निर्णय नं. १०३७ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०३७ - जग्गा बाली भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०३/१४ १८९३ निर्णय नं. १०३७ ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको देवानी फुल नम्बर ३७ फैसला भएको मिति : २०३४।३।१४।३ मा निवेदक : का.जि. मडेहर माजरे गौरी गा.पं. वार्ड नं. ५ बस्ने नाजिम मुसलमान समेत विरुद्ध विपक्षी : ऐ.ऐ. ४ नं. ढोडे बस्ने वादुल मुसलमान समेत मुद्दा : जग्गा बाली (१) अंशबण्डाबाट एक अंशियारको भागमा परेको जग्गा अर्को अंशियारले भोगगरेमा आफ्नु अंश भागमा पर्ने जग्गाको बाली जग्गा मिच्नेको १८ नं. बमोजिम बाली भरीपाउने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी सिंह उल्लेखित मुद्दा :  फैसला न्या.वाशुदेव शर्मा : इन्साफ जाँच गरी पाउँ भनी प्रतिवादी हवलदार मुसलमान समेतले चढाएको निवेदनमा फुल बेञ्चबाट हेरी दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः विपक्षीहरूसँग तायदाती लिई अंश छुटाई बण्डा गरी पाउँ भन्ने हाम्रो नालेस परी अघि देखिनै भिन्न बसेकोले अंश दिनु नपर्ने भन्ने प्रतिवादीनै मुद्दा चलिई आखिरमा १९८८ साल चैत्र मसान्त तक सकारतमा रहेको ठहरी तायदाती लिई अंश छुट्टाई दिने भन्ने सर्वोच्च अदालत लगायतबाट फैसला भई आई विपक्षीहरूले तायदाती दिएकोमा फौज्दारीका नाउँको दर्ता जग्गा बिगाहा १०ऽ२।।३ जग्गा हाम्रो एकलौटी हो अंश दिनु नपर्ने भन्ने तायदातीमा पनि लेखी दिएको आखिरमा तायदातीमा लेखिएको सबै जग्गा अंशबण्डा छुट्टाई बण्डा गरी दसौंद दण्ड लिने भन्ने तौ.ई.अ.बाट ०१८ सालमाघ ८ गतेमा फैसला भएकोले फैसला बमोजिम सो सानो फौज्दारका नाउँको दर्ताका बिगाहा १०ऽ२।।३ हामीहरूको अंश भागको हामीलाई छुट्टाई दिन अंशबण्डा गरी हाम्रो हक गराई ०२१ सालमाघ १ गतेमा तौ.ई.अ.बाट अन्तिम पर्चा फैसला भएका फैसला बमोजिम बण्डा छुट्टाएसम्मको मध्येको जग्गा मध्ये सानो फौज्दारका नाउँको दर्ताको जग्गा बिगाहा १०ऽ।।३ मध्ये ३ खण्डको १ खण्ड, विपक्षीको १ खण्ड हामी वादुल आसिनको बाँकी १ खण्ड मध्ये आधीमा रियासिको आधी अर्को हकदार सुलतानको ठहरी बिगाहा १०ऽ२।।३ मध्ये हामी वादुल आसिन रियासिको भागको बिगा ५ऽ१।१।। विपक्षीहरूले मुद्दा परेको ०१२ सालदेखि हामीलाई जग्गा बाली चलन गर्न नदिई आफूहरूले जम्मै जग्गा बाली चलन गरी आएको बिगाहा ५ऽ१।१।। हाम्रो भई पर्चा भएकोले सो जग्गाको झगडा परेका सालदेखि ०२१ साल तकको बाली हामीलाई दिनोस भनी बण्डा छुट्टाई पर्चा भएपछि प्रतिवादीहरूसँग ०२१ सालमाघ १ गते भन्दा बाली पाउँदैनौं दिन्न भनी जवाफ दिएको खास विपक्षीहरूको चलन भोगमा रहेको आफ्नो एकलौटी भनी हामीलाई चलन भोग गर्न नदिएको जग्गाको हक न छुट्टि रहेको जग्गामा हाम्रो हक कायम गरी बण्डा छुट्याई पर्चा भई सकेपछि उक्त जग्गाको बाली हामीले कानूनले पाउने बाली नदिएको जम्मा रु.२०६०।४० मध्ये बाली लगाउनेको भागको आधी कट्टि गरी आधी रु.१०३०।२० हामीहरूको भागको आधी रु.१०३०।२० मध्ये वादुललाई रु.३४३४।४० म आसीनलाई ३४३४।४० म रियसिलाई रु.३४३४।४० का दरले विपक्षीहरूबाट दामासाही बमोजिम दिलाई पाउँ भन्ने समेत वादीको फिराद परेकोमा विपक्षीहरूको अंश थियो भने ०८८ सालमा