निर्णय नं. १०३८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०३८ - अंश भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/२८ १९२४ निर्णय नं. १०३८ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको दे. पु. नं. ९९ र १०० फैसला भएको मिति : २०३४।२।२८ मा पुनरावेदक : बागमति अञ्चल नुवाकोट जिल्ला पं.१ नं.बट्टार बस्ने परशुराम गिरी विरुद्ध विपक्षी : ऐ ऐ बस्ने दशरथ गिरी मुद्दा : अंश (१) अंशबण्डाको २० नम्बरको ऐनमा घरका लेनदेन कारवाही गर्ने जानकारसँग फाँटवारी लिई बण्डा गरी दिनुपर्ने व्यहोरा लेखिएकोबाट अरूसँग जिम्मा रहेको पनि फाँटवारी लिनुपर्छ भनी सम्झन नहुने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : फैसला न्या. हेरम्बराज : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट २०३३।२।१५।६ मा भएको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार वादी दशरथ गिरी र प्रतिवादी परशुराम गिरी समेत दुवै पक्षलाई पुनरावेदन गर्ने अनुमति पाई प्रस्तुत मुद्दा पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : बाबा गणेश गिरी परलोक हुनु भए । अघि मेरो आमा र माईली आमा परलोक भएपछि जेठीपट्टिको म र कान्छीपट्टिको छोरा विपक्षी परशुराम र निजको बहिनी विपक्षीको आमामात्र बाँकी छँदा बाबा गणेश गिरी पनि १९९९ सालमा परलोक हुनु भएपछि विपक्षको आमा मेरो सानी आमा घरको हर्ताकर्ता भई घर व्यवहार सगोलमा नै चलिआएको थियो, त्यस्तैमा म आफू खुसी ०४ सालतिर विदेश लागि निर्वाह गरी आएको थिएँ, घर सम्झी ०२४ जेष्ठ ५ गते आई पुग्दा वहिनी पोइल गई सकेको र आमा पोइल गई सकेपछि विपक्षले नै स्याहार सम्भार गरी राखेकोले आफूले कमाई गरी ल्याएको विपक्ष एकाघरको भाइलाई नै घर व्यवहार राम्रो चलाउन दिई एक महिना बसी गएको,०२५ सालमा पनि रेखदेख गरी गएपछि ०२८साल मार्ग ३गते बेलुकी अं.६ बेजे तिर जेठो छोरासाथ लिईजाँदा पुरानो घरभत्काई नयाँ जस्ताको घर खडागरी विपक्ष बसेको देखी मैले मिलापत्र गरी बस्न विपक्षले पनि नामाञ्जुर गरेकोले मैले पाउने अंशभाग छुट्याइदिनु भन्दा तिम्रो भाग छुट्याइदिन्छु छुट्टै बस भनेकोले बट्टारबजारबस्ने अमृतमान श्रेष्ठका घरमा डेरा गरिबसेको छु, अंशबण्डा नहुँदै पिताजी परलोक हुनुभएकोले पिताजीको श्रीसम्पत्ति विपक्षले र मैले बराबर भोग गर्नपाउने भएकोले अंशबण्डाको २० अन्तर्गत ऐ.२३ नं. बमोजिम पिताजीले आर्जेको घरजग्गा हाँडाभाँडा, सून, चाँदी आदि र विपक्षबसेको घरसमेतको फाँटवारी लिई अंश नदिएमा दं.स.१२ नं.बमोजिम सजायसमेत गरिपाँउ भन्नेसमेत वादी । ३. जेठीपट्टिको विपक्ष दशरथ गिरी र कान्छीपट्टिको म परशुराम गिरी भएको र बाबा गणेश गिरीको ४।५ स्वास्नी भएकोले ८०।८१ सालमा सौता सौता नमिलेकोले बाबा गणेश गिरीले आफ्नो गैह श्री–सम्पत्ति अघिका चलन व्यवहार बमोजिम अंशबण्डा लगाई दिई बाबा गणेश गिरी आलो पालोसँग बस्ने गर्नु भएको थियो । विपक्षको आमाले पाएको अंशको जग्गा आमाको शेषपछि विपक्षको हक भएको जग्गामध्ये मुवलीकुमारी जिम्माको तिरो रु.१।३८ मध्ये तिरो रु.६६ लागेको पाखा जग्गा मोहरू ६१।मा.नु.जि.बट्टार बस्ने गोविन्दराज ०१।१०।७ गते भोगबन्धकी र सोही जग्गा मेरो भाग भनी सो भोगबन्धकी हडिक गराई रु.१२०। मा विपक्ष दशरथ गिरीले गोविन्दराज ०३।६।३०।६मा राजीनामा पास गरिदिएको १ प्रति नक्कल नुवाकोट मालमा छ । दोश्रो विपक्ष दशरथ र