निर्णय नं. ६८५३ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८५३ - उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/११/१२ ३०५४ निर्णय नं. ६८५३ ने.का.प. २०५७ अङ्क २ विशेष इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत २०५६ सालको रिट नं. ...३१८० आदेश मितिः २०५६।११।१२।५ विषयः उत्प्रेषणयुक्त परमादेश जारी गरी पाउँ । निवेदकः श्री ५ को सरकार, यातायात व्यवस्था विभाग यातायात व्यवस्था कार्यालय वागमतीमा खरिदार पदमा कार्यरत वर्ष ३५ को राजकुमार दाहाल विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् समेत § निजामति सेवाको समूह विभाजन सेवाको प्रकृति अनुसार गरिने भएकोले समान प्रकृतिका कार्य एउटै मन्त्रालयबाट स्वभाविक रुपले हुने भएकोले एउटै मन्त्रालय अन्तर्गतको विभिन्‍न पदमा सोही मन्त्रालयको कर्मचारीहरुलाईस्वभावतः समाविष्ट गरिनु पर्ने स्वतः स्पष्ट छ । समूहिकृत गर्नुको उद्देश्य विपरीत हुने गरी अन्य मन्त्रालयको भिन्दा भिन्दै प्रकृतिका सेवामा कार्यरत रहेका कर्मचारीलाई समेत बढुवाको लागि उम्मेदवार बनाइने हो भने समूहिकृत गर्नुको प्रयोजन नै रहदैन । तसर्थ रिट निवेदकको जिकिर निजामति सेवा ऐन, २०४९ को दफा ६ को विभिन्‍न सेवाको समूह, उपसमूहको गठन सम्बन्धी व्यवस्थाको अनुकूल देखिएन । निजामति सेवा ऐनको समूह गठन सम्बन्धी व्यवस्था निवेदकको समानताको हक विरुद्ध नदेखिनुको साथै बेग्लै समूहका रिट निवेदकलाई राजश्‍व समूहको पदमा उम्मेदवार हुन नदिएकोले भेदभावयुक्त भन्‍ने पनि देखिन आएन । अतः निवेदकको जिकिर बमोजिम नि.से.नि., २०५० को नियम ७६(ख)(२) ऐनको दफा २१ सँग बाझिएको देखिन नआएको समेतबाट रिट निवेदन खारेज हुने । (प्र.नं.९) निवेदक तर्फबाटः X विपक्षी तर्फबाटः विद्बान नायव महान्याधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजिर X आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(१)(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यस प्रकार छः 2. मिति २०५६।४।९ गतेको गो.प.मा अर्थ मन्त्रालय बढुवा समितिको नं. १।०५६।०५७ को सूचना प्रकाशित भएको रहेछ । सो सूचनामा यस मन्त्रालय अन्तर्गत रिक्त नायव सुब्बा पद १६ मा बढुवाद्बारा पदपूर्ति गर्नुपर्ने भएको हुँदा निजामती सेवा नियावली, २०५० को नियम ७६ अनुसारका सम्भाव्य उम्मेदवारहरुबाट आवश्यक सम्पूर्णकागजात र विवरण सहित लोकसेवा आयोगद्बारा निर्धारित दरखास्त पेश गर्न सूचना प्रकाशित गरिएकोमा दरखास्त पेश गर्न म निवेदकको योग्यता पुगेको हुँदा दरखास्त फाराम भरी विपक्षी बढूवा समितिको सचिवालयमा मिति २०५६।४।३० मा लैजादा मन्त्रालयमा कार्यरत कर्मचारीले मात्र बढुवाको फर्म भर्न पाउने हुँदा तपाई अर्को मन्त्रालयमा कार्यरत भएकोले तपाईको फर्म दर्ता गर्न मिल्दैनभनी फिर्ता गरियो । निजामती सेवा अन्तर्गत कार्यरत कमर्चारीहरुको सेवा सूमहको गठन (नेपाल प्रशासन सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५० को नियम ४ अनुसूची १ बमोजिम गरिएको छ । उक्त अनुसूची १ मा समूहकृत नगरिएको पद उक्त नियमहरु २०५० कोनियम ५ को उपनियम (२) बमोजिम स्वतः सामान्य प्रशासन समूहमा समूहकृत भएको मान्‍नु पर्ने हुन्छ । निजामती सेवा ऐन, २०४९ दफा २१ बमोजिमको योग्यता र अवस्था विद्यमान रहेको निजामती कर्मचारीले १ तह माथिल्लो पदमा बढुवा हुनका लागि दरखास्त दिन सक्ने ऐनको व्यवस्था भईरहेकोमा विपक्षी बढुवा समितिले निजा