निर्णय नं. १०३३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/०३ १८१३ निर्णय नं. १०३३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र सम्वत् २०३२ सालको रि.नं. १५९२ फैसला भएको मिति : २०३४।२।३।२ मा निवेदक : जि. पर्सा गा. पं. चोर्नी वार्ड नं. ४ बस्ने सटहा राउत अहिर विरुद्ध विपक्षी : भूमि प्रशासक, भूमिप्रशासन कार्यालय पर्सासमेत मुद्दा : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) बाबुमा छोराको मोहियानी सर्ने कानूनमा व्यवस्था भएको नदेखिएको । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री कृष्णजङ्ग रायमाझी उल्लेखित मुद्दा :  आदेश न्या. हेरम्बराज : विपक्षी प्रशासकको ०३२।९।२४।५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : मेरो नाउँमा दर्ता रहेको गा.पं. चोर्नी वार्ड नं.६ कि.नं.१२७ को ज.बि. ३–५–१५ जमुना राउत अहिर मोही भई जोती आएकोमा निज जमुना राउत परलोक भएको र निजको हक खाने स्वास्नी छोरा नभएकोले निजको नाउँका मोही लगत कट्टा गरी पाउँ भन्ने वादी हेमकुमारी आचार्य । मेरो छोरा जमुना राउतले उपरोक्त जग्गा जोती आएको ठिक हो निज छोरा परलोक भएपछि निजको स्वास्नी छोरा नभएकोले सो जग्गा मैले कमाई आएको छु, मेरो नाममा मोही कायम गरी पाउँ भन्ने सटहा राउत अहिरको प्रत्युत्तर भएकोमा “जग्गा जोती आएकोले मोही कायम गरी पाउँ भन्ने प्रतिवादीको जिकिर देखिए तापनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ बमोजिम कबुलियत गराई मोही कायम गराई लिएको नदेखिएकोले र मरुवा मोहीको नामबाट बाबुको नाममा मोहियानी नामसारी हुन जाने कानूनी व्यवस्था नभएकोले प्रतिवादीको जिकिर पुग्न नसकी वादी बमोजिम मरुवा मोहीको लगत कट्टा हुने ठहर्छ” भनी भू.प्र.का. पर्साबाट ०३२।९।२४ मा निर्णय भएको रहेछ । ३. उपर्युक्त निर्णय बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएको मुख्य जिकिर यस प्रकार छः भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) मा जग्गावालाले कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एक बर्षेसम्म मोहीको हैसियतले कमाएछ भने निज स्वतः सो जग्गाको मोही हुने कुरा छ । निवेदकले ०२९ सालदेखि व्यहोरा जनाई मोहीको हैसियतले रसिद लिए पाएको छु त्यतिवेला बिपक्षी हेमकुमारी जग्गावाला नै थिइनन् । विपक्षी जग्गावाला भए पनि निजबाट समेत रसिद लिए पाएकोबाट एक भन्दा बढी बर्षसम्म मैले जग्गा जोतेको प्रमाणित भएको छ र दफा २५(२) को प्रयोजन पूरा भएको छ । दफा ३४(१) बमोजिम कबुलियत भएको छैन भन्ने कुरामा रसिदमा नै व्यहोरा खुलेपछि त्यसलाई नै कबुलियतको स्थानमा राखी मेरो मोहियानी हक सुरक्षित गर्नुपर्नेमा मोहीबाट हटाउने निर्णय गरेको स्पष्ट कानूनी त्रुटी र अनाधिकार छ । अतः निर्णय बदर गरी पाउँ भन्ने समेत उल्लेख छ । ४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत ०३३।२।७।५ को डिभिजन बेञ्चको आदेश । ५. एकासगोलको छोरा मृत्यु भएको कारणबाट मृतकले कमाएको जग्गाको मोही हक मृतकको बाबुको नाउँमा आउने व्यवस्था नहुँदा मोहीको लगत कट्टा गर्ने गरी निर्णय गरिएको छ । अतः रिट निवेदन खारेज होस् भन्ने समेत विपक्षी भूमिप्रशासन कार्यालय पर्साको लिखितजवाफ । ६. भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) बमो