निर्णय नं. ३८६९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८६९ - अंश भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०५/२८ २६२७ निर्णय नं. ३८६९ ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान संवत् २०४४ सालको दे.पु.नं. ६०७ फैसला भएको मिति : २०४६।५।२८।४ मा पुनरावेदक/प्रतिवादी : जि. नवलपरासी, पर्सौना गा.पं. वा.नं. ४ बस्ने शेरबहादुर चौधरी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने शेषनारायण चौधरी मुद्दा : अंश § कुनै अंशियार बीच बण्डा गर्नु पर्ने कुनै सम्पत्ति नभए त्यस्ता अंशियार छुट्टी भिन्न हुँदा कानुनी व्यवस्था बमोजिम बण्डापत्र खडा गर्नु पर्ने कुनै अवस्था रहने देखिन नआएकोले यस्तो अवस्थामा अंशियार बीच बण्डापत्र नभएको कारणबाट छुट्टी भिन्न भइसकेको छैन भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १०) § उखडा जग्गा सगोलमा कमाई आएको भए वादीका बाबुले आफ्नो नाउँमा दर्ता गराई लिन सक्नु पर्ने । (प्रकरण नं. १०) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवाल प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या. हिरण्येश्वरमान प्रधान : प.क्षे.अ.को मिति २०४४।१।२१।२ को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मुल पुरुष गंगारामका २ छोरा, जेठा चन्द्रमन र कान्छा टिमल हुन । निजहरु परलोक भइसकेका र निजहरु मध्ये चन्द्रमनको एकमात्र म फिरादी शेषनारायण र टिमलका विपक्षी शेरबहादुर र बाबुराम गरी २ छोराहरु हुन् । बाबुराम विदेश गएकाले सगोल सराकतमा हामी २ अंशियार बाहेक अरु कोही छैन । सगोल सराकतमा बसी आएकोमा हाल जहान परिवार बढ्न गई सगोलमा बस्न नसक्ने भई मेरो अंश भाग आधि छुट्याई दिनु होस भनी भन्दा मंजुर नगरी आलटाल गरेकोले विपक्षीहरुबाट चल अचल सम्पत्तिको तायदाती लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेतको फिराद दावी । ३. बाजे गंगारामको पालामा जग्गा जमिन नभएको, चन्द्रमन र टिमल हरुवाही गरी बसेको, २००१ सालमा बाबु छुट्टी भिन्न भइसकेको र अलग भइसकेपछि बाबु टिमलले काजी इन्द्रजंग रायमाझीको जग्गा उखडामा कमाई २०२१ सालमा उखडा उन्मुलन लागू भएपछि मेरा बाबु टिमलका नाउँमा दर्ता भई २०२५ सालको नापीमा दर्ता भई ज.ध.द.प्र.पुर्जा समेत पाइसकेको उक्त जग्गा बाबु टिमलको २०३४ सालमा मृत्यु भए पछि मेरा नाउँमा नामसारी भई भोग चलन गरिआएको मेरो निजी आर्जनको जग्गामा विपक्षीको हक नभएकोले विपक्षीलाई अंश दिनु पर्ने होइन, झुट्टा वादी दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर । ४. उखडा जग्गा प्रतिवादीका बाबु मरी प्र.ले दर्ता गराएकोमा वादीको हक भएको भए मौकैमा उजूर गर्नु पर्ने सो समेत नगरेबाट वादीले प्रतिवादी उपर झुट्टा उजूर गरेको ठहर्छ । प्रतिवादीबाट अंश पाउँ भन्ने दावी पुग्न सक्दैन भन्ने शुरु नवलपरासी जि. अ.को २०४१।७।२७ को फैसला । ५. उक्त फैसला उपर वादी शेषनारायण चौधरी तर्फबाट प.क्षे.अ. मा परेको पुनरावेदनपत्र । ६. वादी प्रतिवादी अंशियार देखिएको २००१ सालमा छुट्टी भिन्न भएको भनेकोमा बण्डापत्र वा व्यवहार प्रमाणबाट बण्डा भैसकेको भन्ने पनि प्रमाणित नभएको र प्रतिवादीका बाबुले उखडाबाट प्राप्त गरी जग्गा नापी दर्ता भई भोग गरिआएको देखिँदा प्र. को निजी आर्जनको नदेखिई वादीले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने समेत प.क्षे.अ. को मिति २०४४।१।२१ को फैसला । ७. सो फैसला उपर चित्त बुझेन, पुन