निर्णय नं. १०३० - जग्गा छुट्याई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३० - जग्गा छुट्याई पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/३२ ३४७५ निर्णय नं. १०३० ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश स. श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु नं. १५७ फैसला भएको मिति : २०३४।२।३२।३ मा वादी : का.जि. लाजिम्पाट बस्ने ज. अग्नीशमशेर ज.ब.रा समेत विरुद्ध प्रतिवादी : ऐ. बागदरबार बस्ने फिल्डमार्सल श्री हरिशमशेर ज.ब.रा.समेत मुद्दा : जग्गा छुट्याई पाउँ (१) मुलुकी ऐन अ.बं.२४ नं.मा–आफ्ना खुसी राजीले जानी बुझी सहीछाप हालेपछि सो कागज सदर हुन्छ भन्ने व्यवस्था भएकोले जानी बुझी गरिदिएको–सो मञ्जुरनामा लिखत कानूनी मान्यता नहुने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली उल्लेखित मुद्दा : फैसला न्या. वाशुदेव शर्मा : प्रस्तुत मुद्दा ०२८।१।१२।१ को डिभिजन बेञ्चले छिने उपर दोहर्याई पाउँ भन्ने वादीहरूको निवेदन परेकोमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएकोमा सो मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग राजदरबार मार्फत ०२८।९।२०।३ मा हुकुमको प्र.बक्स भई आई दोहरिएकोबाट यस बेञ्चको समक्ष पेश हुनआएको छ । २. तथ्य यस प्रकार छ : जग्गा बिगाहा ५२द्र२।।। ४, २००१ साल आषाढ २९ गतेको खड्गनिसाना बमोजिम हामी ५ भाइ सूर्यशमशेर १, नारायणशमशेर १ हरिशमशेर १, म अग्नीशमशेर १, बहादुरशमशेर १ समेत ५ भाइको ५ भागको १ भागमा जग्गा बिगाहा १०।३द्र१ का दरले पर्न आउने म अग्नीशमशेरको भागमा पर्न आउने जग्गाबाट रैतान नम्बरी बाहेक २ बिगाहा मलाई राखी बाँकी जग्गा छोरा ले.ज. केन्द्रशमशेरलाई दिएको विर्ता जग्गा रैकरमा परिणत हुँदा रैतान नम्बरी १७।।।ऽ।।। जग्गा कट्टी गर्दा बाँकी जग्गा बिगाहा ३४।२द्र४ मा ५ भागको १ भाग ६।।।२।३।।।मा अग्नीशमशेरको भाग बिगाहा २ म केन्द्रशमशेरको बुबाले दिनु भएको जग्गा बिगाहा ४।।।२।३।।। हक भएको नरमकरम मिलाई बण्डा छुट्याई पाउँ भन्दा सूर्यशमशेरतर्फको भाग इन्दिरादेवी राणाले पाएकी निजले मेरो भाग १० बिगाहा हुन्छ जहाँ मन लाग्छ उहीँबाट चलन गर्छु भन्ने कुरा गरेकी जग्गा बिगाहा ६।।।२।३।।। मात्र भागमा पर्छ भन्दा निजले पनि वास्ता नराखेकी, विपक्षी अरू अंशियारका भागमा पनि सोही बमोजिमका दरले पर्नेमा हामीहरूले जग्गा पनि छुट्याई लिइसकेका छौं आफ्नो जग्गामा जे गर्नुपर्छ गर्नु भन्ने जवाफ दिएको हुनाले बण्डामा घटबढ गर्न नपाउने गोश्वरा राखी भोग गरी आएको जग्गा अंशबण्डाको २८ नं.अनुसार बण्डा गर्नुपर्ने नगरी बढी जग्गा दर्ता गराए पनि ५ भागको १ भाग हाम्रो हकको जग्गा जान नसक्ने, त्यस्तो अंशबण्डाको जग्गा विपक्ष तेजबहादुर, गणेशप्रसादहरूले हरिशमशेरबाट पाएको छु भन्दै हिंडेको दिए लिएको भए उक्त लिखत हामीलाई सुनाउनु पर्ने भए सुनाई र सुनाउनै नपर्ने भए बदर गराई विपक्षीहरूबाट नरमकरम मिलाई भाग बण्डा छुट्याई जग्गा बिगाहा ६।।।२।३।।। मध्ये जग्गा बिगाहा २ म अग्नीशमशेरलाई र जग्गा बिगाहा ४।।।२।३।।। मा केन्द्रशमशेरलाई छुट्याई दिलाई अंशियारहरूलाई र भाग नछुट्याई जग्गा दिए पाएको