निर्णय नं. १०३१ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३१ - जग्गा खिचोला भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/०८ १९१४ निर्णय नं. १०३१ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३० सालको दे.फु नं. ११७ फैसला भएको मिति : २०३४।२।८।६ मा निवेदक : प.३ नं. कास्की घरभै चितवन गंगानगरबस्ने धर्मदत्त पहाडीसमेत विरुद्ध विपक्षी : पं. १ नं. नरजा सविया बस्ने यज्ञप्रसाद उपाध्याय मुद्दा : जग्गा खिचोला (१) भिन्न भिन्न अदालतका भिन्न भिन्न फैसला उपर परेको पुनरावेदनमा छुट्टा छुट्टै मिसिल खडा गरी छुटा छुट्टै फैसला गर्नुपर्ने । (प्रकरण नं. १५) फैसला न्या. हेरम्बराज: प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०२७।११।२३।१ मा निर्णय भएको दोहर्याई पाउँ भन्ने वादीहरूको निवेदक प्रतिवादी धर्मदत्त पहाडी समेतको निवेदन परी भएको न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांङ्गी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छः चितवन बेलोद गंगा नहरको प्लट नं.२७ कि.नं.७२ को बिगाहा ४ राप्ती दून विकास भूमि बितरण कमिटीले ०१४ सालमा कमाउन मलाई दिई ०१५।८।३० मा भोग चलन गर्नु भन्ने पूर्जी दिएकोले पर्ती जमीन अवाद गरी खेती योग्य बनाई भोग चलन गरिआएको थिएँ । नापी हुँदा मेरै नाउँमा दर्ता भई फि.बिगाहा रु.१५। का दरले मालपोत लागेको ०२१ साल सम्मको मालपोत चुक्ति गरी दिइसकेको छु । विपक्षी सालिग्रामले केही जमीन घर बनाउन दिनु होस यसको सट्टा मेरो जमीन दिन्छु भनी ६८–३० हात जमीन नदिई सट्टापट्टाको कागज गरेको सो कागज रजिष्ट्रेेशन पास नभएकोले स्वतः बदर भइसकेको छ । ०२२ साल बैशाख १० गते मकै छर्ने खनजोत गर्न जाँदा मलाई खनजोत गर्न नदिई मेरो जग्गा मिची खिचोला गरेकोले मेरै सदर थामी पाउँ भन्ने समेत यज्ञप्रसादको फिराद । ३. हामीलाई गत ०१८ सालमा यो जमीन कमाउनु होस ०१८ सालको बालीएकलौटी खानु हवस अरू सालमा अधिया बालीबुझाई खाइरहनु होस भनी वादीले भन्नु भएबाट वादी दावीको जमीन हामी २ जनाले अवाद कमोद गरी अधिया वादीलाई बुझाएको म सालिकरामले मेरो प्लट नं.५९ को जमीनबाट ६८ हात लम्बा ३० हात चौडाको जमीन वादीलाई दिने, वादीको उक्त जमीन मध्येको ६८ हात लम्बा ३० हात चौडा जमीन लिने गरी ०१९।१२।२९ मा सट्टापट्टा कागज गरी लिनु दिनु भई रु.४००। खर्च गरी म सालिकरामले घर बनाई बसेको छु । धर्मदत्त पहाडी, धर्मदत्त तिमिलसिना समेत २ जनालाई चि.मु.वि.क.बाट सोही जमीनको चलनी पूर्जी प्राप्त भयो अरे भनी वादीले धर्मदत्त २ जनाबाट नमालुम के कति रुपियाँ लिनु खानु गरी हो उक्त जमीन धर्मदत्त २ जनालाई छाडी दिई आइन्दा बाली निजैहरूलाई बुझाउनु भनेको हुनाले बाली बुझाई रहेकै मोहीबाटै हटाउने उद्देश्य लिई झुटो वादी दिएको सट्टापट्टाको जमीन स्वतः सदर हुने भन्ने समेत चक्रपाणी उपाध्याय सालिग्राम उपाध्यायको प्रतिवादी । ४. ०१९ सालदेखि प्रतिवादी अधिया कमाई सालसालै बाली बुझाएको छन् भनी बुझिएका सरजमीनले किटानी साथ लेखिदिएको देखिएकोले मोही प्रतिवादीहरू ठहर्छ । जग्गा तेरो मेरो इन्साफगर्न चितवन जि.अ.मा पठाइदिने भन्ने समेत भू्.सु.जि.अ. चितवनको फैसला । ५. प्रतिवादीहरू मोही ठहर्छ भन्ने फैसला भई आएको देखिन आएकोले अधियामा कमाएको भन्ने प्रतिवादीको जिकिर मनासिवै देखिएको हुनाले खिचोला गरेछन् भन्ने मुनासिव