निर्णय नं. १०४० - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४० - ज्यान भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०२/०९ २०२८ निर्णय नं. १०४० ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपट सिंह रावल सम्वत् २०३२ सालको सा.नं. १९ फैसला भएको मिति : २०३४।२।९।१ मा वादी : सोलुथानाको हे.कं. हरिप्रसादको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : तीवत सुनो गुम्बामाटाघर भई हाल केन्द्रिय कारागार काठमाडौं थुनामा रहेको पासाङटेसी तिब्बेतियन भोटे मुद्दा : ज्यान (१) कुन सूत्रबाट कसरी अपराधको घटना जानकारी हुन गएको सो कुरा वादीलाई मात्र जानकारी भएर हुने होइन, सो मुद्दामा निर्णय दिने अदालतलाई पनि सो को विवरण जानकारी गराउनु र सो को सबूद प्रमाण पेश गर्नुपर्ने नै वादीको मौलिक कर्तव्य हुन आउने । (प्रकरण नं. १२) वादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना उल्लेखित मुद्दा : फैसला न्या.झपट सिंह रावल : पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको प्रस्तुत मुद्दा साधकमा दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : जुम्बेसी गा.पं. अन्तर्गत मोपुङको थुकटेन छोलिङ्ग गुम्बा बस्ने गोम्बु तिवेटिनको ०२९।६।२४ को जाहेरीले भवितव्य आगलागी भई पुकारसं नामगेल र निजैको श्रीमती दावा च्याङ जिङ समेत २ जना आगोमा परी भवितव्यबाट मरेकोले मौका तहकिकात समेत गरी पाउँ भन्ने जाहेरी परी २०२९।६।२४ मा वारदात जाहेरी समेत भएको सो सम्बन्धमा सरजमिन हुँदा सम्पूर्ण सरजमिन भवितव्य लेखाई सो सम्बन्धको मिसिल जि.अ.सोलुखुम्बुमा पेश भइसकेको । कर्तव्यको प्रकृति देखिन आउँदा उक्त सम्बन्धमा के भएको रहेछ भनी सुराक पत्ता लगाउँदै रहँदा यसै जिल्ला झ्याल्सा शरणार्थी कारखाना बस्ने पासाङटेसी (टिवेटिन) को चालचलन इत्यादिबाट पुकारसं नामगेल समेत २ जनालाई मारी धनमाल लिई घरमा आगो लगाई दिई भागी लुकिछिपी बसेको छ भन्ने कुरा विशेष सूत्रबाट तथ्य हुन आएकोले निजलाई पक्राउ गरी कानूनबमोजिम सजाय समेत हवस भन्ने समेत हे.कं. हरिप्रसाद को प्रतिवेदन । ३. लेखिएको दिन समयमा मेरो घरबाट घिउ खरीद गर्न भनी पुकारसंको घरमा गई बास वसे भोलिपल्ट २ नं छिरिङ खर्कमा गए, घिउयापन र फेरी सो सो दिन फिरी आई भोलिपल्ट निजकै घरमा बास बस्न आई पुगे मेरो श्रीमती आनि भई मलाई छाडी गुम्बामा बस्ने गरे, मैले टिबेटबाट ल्याएको सम्पत्ति पनि ससुरालमानै राखेको थियो, सम्पत्ति देउ भन्दा नदिने गरेकोले मलाई उक्त सम्पत्तिकै कारणबाट रिस उठी राखेको थियो सो दिन पनि सम्पत्तिकै कुरा हुँदा तेरो सम्पत्ति दिन्न भनी पुकारसंगले भनेको हुँदा सो रात अं.९।१० बजेको थियो होला त्यहीं भएको बन्चरोले पुकारसंगलाई पैला पासोबाट चल्निमा हिर्काई निज मर्यो निजको श्रीमती हो हल्ला गरेकोले फेरि पुकारसंग श्रीमतीलाई टाउकोमा हिर्काई बञ्चराले मरिन । मट्टितेल खनाई सल्काई दिई अरू सामान झिक्दा पाप हुन्छ कि भन्ने डरले झिकिनँ भन्ने समेत पासाङ टेसी टिवेटिनको कागज । ४. पासाङटेसीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय हुने पेश गर्ने राय व्यक्त गरियो भन्ने समेत प्रहरी प्रतिवेदन । ५. मैले मार्नु पर्ने कारण पनि छैन मैले मारेको पनि होइन मलाई मार्यो भन्ने आरोप लगाई मेरो सम्पत्ति धनमाल खाने उद्देश्यलेमात्र त्यस्तो प्रतिवेदन दिएको हुनुपर्छ भन्ने समेत पासाङ टेसीको बयान । पासाङ टेसीको घरम