निर्णय नं. १०२३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२३ - लेनदेन भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०१/०२ २१४९ निर्णय नं. १०२३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर. ३८ फैसला भएको मिति : २०३४।१।२।५ पुनरावेदिका : बुटवल खस्यौली न.पं.वा.नं.४ भुवनमोहन क्लोथस्टोरको प्रोपाइटर रामवकस रामको मु.स.गर्ने शान्तिदेवी कसोधन विरुद्ध विपक्षी : नेपाल बैंक लि. बुटवल जोनल अफिस (क्षेत्रिय कार्यालय) को तर्फबाट फिराद गर्ने बैंकका लेखापाल हाल बुटवल बजार बस्ने कृष्णनाथ शर्मा मुद्दा : लेनदेन (१) कानूनले जसले नालेस गर्ने हकदैयाको व्यवस्था गरेको छ उसलेमात्र नालेस गर्न पाउने अधिकार पाएको हुन्छ, त्यस्तो अधिकार प्राप्त व्यक्तिबाट गरेको नालेस फिरादबाट मात्र कानूनबमोजिम इन्साफ तहकिकात गर्न मिल्छ । सो बमोजिम नभएकोमा अदालती बन्दोबस्तको ८२ नम्बरको विपरित हुन जाने । (प्रकरण नं. ९) पुनरावेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या.बासुदेव शर्मा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्र. का. निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : २. विपक्षीले गरिदिनु भएको २०२६।३।१ को तमसुकी रु. ४३९८१३।१७ को तमसुक भएको ०२७ श्रावण मसान्त तकको ब्याज रु. ५४४९४।०४ विमा खर्च रु.२५०५।३० र रजिष्ट्रेशन दस्तुर ७९४४।०८समेत जम्मा रु.५०४७५७।१९ र मुद्दा किनारा भएका दिनसम्मको लाग्ने ठहरिएको ब्याजसमेत दिनैपर्ने र नदिए लिखतमा लेखिएको ४ किल्ला भित्रको घर भित्रको घर कित्ता ४ बिक्री गरी गराई यसै बैंकको साँवा ब्याज भराइपाउँ भन्ने यस ने.बैं.लि.बुटवल जोनल अफीसका तर्फबाट ऐ.का लेखापाल कृष्णनाथले ०२७।५।११।५ मा लु.अं.अ.मा दर्ता गरेको वादी । ३. यो मुद्दाको फिराद बुटवल जोनल अफिसको तर्फबाट बैंकको लेखापालले दायर गर्नु भएको सरासर अनाधिकृत र अनियमित छ । लेखापाललाई बैंकको तर्फबाट नालिस दायर गर्न कानूनी हक अधिकार प्राप्त छैन् । मुल धन साँवामा केवल रु.२७२८७।४० कर्जा लिएको हिसाब गर्दा केवल ४.१६.२५८।४८ मात्र हुनआउने चक्रबृद्वी लगाई ६।६ महिनाको ब्याजलाई साँवामा गाभी त्यसको पनि ब्याज लगाउँदै जाँदा रु. १२०४६५।२९ बढी पक्राउ गरिएको छ । जसले गर्दा रु. २५८७३५ को कपडा बन्धक राखेको छुट्टै कागज गरिदिइ कन पनि रु.४३९८१३ ।७७ को अचल जेथा धितो राखी ०२६।३।३ मा यो फिरादमा सबूद कागज गराईएको हो । ०१३ साल देखिको खाता झिकाई हेरिएमा प्रत्यक्ष हुन्छ । गैरकानूनी रकम जोडी रु.५०४७५७।१९ को अनधिकृत दावी अ.बं.१८० नं.बमोजिम खारेज गीरपाउँ भन्नेसमेत रामबक्सको प्रतिवादी । ४. वादीबाट पेश हुन आएको २६।३।१ को पास भएको दृष्टिबन्धकी तमसुक देखिएको सो तमसुक बमोजिम साँवा रु.४३९८१३।१७ र त्यसको आजसम्मको सयकडा १० ले ब्याज रु. १५०३८७।९३ समेत साँवा ब्याज रु.५९०२०१।१० वादीले प्र.बाट लिन भराउन पाउने र विमा खर्च रजिष्ट्रेशन दस्तूरसमेत जम्मा रु.१०४४९।३८ को बढी दावा गरेको ठर्हछ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको ०२९।८।२।६ को फैसला । ५. उक्त इन्सासफमा चित्तबुझेन भन्नेसमेत प्र.को पुनरावेदन परेकोमा न्यायप्रशासन सुधार अध्यादेशअनुसार स.अ.बाट सरी पश्चिमाञ्चल क्षे.अ.बाट निर्णय फैसला हुँदा बैंक ली. जोनलअफिस (क्षेत्रीय प्रवन्धक)बाट ३०।७।२७ मा लेखिएको पत्रानुसार क्षेत्रीय प्रवन्धक स्वयं अदालतमा हाजिर भई ऐनबमोजिम मुद्दा सकारनामा गराइएको देखिन आएको क