निर्णय नं. ३८६८ - जग्गा हक कायम फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६८ - जग्गा हक कायम फैसला बदर भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०१/२८ २५१३ निर्णय नं. ३८६८ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्वरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान संवत् २०४४ सालको दे.पु.नं. ७७१,७८८ फैसला भएको मिति : २०४६।१।२८।४ मा पुनरावेदक/वादी : पोखरा न.पं. वा.नं. १ बस्ने चन्द्रबहादुर गुरुङ विरुद्ध विपक्षी/प्रतिवादी : काश्की, घान्द्रुक गा.पं. वा.नं. ८ बस्ने धनबहादुर गुरुङसमेत पुनरावेदक/प्रतिवादी : ऐ. घान्द्रुक गा.पं. वा.नं. ८ बस्ने डम्बरकुमारी गूरुङ्गस्यानी विरुद्ध विपक्षी/वादी : पो.न.पं. वा.नं. १ बस्ने चन्द्रबहादुर गुरुङ मुद्दा : जग्गा हक कायम फैसला बदर § अंश मुद्दा डिसमिस गराएको आधारमा लुटपीट मुद्दाबाट लुटपीटको वारदात समेत कायम भइसकेका वादी प्रतिवादीहरु एकासगोलमा रहेको भनी प्रत्यक्ष सबूद प्रमाणको अभावमा मान्न नमिल्ने । (प्रकरण नं. १०) § अंश मुद्दामा २०३५।१।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको बदर भई २०१०।१।१ लाई मानो छुट्टिएको मिति कायम गरिनु पर्ने देखिन आएकोले सो मितिसम्मको सो मुद्दको पक्ष विपक्षबाट तायदाती लिंदा वादीले आफ्नो निजी आर्जनको भनी दावी लिएका जग्गाहरु सो कायम भएको मानो छुट्टिएको मिति भन्दा अघि वा पछि आर्जन गरेको के हो सोही अवस्थामा ठहर हुने भएकोले हाल यस मुद्दाबाट यो यसो हो भनी ठहर गरी रहन नमिल्ने। (प्रकरण नं. ११) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्त कूंवर फैसला न्या. हिरण्येश्वरमान प्रधान : प.क्षे.अ. को मिति २०४४।४।२६ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई वादी प्रतिवादी दुबै तर्फबाट दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. धनबहादुरका दुई श्रीमतीमा जेठी हरि गुरुङस्यानी, कान्छी डम्बरकुमारी हुन् । जेठी पट्टीका छोरा म तथा दिदी चन्द्रा र भाइ खड्गबहादुर हौं, कान्छी पट्टी बहिनी गिता मात्र हुन् । गिताको विवाह भएकोले हामी ६ अंशीयार भएकोमा आमा सहितका हामी ४ जनालाई २००७ सालमा निकाली बाबुसंग अंश माग्दा नदिई आमाको लिखत गराई दुई कित्ता खेत जीवनवृत्ति दिनु भएको सो खेत र आमाको पेवा समेत लिई मानो छुट्टी बेगल बसी आएको, मेरो उमेर पुगेपछि ब्रिटिस पल्टनमा भर्ना भई कमाई ल्याएको खड्गबहादुर र चन्द्राले ६ अंशीयार देखाई २ अंश दिलाई पाउँ भनी फिराद पारी २०३७।३।१८ मा काश्की जि. अ.बाट २०३७।११।५ मा ग.अं.अ.बाट फैसला र २०४०।५।२३ मा प.क्षे.अ.बाट आदेश समेत भएको कुरा २०४०।६।११ मा नक्कल सारी थाहा पाएकोले घान्द्रुकको पैतृक जग्गा डम्बरकुमारीको बण्डा नलाग्ने दाइजो पेवा ठहर्याई र हाम्रो निजी आर्जनको पोखराको घर जग्गा बण्डा लाग्ने ठहर्याएको उक्त फैसला बदर गरी कि.नं १८२ को जग्गामा मेरो हक कायम गरिपाउँ भन्ने चन्द्रबहादुरको फिराद दावी । ३. वादी दावी बमोजिम मैले जानी बुझी वादीलाई अंश ठग्ने नियतले मुद्दा हारजीत गरेको होइन, सर्भे नापी आएको बखत म घरमा नभएकोले संधियारले मेरो नाउँ लेखाई नाप जाँच गराएछन् । क्यूमी गैरा घरबारी जग्गा नाप नक्सा हुँदा डम्बरकुमारीले आफ्ना नाउँमा दर्ता गराएकी हुन् । सो जग्गा अबण्डा कायम गरिपाउँ भन्ने धनबहादुरको प्रतिउत्तर जिकिर । ४. विपक्षीका एकासगोलका भाइ खड्गबहादुर र दिदी चन्द्राकुमारीले विपक्ष समेत ६ अंशियार कायम गरी म समेत उपर २०३५।१।१४ मा अंश मुद्दा दायर गरी बण्डा हुने ठहर भएको छ आफ्नो