निर्णय नं. ३८६७ - अंश माना चामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६७ - अंश माना चामल भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०४/३० ३२५९ निर्णय नं. ३८६७ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको दे.पु.नं. ७३९ फैसला भएको मिति : २०४६।४।३०।२ मा पुनरावेदक/प्रतिवादी : जि. ललितपुर, सुनाकोठी वा.नं. १ बस्ने कृष्णबहादुर खड्का क्षेत्री विरुद्ध विपक्षी/वादी : जि. ललितपुर ठेचो बस्ने मोहनकुमारी पाण्डे क्षेत्री मुद्दा : अंश माना चामल § आफूले पाएको बकसपत्रको नाताबाट मुद्दा सकार गर्ने यिनी विपक्षीको हकमा त्यति कुराको मात्र दैयादार भई दिन दिलाउन पर्ने मानिन्छ जति निजले बकसपत्रबाट पाएको हुन्छ । (प्रकरण नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बाबुराम गिरी विपक्षी, वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या. हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. मेरो कृष्णबहादुरसंग रीतपूर्वक विवाह भएको, पतिले पछि सौता ल्याएको पति र सौताले मलाई दुःख दिएको कारण लोग्ने र जेठाजु बीच ललितपुर जिल्ला अदालतमा अंश मुद्दा परेको बुझिएकोले, ल्याइते तर्फका २ छोरा, सौता समेतको ३ भाग र मेरो अंश समेत ठाडै कारवाई गरी जेठाजु र पतिबाट तायदाती लिई जो जुनबाट पाउनु पर्ने हो अंश र अंश नपाउन्जेल सम्मका लागि खान लाउन पाउने व्यवस्था मिलाई पाउँ भन्ने समेत व्यहोराको जीतकुमारीको सर्वोच्च अदालतमा परेको निवेदन । ३. यस विषयमा अघि कुनै आदेश भए नभएको हेरी व्यहोरा साँचो भए ठाउँ बुझी ऐन बमोजिम गर्नु भन्ने समेत व्यहोराको सर्वोच्च अदालतबाट ललितपुर जिल्ला अदालतका नाउँमा मिति २०१५।८।२२ मा भएको आदेश । ४. सौताको कुराबाट २०११।७।२८ का दिन देखि खान लाउन नदिई घरबाट निकाला गरी दिएकाले जीविकाको लागि रामजी खत्रीबाट रु. १००।– कर्जा लिएको छु । अंश माना चामलमा नालेश गर्न अजाना स्वास्नी मानिस भएकाले निवेदन गरेको छु । ०११।७।२८ देखि आजसम्मको खान खर्च र लुगा समेत ११४४।९९ अंशको साथमा दिलाई पाउँ भनी कृष्णबहादुरका ल्याइते स्वास्नी १, निज पट्टीका विवाहित छोरा १, विवाह हुन बाँकी एक, विवाहिता स्वास्नी म समेत ५ जवान अंशियार छौं, सौताको एक छोरी, विवाह हुन बाँकी छ । विवाह खर्च पर सारी मेरो भाग अंश दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको जीतकुमारीले मिति २०१५।११।८ मा अदालतमा गरेको बयान । ५. जीतकुमारी सहोदर भाइ बुहारी हुन् निज मेरो अंशियार नभएकोले मैले अंश दिन पर्ने होइन । निजका पतिको अंश भागबाट मात्र अंश पाउने हुँदा म उपरको दावी झुट्टा हो भन्ने समेत व्यहोराको इन्द्रबहादुरको बयान । ६. निवेदिका मेरी श्रीमती हुन् । निजलाई मैले खान लगाउन नदिई निकाला गरेको होइन छैन । मेरो अंश भागको सम्पत्ति खाई बसेकी छन् । मेरो भाग अंश समेत जेठा दाजुसंग रहेको निज निवेदिका कुनै संग बसेकी हुँदा मैले माना चामल दिन पर्ने होइन । मेरो अंश समेत भागमा हाल केही नरहेकोले अंश दिन कर नलागेको भन्ने समेत व्यहोराको कृष्णबहादुरको बयान। ७. निवेदिका आफ्नै पुरानो घरमा ज्याला बनी गरी बसी आएकी छन् भन्ने समेत व्यहोराको वा.स. कृष्णबहादुरको बयान । ८. आमा जितकुमारीले दायर गरेको अंश मुद्दालाई सकार गर्दै वादी मोहनकुमारी आएको देखिँदा ५ भागको १ भाग बिगो रु. १,६३,२६७।– बराबरको अंश वादीले पाउने ठ