निर्णय नं. १०२९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०२९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/२१ २५०५ निर्णय नं. १०२९ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश स. श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको रि.फु.नं. ३३ आदेश भएको मिति : २०३४।२।२१।६मा निवेदक : कलैया पथरैया गा.पं. वार्ड नं.८मोकसीमौजा बस्ने रघुराज शाही विरुद्ध विपक्षी : श्री ५ को सरकार, कैलाली जि.भूमिप्रशासन कार्यालय धनगढी समेत मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) संविधानको धारा ७१ अन्तर्गत यस अदालतको असाधारण अधिकार प्रयोग गराई माग्न आउने व्यक्तिले यति नै समयमा रिट निवेदन गर्न आउनु पर्ने कुनै कानूनी बन्देज छैन तापनि आफूलाई असर परेकोमा धारा ७१ को असाधारण अधिकार प्रयोग गराई माग्न आउने व्यक्तिले जतिसक्यो चाँडो समयमा आफ्नो हकको संरक्षणको लागि अदालतको ढोका घचघच्याउने कर्तव्य निवेदकको थियो । (प्रकरण नं. १३) (२) अदालतले निवेदकको हकमा कुनै उपयुक्त आदेश दिएको खण्डमा पनि अन्य व्यक्तिले प्राप्त गरी भोगचलन गरी सकेकोबाट निजहरूलाई समेत असर पर्न जाने भएबाट यस्तो विलम्ब गरी आउने निवेदकलाई संविधानको धारा ७१ प्रयोग गरी हक प्रचलन गराउन मिल्ने नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिं उल्लेखित मुद्दा : निवेदक प्रमानन्दप्रसाद वि. गृह मन्त्रालय समेत निवेदक रामप्रसाद दगोरा वि. भूमिसुधार कार्यालय कैलाली समेत भएको रि.फु.नं.३४ आदेश न्या. हेरम्बराज : प्रस्तुत मुद्दा ०३०।७।१७।६ को फुल बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदक रघुराज शाहीको निवेदनमा भएको न्यायिक समितिको सिफरिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमाङ्गीबमोजिम मुद्दा दोहरिएबाट निर्णयको लागि यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छः रघुराज शाहीले भू.संं. ऐनको दफा ७ लागू हुने भई जग्गा रजिष्ट्रेशन पास गरी राजिनामा दिएको अप्रष्ट रुपबाट भोग गर्ने कुनियत विचार लिई कानूनको अङ्ग पुर्‍याएर पास गराएकोले भू.सु. ऐनको दफा ९ बमोजिम होस भन्ने भू.सु. टोलीले रिपोर्ट पेश गरेकोमा आ–आफ्नो हद भन्दा माथिको जग्गा जाला भन्ने जानी रघुराज शाहीले भू.सं.नियम विपरित बिक्री गरेबाट आवश्यक कारवाही हुन पेश गरेको छु भनी टिपप्पणी पेश गरेकोमा रघुराज शाहीले रामप्रसाद, जंगी कठरिया, हजारी थारुलाई जम्मा जग्गाा बिगाहा २५–८–२ राजिनामा रजिष्ट्रेशन पास गरिदिएको रघुराज शाहीले कैलाली जिल्लामा भूमिसम्बन्धी ऐन लागू भईसकेपछि हद भन्दा माथिको जग्गा बिक्री गरेको हुनाले सो बिक्री गरेको जग्गा जग्गावालाकै साथमा कायम रहेको सरह मानिने भएको हुँदा बिक्री गरेको जग्गा बिगाहा २५–८–२ बिक्री बितरण निमित्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४(१) अन्तर्गत कारवाही गर्नुपर्ने हुँदा पेश गर्दछु भन्ने जि.भू.सु.अ.धनगढी कैलालीको टिप्पणीमा ०३०।१।२।५ मा उल्लेखबमोजिम गर्ने गरी भू.सु.अधिकारीले सदर गरेको रहेछ । ३. जिरायत समेत जग्गा बिगाहा ५२।।।१।। मध्ये ७।३।२ जंगी कठरियालाई ७।।।४। हजारी डगौरा थारुलाई १० बिगाहा, रामप्रसाद डगौरा थारुलाई राजिनामा दिई रजिष्ट्रेशन पारित भएको थियो