निर्णय नं. ६८५४ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५४ - अंश चलन भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/०९/१५ ३१६२ निर्णय नं. ६८५४ ने.का.प. २०५७ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय सम्वत २०५५ सालको दे.पु.इ.नं. ..... १३७ फैसला मितिः २०५६।९।१५।५ मुद्दाः अंश चलन । पुनरावेदक/वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने भरतराज जोशी विरुद्ध प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ बस्ने ज्ञानुबाबा जोशी समेत § प्रस्तुत अंश मुद्दाबाट वादी र प्रतिवादीहरु बीच ०४७।१।१९ मा मात्र मानु छुट्टिएको मिति कायम भएको देखिन आउँछ । मानो छुट्टिएको मितिको सम्बन्धमा पक्ष विपक्ष बीच विरोध नभएकोले सो अवधि सम्म निजहरु सगोलमै रहेभएको अवस्था देखिन आयो । संगोलमा रहँदाको अवस्थामा घर बनेकोले त्यस्तो घर सम्पत्तिमा निजी सम्पत्ति हो भन्न सकिने प्रमाणको अभावमा संगोलका अंशियारहरुको भाग लाग्ने नै देखियो । तसर्थ विवादको कि.नं.४७८ को जग्गामा बनेको घरमा ५ भागको १ भाग वादीले अंश पाउने ठहर्छ । विवादीत जग्गामा बनेको घर वण्डा लाग्ने ठहर्याएको पुनरावेदन अदालतको फैसला केही उल्टी गरेको यस अदालत संयुक्त इजलासको मिति ०५२।१०।२४ को फैसला नमिलेको हुँदा सो हदसम्म केही उल्टी भै अरु सदर हुने । (प्र.नं.१५) पुनरावेदक वादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल र विद्बान अधिवक्ताद्बय श्री प्रकाश वस्तीतथा श्रीबालकृष्ण न्यौपाने प्रत्यर्थी प्रतिवादी ज्ञानुबाबा जोशी समेतको तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्बान अधिवक्ताद्बय श्री बसन्तराज भण्डारी तथा श्री यज्ञमूर्ति बन्जाडे अवलम्बित नजिरः X फैसला न्या.कृष्णजंग रायमाझीः यस अदालत संयुक्त इजलासको मिति २०५२।१०।२४ को फैसला उपर परेको निवेदनमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम सम्माननीय प्रधान न्यायाधीशको आदेशानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः 2. विपक्षी मध्येका वासुदेव राज जोशी मेरो पिता हुनुहुन्छ । निज पिताजीको दुई श्रीमतीमा जेठी मेरो आमा गणेश कुमारी र कान्छी विपक्षी ज्ञानुबाबा जोशी भएकोमा आमा गणेश कुमारीबाट म फिराद एक छोरा दुई छोरी मात्र जायजन्म भएपछि २००९ सालमा आमा परलोक हुनुभएपछि २०१३ सालमा विपक्षी सौतेनीआमालाई पिताजीले विवाह गर्नु भै निज सौतेनी आमा ज्ञानुबाबाबाट विजय राज, विश्व राज जोशी दुई छोरा तीन छोरी मात्र जायजन्म भएको छ । हामीहरुको बीच अंशवण्डा भएको छैन जो भएको चल अचल श्रीसम्पत्ति पिताजी र सौतेनी आमाको जिम्मामा सगोल मै छ । वण्डा गर्नुपर्ने अंशियार ५ जना मात्रै भएको, बाबुले सौतेनीआमालाई विवाह गरी ल्याएदेखि नै म र मेरो श्रीमतीलाई पिता र सौतेनी आमाले खान लाउनमा हेला गर्दै आउनु भए पनि सहेरै बसेका थियौ । श्रीमती भुवन जोशीले म समेत उपर अंश मुद्दा दायर गरिछन् र सो मुद्दाको म्याद पाएपछि आमाको कुरा सुनी उल्टै मलाई मिति २०५६।७।११ गतेका दिन म बसेको कोठामा ताला लगाई दिई घरबाट निकाला गरिदिएबाट बागबजारमा डेरा गरी बसेको छु । मेरो भाग अंश दिनु हवस भनी बाबु र सौतेनी आमासँग गई बराबर भन्दा अंश दिन्न जहाँ जे गर्नुपर्छ गर भन्ने जवाफ पाएको थिए जे भनेपनि सहेर बसेकोमा मिति २०४६।१२।३० का दिन तलाई एक टुक्रा पनि अंश दिन्न भनी जवाफ दिएकोले बाध्य भै अदालतको शरणमा आ