निर्णय नं. १०२६ - जग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२६ - जग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०१/३० २००२ निर्णय नं. १०२६ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको देवानी विविध नम्बर ४ फैसला भएको मिति : २०३४।१।३०।५ मा निवेदक : का.जि. क्षेत्रपाटी बस्ने महम्मुद शाह मियाँ विरुद्ध विपक्षी : का.जि. वटुभजी बहाल बस्ने महमद आ हसन मियाँ समेत मुद्दा : जग्गा मिची घर बनायो भत्काई बिगो भराई चलन चलाई पाउँ (१) दाताबाट खरीद गरी लिने–प्रतिवादीले भोग चलन गर्दा खरीद गरेको जग्गा भित्र सीमित रहनु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दा :  फैसला न्या.बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँच गरी पाउँ भन्ने प्रतिवादीको निवेदनमा बक्स भई आएका हुकुम प्रमांगी अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. अच्यूत शम्सेरसँग पूर्व पश्चिम पर्खाल सहित लम्बा फिट, १२६ मात्र र उत्तर दक्षिण चौडा फिट ९९ को जग्गा रोपनि २।.।२ अफजल शाहले लिएपछि अफजलसँग जग्गा महमुद शाहले खरीद गरी लिएपछि बाँकी जग्गा अच्यूत शम्सेरसँग जम्मै हामीले फार्छे गरी लिएपछि पूर्वबाट नाप्दै जाँदा जता १२६ फिट पुग्छ त्यहाँ पर्खाल थियो । प्र.हरूले सो पर्खाल भत्काई त्यसदेखि पश्चिमको पालेघर भएको पर्खाल साँध गराई २ पर्खाल बीचको मेरो पूर्व पश्चिम १६ फिट, उत्तर दक्षिण ३६ फिट, जग्गा अफजल शाह बेच्ने महमद किन्ने भई पालेघर पर्खालमा जोडी मेरो पूर्व जग्गामा जाने ढोकासमेत बन्द गरी महमद शाहले घर चर्पी वनाई चौडाइ फिट १।। लम्बाइ फिट, ३९ उचाइ फिट ३ को पर्खाल भत्काएकोले पर्खालको बिगो रु.३२२।र बन्द गरिदिएको ढोका बनाउन लाग्ने रु.४८।समेत रु.३७०।प्र.बाट बराबरको दरले भराई मोल बिगो रु.२७००।पर्ने पूर्व पश्चिम १६ फिट, उत्तर दक्षिण ३६ फिटको जग्गा मिची बनाएको घर चर्पी भत्काई जग्गा समेत अड्डैबाटै चलन चलाई सजाय गरी पाउँ भन्ने समेत ०१९।५।१९ को वादी महमद आहशन र महमद मियाँको संयुक्त वादी । ३. वादी दावीबमोजिम जग्गा मिची बेची किनी पर्खाल भत्काई घर चर्पी बनाएको र ढोका बन्द गरेको छैन, दक्षिणतर्फ सडकको पर्खालमा चौडिएको लम्बाई १० चौडा हात ५ भएको पालेघर पर्खालसँग जोडिएको अहिलेसम्मछ । पर्खाल बाहिर पूर्वपट्टि अर्को पर्खाल मै पर्खाल भित्र १६,३६ फिटको जग्गामा वादीहरूको हकपुग्ने कुनैनिस्सा नहुँदा अ.बं.१०६ नं.ले वादीको उजूरलाग्नै नसक्नै सोपर्खाल भित्रको १६,३६ फिटको जग्गाभए वादीको फाछ्र्यामा पनि उल्लेख हुनुपर्ने सो नभएको, वादी लेखाई झुटो भन्ने समेत महमुद शाह मियाँको प्रतिवादी । ४. वादी दावा झुटो हो जग्गा हामीले खरीद गरेपछि बाँकी जग्गा वादीले खरीद गरेको भन्ने देखिएकै छ । अफजलले यसो गर्‍यो भन्ने कतै छैन । जसको जुन कुरामा हकदैया पुग्दैन उस उपर गरेको नालेस अ.बं.१०६ नं.ले खारेज गरिनु पर्ने छँदैछ । अच्यूत शम्सेरको रानीसँग जग्गामा मुद्दा परी मैले जिती अन्तिम निर्णय भएको छ, वादी दावी बमोजिम पर्खाल छँदै थिएन भित्री पर्खाल खडै छँदैछ । अदालतबाट २ पटक म्युनिसिपलटीबाट २ पटक निर्णय भइसकेको कुरालाई अव यस अदालतबाट यो वादी नै खारेज हुने सिवाय कुनै तहकिकात हुन नसकी खारेज गरी पाउँ भन्ने समेत अफजल शाह