निर्णय नं. ३८७० - पर्खाल खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८७० - पर्खाल खिचोला भाग: ३१ साल: २०४६ महिना: असोज अंक: ६ फैसला मिति :२०४६/०२/०८ २४६१ निर्णय नं. ३८७० ने.का.प. २०४६ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान संवत् २०४४ सालको दे.पु.नं. ५४३ फैसला भएको मिति : २०४६।२।८।१ मा पुनरावेदक/वादी : ल.पु.न.पं.वा.नं. ११ बस्ने अमृतराज बज्राचार्य विरुद्ध विपक्षी/प्रतिवादी : ल.पु.न.पं.वा.नं. ११ बस्ने पन्नारत्न बज्राचार्यसमेत मुद्दा : पर्खाल खिचोला § खिचोला गरेको हो होइन सबूद प्रमाणको आधारमा ठहर गर्नु पर्नेमा नगरपञ्चायतमा परेको उजूरीको आधारमा खारेज गरेको शुरु फैसला सदर गरी गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति नदिने गरी क्षेत्रीय अदालतबाट भएको आदेश नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक वादी, तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी प्रत्यर्थी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल फैसला न्या. हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको पुनरावेदनको अनुमति नदिने आदेश उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ । २. विपक्षी पन्नारत्नले चौत्यराजबाट २०२६।७।१४।५ मा फार्से गरी लिंदा उत्तर तर्फ ऋणीको केववारी मात्र भनेको निजले घर बनाउन नगरपञ्चायतमा दरखास्त गर्दा वालाफाला गर्ने जग्गा नदेखाएको खड्गराजको घरको मोहडा पूर्व ओमवहाल तर्फ भएको उत्तरतर्फ १ नाले जोडिएको घर नै नभएकोमा पन्नारत्न र खड्गराज काका भतिजा मिली मेरो एकलौटी चोकमा हुँदै नभएको अण्डरग्राउण्ड ढल बनी गएको छ भनी मेरो चोकको पश्चिम तर्फको परखालको जमिन निर उत्तर दक्षिण लम्बाईका परखालको उत्तर कुना निर केही भत्काई प्वाल बनाउने उद्देश्य लिई खिचोला गर्न आएकाले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको वादी अमृतराज बज्राचार्यको फिरादपत्र । ३. हामी विपक्षी मध्ये म खड्गराजको १ नाले उत्तरतर्फको घरदेखि पूर्व म पन्नारत्नको घरदेखि उत्तर हामी दुई काका भतिजाको साझा सागल छ । सो बाहेक हाम्रो अन्य कतै सागल छैन । सो हाम्रो साझा सागल देखि पूर्व फिरादीको घर देखि उत्तर फिरादीको सागल छ । जसलाई वहाँ बारी भन्नु हुन्छ । हाम्रो साझा सागलको निकास विपक्षीको बारी हुँदै गल्लीको ठूलो ढलमा पास हुने हुँदा फिरादीले सो निकास बन्द गरी दिंदा हाम्रो ठुलो नोक्सानी पर्न गै ललितपुर नगरपञ्चायतमा ढल खुलाई पाउन उजूर गरी नक्सा सर्जमिन समेत भएको छ । घर बनाउनेको ३ नं. ले दिई आएको निकास थुन्न नहुने कानुनी व्यवस्था समेत भएबाट फिरादीका झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. प्रस्तुत विषयमा नगरपञ्चायतमा उजूर परी कारवाही भइरहेको र ढल निकास सम्बन्धी विवाद नगरपञ्चायतले गर्ने अधिकार भएको देखिँदा यस अदालतको अधिकार क्षेत्र भित्र नपर्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको २०४२।५।२०।५ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी अमृतराजको बा.अं.अ. मा परेको पुनरावेदन । ६. यस्मा नगरपञ्चायत ऐनको दफा १७(१) मा हक बेहक छुट्याउनु पर्ने बाहेक घर पाताल सडक नाली सन्धी सर्पन सम्बन्धी उजूरीको किनारा गर्ने अधिकार नगरपंचायतको क्षेत्राधिकार भित्र पर्ने हुँदा फिराद दावी खारेज गर्ने गरेको ललितपुर जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति