निर्णय नं. ६८५२ - लागू औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८५२ - लागू औषध भाग: २०५७ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/१०/०६ ९०६९ निर्णय नं. ६८५२ ने.का.प. २०५७ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०५५ सालको फौ.पु.इ.नं. २४, २५, २६ फैसला मितिः २०५६।१०।६।५ मुद्दाः लागू औषध । पुनरावेदक/ प्रतिवादीः झापा जिल्ला, धुलाबारी गा.वि.स. वडा नं.९ घर भई हाल केन्द्रीय कारागार त्रिपुरेश्‍वर थुनामा रहेको मेघनाथ रावत विरुद्ध विपक्षी/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादीः अर्घाखाँची जिल्ला, दाङ खिदिम गा.वि.स. वडा नं.३ घर भई हाल केन्द्रीय कारागारमा थुनामा रहेको खिमबहादुर थापा विरुद्ध विपक्षी/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादीः जिल्ला ओखलढुंगा, श्यामल्टार गा.वि.स. घर भई हाल का.जि.सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेका रतन प्रधान विरुद्ध विपक्षी/वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार § लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ ले कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेको त्यस्तो पदार्थ निजले कानून बमोजिम प्राप्त गरेको वा राखेको हो, भन्‍ने कुराको प्रमाण निजले नै पेश गर्नुपर्ने, अन्यथा अपराध गरेको मानिने छ भनी उल्लेख भएको सन्दर्भमा बरामदी मुचुल्का, सो मुचुल्काका व्यक्तिहरुले अदालत समक्ष गरेको बकपत्र र प्रतिवादी रतन प्रधान स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानका आधारमा निज प्रतिवादीबाट लागू औषध सेतो हेरोइन ६३५ ग्राम बरामद भएको भन्‍ने कुरा पुष्टि भएको हुँदा निज रतन प्रधानका हकमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(३) अनुसार १५ वर्ष कैद र ५ लाख रुपैँया जरिवाना गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसलालाई नै सदर गरेको संयुक्त इजलासको इन्साफ मिलेकै देखिँदा सो हदसम्म सदर हुने । (प्र.नं.२६) § लागू औषध (नियन्त्रण) ऐनको दफा १७ मा लागू औषध (नियन्त्रण) ऐन अन्तर्गत सजाय हुने अपराध गर्ने षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गरे वापत हुने सजायको आधी सजाय हुनेछ भनी व्यवस्था भै रहेको र निज मेघराज राउत प्रस्तुत मुद्दामा मतियारका रुपमा रहेको सन्दर्भमा निज मेघराज राउतका हकमा उक्त दफा १७ नं. आकर्षित हुने र आधी सजाय मात्र हुनेमा ऐ.दफा १४(१)(छ)(३) अनुसार सजाय गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै नदेखिने । (प्र.नं.२७) § अधिकार प्राप्त अधिकारी समक्षको बयान र सह-अभियुक्तहरुको पोलका अतिरिक्त निज खिम बहादुर थापाको संलग्नताको पुष्टि कहि कतैबाट भएको पाइदैँन । खिम बहादुर थापाको सँगसाथ वा निजको कोठाबाट लागू औषध बरामद भएको पनि देखिँदैन र त्यस्तो दावी अभियोजन पक्षले लिएको पनि छैन । यस स्थितिमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को प्रमाणको भार सम्बन्धी व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्दैन । लागू औषधको बिक्री वितरण, खरिद, संचय र ‌ओसार पसार जस्ता कार्यमा खिम बहादुर थापाको संलग्नता रहेको भन्‍ने कुरा स्थापित हुन नसकेको स्थितिमा अधिकार प्राप्त अधिकारी समक्ष कसूरमा सावित रहेको र सह-अभियुक्तहरुले प्रहरी समक्ष पोल गरेकै आधारमा मात्रै निजलाई लागू औषध (नियन्त्रण) ऐनको दफा ४ को (घ) र (च) को कसूर गरेको ठहर्‍याउनु न्यायोचित नदेखिँने । (प्र.नं. २८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री आशिक रामकार्की र श्री हर्क भट्