निर्णय नं. १०३५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३५ - लेनदेन भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/११ १९८२ निर्णय नं. १०३५ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्मामाननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ८५ फैसला भएको मिति : २०३४।२।११।३ मा पुनरावेदक : दाङ ज.म.वि.कि.गा.पं. वार्ड नं.६ विजोरी बस्ने बामदेव उपाध्याय विरुद्ध विपक्षी : ऐ.ऐ.हापुर नयाँ बगाले बस्ने सालिकराम उपाध्याय मुद्दा : लेनदेन (१) पहिले परेको मुद्दाको हदम्याद गुमाएपछि त्यो दावी समर्थन गराउन अर्को ऐनको सहारा लिन हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दा :  फैसला न्या. हेरम्बराज : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी वामदेव उपाध्यायको निवेदनमा अनुमति दिने ०३३।८।१७।५ को डिभिजन बेञ्चका आदेशानुसार यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : शालिकरामले मबाट रु.४००१। कर्जा लिई ०१९।२।२४।४ मा हापुरफेदी मौजाको बिगाहा ३ ऐ कैदा मौजाको जग्गा बिगाहा १ऽ२ ऐ लामिडाडाको बिगाहा ऽ१ समेत ४ऽ३ मलाई राजिनामा गरिदिएको, म्यादमा पास गरी नदिएकोले कपाली हुन आएको र जग्गा आसामीले भोग गरी आउनु भएको, रुपैयाँ माग्दा नदिएकोले भा.रु.४००१। सैकडा २९ ले हुने रु.५५६१।३९ र ब्याज रु.५५५५।२३ समेत जम्मा रु.११,११६।६२ दिलाई पाउँ भन्ने समेत वादी । ३. वादीमा उल्लेखभएको ज.बि.४ऽ३ मिति ०२९।२।२४ मा राजिनामा गरिदिएको पारित नहुँदै म्याद छँदै सो जग्गा मध्ये आधी २ऽ१।। भा.रु.१९००। मा कृष्णप्रसादलाई वादीले बुझी लिई राजिनामा गराउन लगाउनु आफ्नो छोरा भागवतलाई पठाई ०१९।३।१७ मा भागवतलाई साक्षी राखी कृष्णप्रसादलाई र बाँकी आधी बिगाहा २द्र१।। पनि रु.३३००। टिकादेवीबाट बुझी लिई आफ्नो घरमा बोलाई ०२१।३।३२ गते वादीलाई साक्षी राखी टिकादेवीका नाउँमा राजिनामा गरिदिएको छु । सो व्यवहार खतम भई सकेपछि वादीका हकको जग्गा बिगाहा १५।।२ऽ२ थैली रु.२४०००। वादीलाई बुझाइ एकाघरकी आमा तुलसा उपाध्यायनीका नाउँमा पास गराई लिएको हुँदा रुपैयाँ तिर्न पर्ने बाँकी छैन भन्ने समेत प्रतिवादी । ४. तमसुक दरपिठ भरपाई गराएको देखिन आएन । जग्गा भोग गर्न नपाएकोमा साँवा ब्याज समेत प्रतिवादीबाट भरी पाउनेठर्हछ भन्ने दाङदेउखुरी जि.अ.को ०२९।९।२२।६को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा प्रतिवादीले वादीलाई बुझाएको लिखत बेगर मौखिक भनाइसम्मलाई ऐनले मान्यता दिन नहुने, नमिल्ने हुनाले शुरुको इन्साफ मनासिव छ भन्ने समेत राप्ती अञ्चल अदालतको फैसला । ६. राप्ती अञ्चलअदालतको फैसलाउपर प्र.को पुनरावेदन परेकोमा वादीले प्र.बाट राजिनामा लिएपछि रजिष्ट्रेशन पासनहुँदै त्यो राजिनामाको जग्गामध्ये अघि २द्र१।। भा.रु.१९००। मा कृष्णप्रसादलाई राजिनामा दिँदा वादीकै छोरा भागवत साक्षी बसेका र बाँकी आधी ज.बि. २द्र१।। पनि रु.३३००। मा टिकादेवीलाई ०२१।३।३२ मा राजिनामा दिँदा वादी आफै साक्षी बसी वादीकै घरमा राजिनामा दिए लिएको भन्ने र आफूले राजिनामा लिएको जग्गा कृष्णप्रसाद टिकादेवीलाई आफू र आफ्नो छोरा साक्षी राखी राजिनामा गराई आफ्नो रुपैयाँ असूल गरिसकेका छन् भनी प्र.का साक्षीहरूले बकपत्र गरेको देखिएकोमा पनि ०२२।३।३१ मा धनी हुने प्र