद्ध रोगले असाध्य बेहोस् हुनु भई ०५।१।२१ गते घाट लगी ऐ.२२ गते परलोक हुनुभएको, रजिष्ट्रेशनको कारिन्दा सनाखत गर्ने साक्षीलाई दिनु खुवाउनु गरी ऐनले गर्नु नहुने अवस्थाको बकसपत्र गराएको हुँदा बदर गरी पाउँ भन्नेसमेत प्रतिवादी । ३. वादीको बकसपत्रबाट हक भएको कोठामा प्रतिवादीले खिचोला गरेको ठर्हछ भन्ने रा.का.दे.दो.को ०६।८।१४।२ को फैसला । ४. ऐनले गराउन हुँदै नुहने अवस्थाको बकसपत्र सदर गरी मलाई हराएकोले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ५. प्र.रत्नकुमारीसँग मानो छुट्टिबसेको हुँदा रत्नकुमारीले आफूसँग बसेको छोरा वादीलाई ०५।१।१७।५ मा पास गरिदिएको बकसपत्र सदर कायम रहने नै देखिएकोसमेत हुँदा इन्साफ शुरू रा.का.दे.दो. को मुनासिव ठर्हछ भन्ने अपील दोस्राको ०८।५।१२।३ को फैसला । ६. अपीलले हदमुनि गरी छिनेकोमा चित्त बुझेन इन्साफ जाँची पाउँ भन्ने प्रतिवादी पक्षको निवेदन परेकोमा ब्यहोरा साँचो रहेछ भने मिसिल झिकी इन्साफ जाँच पेश गर्नु भन्ने श्री माननीय भू.पु. प्रधान न्यायाधीशज्यूबाट ०८।७।१९।२ मा आदेश भएको । ७. निजहरूको अंश मुद्दामा ०४।७।१४ गते भान्छा छुट्टी बेगल बसेको भन्ने देखिनाले र आमा रत्नकुमारीले ०५।१।१७ गते गोपालबहादुरलाई बकसपत्र गरिदिएको सदर कायम हुने देखिनाले इन्साफ अपील दोस्राको मुनासिव छ भन्ने डि.बेञ्चको ०१३।७।१६।५ को फैसला । ८. यो समेत मुद्दाको इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने प्रतिवादी सु.कटकबहादुरले चढाएको निवेदन श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा यसमा अघि छिन्ने न्यायाधीशबाहेक श्री प्रधानन्यायाधीशसमेत ३ वा ५ जना न्यायाधीश भएको फुल बेञ्चबाट एक पटक दोहर्‍याई हेरी ऐनबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका बिशेष जाहेरी विभाग राजदरबारबाट लेखी आएको २०।२।२१।३ को हुकुम प्रमांगी र बक्स भई आएका हु.प