निर्णय नं. ४६९६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६९६ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/१२/२६ २८४४ निर्णय नं.– ४६९६ ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४८ सालको रिट नं. – १८४१ आदेश मिति :– २०४९।१२।२६।५ निवेदक : ललितपुर सुनाकोठी गा.वि.स. वार्ड नं. ८ बस्ने पूर्ण बहादुर थापा । विरुद्ध प्रत्यर्थी : भूमि सुधार कार्यालय ललितपुर समेत । विषय :– उत्प्रेषण । (१) मोहियानी हकको नाताबाट निवेदकलाई तत्सम्बन्धी जग्गा जोत्ने, भोग्ने अधिकार प्रचलित नेपाल कानूनले प्रदान गरेको पाइन्छ । कुनै व्यक्तिको सम्पत्ति भन्नाले केवल निजको स्वामित्व भएको भौतिक पदार्थ मात्र होइन, त्यस्तो कुनै पदार्थ भोग गर्ने वा नियन्त्रण गर्ने वा त्यसबाट कुनै प्रकारको लाभ प्राप्त गर्ने हक पनि सम्पत्ति नै हुन्छ । (प्र.नं. २३) (२) भूमि सम्बन्धी ऐन, २०२१ ले मोहीलाई मोहियानी हक प्रदान गरेको छ र मोहियानी हक एउटा कानूनी हक हो र त्यस्तो कानूनी हक आघातित भएमा निवेदक उक्त हक प्रचलन गराउन नेपाल अधिराज्यको संविधानको धारा ८८ (२) अन्तर्गत आउन सकने नै देखिने । (प्र.नं. २३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराई प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलिअकवर मिकरानी : विद्वान अधिवक्ता श्री होरा प्रसाद जेशी आदेश न्या. त्रिलोक प्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. ललितपुर नगरपालिका वार्ड नं. ५ (ब) को कि. नं. १८७ को साविक मोही गुम बहादुर थापा र जग्गा धनी सिद्धमाया कर्माचार्य र केदारलाल अमात्य भई जग्गा भोग चलन गर्दै आईरहेको अवस्था रिट निवेदकका पिता गुण बहादुर थापा परलोक भएपछि रिट निवेदकले नै जोति आएको थिए । यस्तै अवस्था साविक जग्गा धनिबाट विपक्षीका पति जस बहादुर पाइजाले हक छोडाई २०४६।८।१ का दिन उक्त कि. १८७ को १–०–०–० एक रोपनी जग्गा लिनु भएको रहेछ जस बहादुरबाट सो जग्गा मिति २०४६।६।१८ का दिन विपक्षी झन कुमारीले बक्सपत्र पारित गराई लिई मेरो पिता स्वर्गीय गुण बहादुर उपर मोहिबाट घरवारीको निमित्त जग्गा झिक्न पाउँ भन्ने उजुरी विपक्षीले तत्कालिन नगर पञ्चायतमा दिनु भएको रहेछ । म रिट निवेदकले उक्त जग्गा मेरो बाबुको मृत्यु पश्चात मेरो नाउँमा मोही नामसारी गरी पाउन जिल्ला भूमि सुधार कार्यालयमा उजुरी गरी कार्यवाही हुँदा मेरो माग बमोजिम मेरो नाउँमा मोही नामसारी गर्ने निर्णय मिति २०४६।९।१७ मा भए उपर विपक्षीको तत्कालिन बागमती अञ्चल अदालतमा पुनरावेदन परि मिति २०४७।१०।२४ का दिन शुरु निर्णय सदर ठहरी फैसला भएबाट म रिट निवेदक विवादित ल. पु. न. पा. वार्ड नं. ५ (व) को कि. नं. १८७ को विधिवत मोही हुँ । ३. वागमती अञ्चल अदालतको निर्णय भए पश्चात विपक्षीले ललितपुर नागरपालिका समक्ष परेको उजुरीमा निर्णय हुँदा मिति २०४८।४।१६ गतेका दिन मोहीबाट जग्गा झिक्ने निर्णय गरे उपर म्यादै भित्र म रिट निवेदकको तत्कालिन बागमती अञ्चल अदालतमा पुनरावेदन परी सो को कार्यवाही चलिनै रहेको छ । सो मुद्दाको तारेख नक्कल पर्चा पेश गरेको छु । यसरी मुद्दा अदालतको विचाराधीन छँदाछँदै विपक्षीले जग्गामा घर बनाउन भनी रोडा ईटा थुपार्न लागेबाट मेरो पुनरावेदन अदालतमा निषेधाज्ञाको निवेदन परी विपक्षीका नाउँमा कारण देखाउने आदेश समेत २०४८।८।९।२ का दिन जारी भईसकेको छ । ४. मेरो मोही