निर्णय नं. ३८६६ - बिक्रीकर निर्धारण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८६६ - बिक्रीकर निर्धारण भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/२१ २६६७ निर्णय नं. ३८६६ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल संवत् २०४४ सालको दे.पु.नं. ५९२ फैसला भएको मिति : २०४६।५।२१।४ मा पुनरावेदक/प्रतिवादी : विराटनगर न.पं.वा.नं. ६ स्थित तोदी होजियारी इण्डष्ट्रिजको प्रो.ऐ.ऐ.बस्ने केदारमल तोदी विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विराटनगर भन्सार कार्यालय मुद्दा : बिक्रीकर निर्धारण § औद्योगिक व्यवसाय ऐन, ०३८ ले दिएको सुविधा सोही ऐन बमोजिम मात्र कटौती हुनसक्ने देखिँदा यसरी प्राप्त सुविधालाई आर्थिक ऐनले काट्न नसक्ने । (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेम बहादुर विष्ट फैसला न्या. महेशरामभक्त माथेमा : श्री पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ :– २. तोदी होजियारी इण्डष्ट्रिजले गेलर्ड इण्टरप्राइजेज सिंगापुरबाट ९६ कार्टून स्ट्रेज नाइलन यार्न झिकाई विराटनगर भन्सार कार्यालयमा प्राप्त भएपछि सो को तौल, मोले, भाडा खुलाई प्र.द.नं. १६०५ मिति २०३८।११।१८ मा पेश गरेको प्रज्ञापनपत्रमा उल्लेखित सामानको मूल्यांकन गरी सो मा लाग्ने भन्सार महसूल रु. २६,५१०।२५ तथा बिक्रीकरको प्रयोजनको लागि जम्मा मोल रु. ७,२३,००६।८४ कायम गरी १५ प्रतिशतले बिक्रीकर रु. १,०८,४५१।०२ समेत जम्मा रु. १,३४,९६१।२७ लाग्ने भनी भन्सार कार्यालय विराटनगरले ०३८।११।१८ मा गरेको निर्णय । ३. मेरो इण्डष्ट्रिज औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा २(ख) ले परिभाषा गरे अनुसारको घरेलु उद्योग भएको यस्तो उद्योगले झिकाएको स्ट्रेज नाइलन यार्नमा उक्त ऐनको दफा १०(क) को (४) अनुसार २०३८।८।२९ को राजपत्रमा प्रकाशित सूचना अनुसार संशोधन हुनु अगावै पैठारी भइसकेको मालमा पछि प्रकाशित सूचना अनुसार बिक्रीकर लगाइएको विराटनगर भन्सार कार्यालयको आदेश त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत पुनरावेदन । ४. आर्थिक ऐन, २०३८ ले बिक्रीकर छूट नदिएको देखिँदा सूचनाको गलत अर्थ गरी बिक्रीकर छूट हुन नसक्ने हुँदा बिक्रीकर बापत असूल गरेको विराटनगर भन्सार कार्यालयको निर्णय कानुन अनुकूल देखिँदा पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत राजश्व न्यायाधीकरण धरानको २०४०।९।७।५ को फैसला । ५. प्रत्यर्थीको बिक्रीकर निर्धारण आदेशलाई मनासिब ठहराएको राजश्व न्यायाधीकरणको निर्णयमा राजश्व न्यायाधीकरण ऐन, ०३१ को दफा ८(क)(ख) (ग) को कानुनी प्रश्नहरुमा प्रत्यक्ष कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत केदारमल तोदीको निवेदन । ६. राजश्व न्यायाधीकरण धरानको फैसलामा कानुनको व्याख्या सम्बन्धी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत श्री पूर्वाञ्चल क्षेत्रीय अदालतको २०४१।७।२६।१ को आदेश । ७. यस्मा पुनरावेदक औद्योगिक व्यवसाय ऐन, ०३८ र आर्थिक ऐन, ०३८ बाट बिक्रीकर सुविधा पाउने घरेलु उद्योग भित्र परे नपरे तर्फ विचार गर्दा पुनरावेदनको जिकिर अ‍ैद्योगिक व्यवसाय ऐन, ०३८ लागू भइसकेपछि बिक्री कर सुविधा पाएको भन्ने नभै सो ऐनको दफा १०(घ)(४) अन्तर्गत २०३८।८।२९ मा उद्योग मन्त्रालयको प्रकाशित सूचनामा पुनरावेदन नपरेकोले सुविधा पाउनु पर्ने भन्ने छ तर सोही