निर्णय नं. १०२५ - चिनी कालो बजार गरे भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२५ - चिनी कालो बजार गरे भन्ने भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३३/१२/२३ २१०८ निर्णय नं. १०२५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको फौ.पु नं. १३६ फैसला भएको मिति : २०३३।१२।२३।३ मा पुनरावेदक : मो.जि. विराटनगर न.पं.वा.नं.४ विराटनगरबस्ने रामदेव अग्रवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार (जाहेरवाला हे.कं.उदय प्रसाद पौडेल) मुद्दा : चिनी कालो बजार गरे भन्ने (१) बढी दररेटमा बिक्री गर्नु कालो बजार ठहर्नको लागि आवश्यक तत्त्व हुने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता श्री भैरवलाल लम्साल फैसला न्या. हेरम्बराज : पूर्वाञ्चल क्षे.अदालतबाट २०३१।९।२१।१ मा भएको फैसला उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम २०३३।४।१४।५ मा पुनरावेदन गर्ने अनुमति पाई प्रस्तुत मुद्दा पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छन् : २०३०।१।९ गते दिनको अन्दाजी ३ बजेको समयमा को.अ.७६५ को भाडा ट्रकमा विराटनगरबाट अन्यसामान लोड गरी दमकर्फ लगिरहेकोछ भन्ने कर चौक् िबाट थाहापाएकोले चेक गर्दा चिनी बोरा १० फेला परेकोले चिनी लाने कुनै इजाजत देखाउन नसकेकोले मानिस र चिनी दाखिल गरेको छु भन्नेसमेत व्यहोराको २०३०।१।९ को प्रतिवेदन । ३. उक्त मितिमा चिनी बोरा १० लोड भईरहेको थियो । चिनी कसको भनी सोद्धा चिनी मेरो हो पूर्जा भइसकेको छ म बरगाछिमा बसी रहन्छु त्यहीं ल्याउनु भनी मोहन साहूले भनेको हो भन्ने प्रहरीमा कागज र मेरो सामानहरू दमक लानुपर्नेछ भनी ट्रक नम्बर ७६५ मा चिनीसमेत लोड भएको बरगाछीमा चिनीसहित पक्राउ परेको हुँ भन्ने बलबहादुरको बयान कागज। ४. जलजला हल अगाडि विसाएपछि सामानहरू ताहीं लोड गरेका हुन् । के के सामान लोड गरे याद पाईन भन्ने समेत नारायणलालको बयान । ५. मेरो पनि पूर्जा भइसकेको चिनी बोरा १०लगी देउ भनेबाट मसमेत गाडीमा बसेको थिएँ । बरगाछीमा पक्राउ परेको हुँ भन्ने मुन्सी दिपचन्दको बयान । ६. चिनी कसको हो म जान्दिन, गाडी बचाउको लागि म गएको हुँ भन्ने सीतारामको बयान । ७. म जिल्ला पञ्चायतको लिडर हुँ । मेरो चिनी दोकान छ र जि.पं.को पुर्जीले म चिनी बितरण गर्दछु । बलबहादुर, मोहन साहु, दिप चन्द्रनारायण समेतलाई चिन्दीन भन्ने समेत रामदेवको बयान भई जरिवाना कैद वापतको रु.२७००। धरौट राखी तारेखमा रहेकोमा मोहन साहु भन्ने मोहन भगत श्रेष्ठले १० बोरा चिनी बिक्री गरी गराई कालोबजार गरेको ठर्हछ । सो ठहर्नाले निजलाई कालो बजार ऐन, २००८ को दफा ४ अनुसार रु.२०००। जरिवाना हुन्छ भन्ने प्र.जि.अ.को का.मोरङबाट २०३०।३।३१ मा फैसला भएको रहेछ । ८. उक्त फैसलामा चित्तबुझेन भनी रामदेवको को.अं.अ.मा पुनरावेदन परेकोमा कुल्ली जवान ४ समेत सबूदकोरुपमा बुझिएको देखिनआएकोले इन्साफकर्ताले सबूदकोरुपमा निजहरूलाई बुझ्न मिल्दैन भनी भन्न पनि न्याय तथा कानूनसंगत नहुँने हुँदा यो जिकिरसँग पनि सहमत हुन नमिली प्र.जि.अ.को इन्साफ मनासिव ठर्हछ भनी को.अं.अ.बाट २०३०।७।२३।५ मा फैसला भएको रहेछ । ९. उक्त फैसलाउपर चित्तबुझेन भनी स.अ.मा पुनरावेदन परी न्यायप्रशासन सुधार ऐन अन्तर्गत पू.क्षे.अ.मा सरुवा भई गएकोमा प्र.जि.अ.कार्यालयको सदर गरी छिनेको को.अं.अ.बाट भएको मुनासिव ठर्हछ भनी पू.क्षे.अ.बाट मिति २०३१।९।२१।१ मा फैसला भएको रहेछ । १०. उक्त फै