निर्णय नं. ६८५५ - निर्णय दर्ता वदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५५ - निर्णय दर्ता वदर हक कायम भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/१०/०३ ५६९८ निर्णय नं. ६८५५ ने.का.प. २०५७ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल सम्वत २०५६ सालको दे.पु.इ.नं. .... ६९ फैसला मितिः २०५६।१०।३।२ मुद्दाः निर्णय दर्ता वदर हक कायम । पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. १ बस्ने कृष्ण गिरी विरुद्ध विपक्षी/वादीः ऐ.ऐ.बस्ने मंगल ठाकुर हजाम § विवादित जग्गा प्रतिवादीकै नाउँमा दर्ता श्रेस्ता रही निजले नै तिरो तिरी आएको भन्ने तथ्यमा विवाद देखिदैन । तसर्थ दर्ता तिरो नभएको घरजग्गाको स्वामित्व घरायसी लिखतको आधारबाट पाई कम्तिमा पन्ध्र वर्षसम्म आफ्नो हक जानी अटुट भोग गरेको र सो अवधिमा सो लिखतलाई लिएर कुनै अदालतमा नालिस उजुर नपरेको भए लिखत रजिष्ट्रेशन नभएको भएतापनि सदर मानी त्यस्तो घर जग्गा भोगवाला ल्यक्तिको नाउँमा दर्ता गर्नुपर्ने जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५(क) को कानूनी व्यवस्था प्रस्तुत विवादमा आकर्षित हुने देखिदैँन । एकाको स्वामित्वमा रहेको जग्गामा निजको स्वामित्व समाप्त हुन निजले उक्त जग्गाको स्वामित्व अरुलाई हक हस्तान्तरण गरी दिएको हुनुपर्नेमा यी वादीले विवादीत जग्गामा हक प्राप्त गरेको ठोस सबूद प्रमाण देखाउन सकेको समेत पाइदैन । जग्गा (नापजाँच) ऐन, २०१९ र अन्य कानूनी व्यवस्था तथा श्रेस्ताबाट विवादीत जग्गाको स्वामित्व प्रतिवादी कृष्ण गिरीमा नै रहेको ठहर भएको अवस्थामा उक्त जग्गामा वादीले घर बनाई भोगी आएकै कारणले मात्र प्रतिकूल भोग (Adverse Possession) को अवधारणाको आधारमा स्वामित्व समेत पाउने कानूनी व्यवस्था समेत नहुँदा विवादीत जग्गामा बनेको घर र सो घरले चर्चेको आँगनमा वादीको भोगाधिकार रहेको ठहर भएकै आधारमा स्वामित्व समेत वादी मंगल ठाकुरमा कायम हुनुपर्छ भन्न मिल्ने नदेखिने । (प्र.नं.१६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री महादेव यादव तथा श्री खगेन्द्र प्रसाद अधिकारी विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ताहरु श्री कमलनारायण दास, श्री हरिहर दाहाल, श्री लब कुमार मैनाली तथा श्री विजय कुमार सिंह अवलम्बित नजिर X फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत जनकपुरको मिति २०५१।९।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत परेको पुनरावेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्यता नभएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 2. जानकी मन्दिरको महन्थ नवलकिशोर दाशको औषधी उपचार गरे वापत मेरो स्व.पिता देवा ठाकुरले बकस पाई निर्विवाद र अविछिन्न रुपमा भोग गरी आएको परिक्रमा सडक देखि पूर्व स्टेशन जाने सडक देखि दक्षिण गौरी नारायण देखि पश्चिम उत्तर ०-३-० जग्गामा गौरी नारायणले जानकी मन्दिरको महन्थ र देवानजी मिलाई लिखत श्रेस्ता बनाई धनुषा जिल्ला अदालतबाट खिचोला मुद्दा ठहर भई अंचल अदालतमा पुनरावेदन परी पौने पन्ध्र धुर जग्गा र सो जग्गामा भएको घर समेत मेरो पिताको कायम हुने ठहरी सर्वोच्च अदालतबाट २०२६।७।२१ गते फैसला भएको र सोही किसिमबाट भोग चलन गर्दै आईरहेकोमा हाल सर्भे नापीले कायम गरेको वडा नं.१(ग) कि.नं. ६९ को ०-०-१७-३ जग्गामा विपक्षीको हकभोग समाप्त भएकोमा सर्वोच्च अद