निर्णय नं. ६८५६ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५६ - जग्गा खिचोला भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/०८/२० २४५६ निर्णय नं. ६८५६ ने.का.प. २०५७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५४ सालको दे.पु.नं. ... ४१२७ फैसला मितिः २०५६।८।२०।२ मुद्दाः जग्गा खिचोला । पुनरावेदक/वादीः जिल्ला जाजरकोट, खलंगा गा.वि.स. वडा नं. २ बस्ने टेककुमार शाह विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला रुकुम, खोलागाउँ गा.वि.स. वडा नं. १ बस्ने धनुवली § वादीले दावी गरेको र प्रतिवादीले बकसपत्रबाट प्राप्त गरेको जग्गा बेग्ला बेग्लै नभई एउटै भएपछि त्यस्तो जग्गालाई देखाई दायर गरेको फिरादलाई हकदैया बिहिन भन्न मिल्ने देखिएन । यस्तो स्थितिमा अलग अलग तालुक अन्तर्गत दर्ता भएको भन्ने आधारमा हकदैयाको अभाव भएको भन्ने आधारमा खारेज गर्ने गरेको शुरु रुकुम जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत नेपालगञ्जको फैसला वदर हुन्छ । वादी प्रतिवादीका बयानबाट जालसाजी सम्बन्धी प्रश्न खडा भएको देखिँदा प्रस्तुत जग्गाको विवाद तथा जालसाजी समेतका कुरामा जो बुझ्नु पर्ने प्रमाण बुझी प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु भनी दुवै पक्षलाई शुरु रुकुम जिल्ला अदालतको तारेख तोकी शुरु मिसिल समेत रुकुम जिल्ला अदालतमा पठाई दिने । (प्र.नं.१७) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल विपक्षी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री एकराज भण्डारी अवलम्बित नजिरः फैसला न्या.केशव प्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) अन्तर्गत मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदन लगत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. मेरो लोग्ने दीपकजंग शाहले दोयम सिम खोला मुहान बगर खेत जहारी खोला सो दक्षिण खहरे खोला सो पश्चिम माथि ठीक सो उत्तर र खोला सो पूर्व यति ४ किल्ला भित्रको दोयम सिम खोला मुहानबगर खेत र लोग्ने दीपक शाहबाट सो खेत लगायत अरु खेत पाखाहरु समेत २०४०।५।२७ मा मैले हालैको बकसपत्र पाई मेरा नाउँमा दा.खा.नामसारी समेत गराई आएको मेरो एकलौटी हक भोग चलन भित्रको जग्गालाई विपक्षीले म सँग पटक पटक यो खेत मलाई लिन मन छ मलाई दिनुहोस भनेको र मैले सो खेत बिक्री गर्न इन्कार गरेको कारणबाट रिसाई विपक्षी २०४७ साल मार्ग १० गतेका दिन बिहान १० बजेको समयमा आफ्ना घरबाट हल गोरु ल्याई जोती गहु छरी खिचोला गरेको देखि किन मेरो खेत खिचोला गर्नु भएको भनी सोध्दा तिम्रो लोग्नेबाट मैले २०४४ सालमा हक छुटाई लिएको छु । अब खेत भोगचलन गर्न छाडदिन भनी जग्गा खिचोला गरेकाले खिचोला मेटाई मेरो हक कायम राखी चलन चलाई पाउँ भन्ने समेत फिराद पत्र । 3. वादी दावीको ४ किल्ला भित्रको माटो मुरी ।९७।१० को खेत खला रुकुम मौजा मानकोट लहरे सिमल तालुक १९९८ सालको मोठ नं. ५० मा हिराजंग शाह दर्ता भएको निज दर्तावालाबाट निजको छोरा विपक्षीले लोग्ने दीपकजंग शाहले पाई हक भोग गरेको अवस्था दीपकजंग शाहबाट मैले २०४५।३।६ गते हालैको बकसपत्र पाई २०४५।३।७ गते जाजरकोट मालबाट पारित गराई मेरो हक भोगचलन भै २०४५।६।२४ गते रुकुम माल कार्यालयबाट मेरा नाउँमा दा.खा. नामसारी भएको र सो बमोजिम मेरै परिवारले हक भोग गरी आएको वादीको लोग्ने दीपकजंग शाहले मलाई बकसपत्र गरी दिएको रिसइवीबाट झुठ्ठा मुद्दा दिने वादीलाई नै सजाय गरी पाउँ भन्ने समेत प्रतिउत्तर पत्र । 4. दीपकजंग शाहले २०४० सालमा जग्गा आफ्नो श्रीमतीलाई बकस