निर्णय नं. ३८७२ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८७२ - निखनाई पाउँ भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/०३ १९१८ निर्णय नं. ३८७२ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.ई.नं. ८३ फैसला भएको मिति :२०४६।६।३।३ मा पुनरावेदक/वादी : का.न.पं. वा.नं. ८ बस्ने रामकृष्ण श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. वा.नं. ३२ बस्ने लक्ष्मीदत्त भट्टसमेत मुद्दा : निखनाई पाउँ § प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरामा आफैले अधिकार क्षेत्र ग्रहण गरी निखनाई पाउने वा नपाउने भनी निर्णय गर्ने अधिकार मालपोत कार्यालय तथा जिल्ला कार्यालयलाई रहे भएको नपाइने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी तथा विद्वान अधिवक्ता श्री छविरमण सिटौला विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालतल संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मेरी आमा शिवकुमारी श्रेष्ठ मोही भई कमाई आएको बत्तीसपुतली गा.पं. वार्ड नं. ७(ख) को कि.नं. २३ को रोपनी ४–१–० जग्गाधनीले लक्ष्मीदत्त भट्ट र रणबहादुर खड्कालाई २०३७।११।२६ मा बिक्री गरेकोले म मोही हुँदा निखनाई पाउँ भन्ने समेत व्यहोराको रामकृष्ण श्रेष्ठले २०३८।४।१७ मा मालपोत कार्यालय काठमाडौंमा दिएको निवेदनपत्र । ३. मैले आधा जग्गा खरीद गरेको हुँ निखन्न दिन मन्जूर छ भन्ने समेत व्यहोराको रणबहादुर खड्काले दिएको प्रतिउत्तर । ४. मैले घरवारीको लागि आधी जग्गा खरीद गरेकोले लेनदेन व्यवहारको १२ नं. बमोजिम निखन्न दिन मन्जूर छैन भन्ने समेत व्यहोराको डा. लक्ष्मीदत्त भट्टको प्रतिउत्तरपत्र । ५. मोठ श्रेस्ताबाट समेत वादी मोही नदेखिएकोले निज कानुन बमोजिम मोही नभएसम्म मोहीको हैसियतले निखन्न पाउने नहुँदा निखन्न पाउने ठहर्दैन भन्ने समेत व्यहोराको मालपोत कार्यालय काठमाडौंको २०३८।७।५ को फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको निवेदन रामकृष्ण श्रेष्ठले जिल्ला कार्यालयमा दिएको पुनरावेदन । ७. पुनरावेदकको नाममा मोहियानी नामसारी गरी दिने निर्णय भू.सु.का. बाट भएको र सन्धीसर्पन पर्ने हकवालाले निखन्न पाउँ भन्ने दावी नगरेकोले लेनदेन व्यवहारको नं. १२(१) बमोजिम मोहीले निखन्न पाउने हुँदा निखनी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको जि. का. काठमाडौंको २०४०।१०।२७ को फैसला । ८. सो फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी लक्ष्मीदत्त भट्टको म.क्षे.अ. मा परेको निवेदनमा राजीनामा पास भएको बखत वादीको मोहियानी हक कायम भएको भन्न मिल्ने नमिल्ने भन्ने प्रश्नमा विवाद उठेपछि सबूद प्रमाणको मूल्यांकन गरी टुङ्गो लगाउन रजिष्ट्रेशनको ३५(२) ले अधिकार क्षेत्र प्रदान नगरेबाट अधिकार क्षेत्र ग्रहण गरी गरेको जिल्ला कार्यालयको फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने २०४१।४।२१ को आदेश । ९. यस्मा मोही कायम हुनसक्ने हो वा होइन भन्ने विवाद उत्पन्न भएपछि विवादित कुराको हकमा सबूद प्रमाण बुझी टुङ्गो लगाउनु पर्ने स्थिति हुन आउँछ । प्रमाण बुझी इन्साफ दिनु पर्ने कुरा देखिन आए पैतिस दिन भित्र नालेस गर्नु भनी सुनाई दिनु पर्छ भन्ने रजिष्ट्रेशनको ३५ नं. ले