निर्णय नं. ३८७३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८७३ - अंश भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०७/२९ २४४३ निर्णय नं. ३८७३ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.ई.नं. ७१ फैसला भएको मिति : २०४६।७।२९।३ मा निवेदक/प्रतिवादी : भरतपुर न.पं. वा.नं. २ बस्ने चिजकुमार श्रेष्ठसमेत विरुद्ध विपक्षी/वादी : चितवन नारायणगढ गा.पं. वा.नं. ३ बस्ने रामकुमार श्रेष्ठ डि.बे. को मिति २०४२।१।१०।२ को फैसला ने.का.प. भाग २७ (२०४२), अंक १, नि.नं. २२४२ पृष्ठ ७२ मा प्रकाशित । मुद्दा : अंश § पैतृक सम्पत्ति आ–आफ्नो नाममा दाखिल खारेज गरेको प्रमाण प्रतिवादीले देखाउन सकेको छैन, वादीले जग्गाहरु बिक्री गरेको भनेको लिखत हेर्दा मेरो अंश भागमा परेको भन्ने उल्लेख भएको देखिँदैन, यसबाट व्यवहार प्रमाणबाट अंश भएको भन्ने नदेखिने । (प्रकरण नं. १४) § पेश भएको लिखत नक्कल हेर्दा दाइजोको रुपैयाँबाट जग्गा खरीद गरेको भन्ने प्रष्ट हुँदैन, अप्रसङ्ग ठाउँमा दाइजोको अक्षर रहेको देखिन्छ, यसबाट सो लिखत नक्कललाई दाइजोको लिखत भन्न नमिल्ने । (प्रकरण नं. १४) § दाइजोको लिखत प्रमाण कुनै पेश गर्न नसकेको स्थितिमा सो सम्पत्ति अंशबण्डा नलाग्ने सम्पत्ति भन्न मिलेन, सो सम्पत्ति सगोलमा आर्जन गरेको सम्पत्ति भन्नु पर्ने । (प्रकरण नं. १५) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेन्चबाट हराई फैसला गरेकोले मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीहरुले चढाएको बिन्तिपत्रमा पूर्ण इजलासबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।१०।२८ मा तोक लागी आएकोमा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट मिति २०४३।१२।२५ मा भएका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :– २. श्री पिताजी चामुनारायणका जम्मा २ जना छोरा भएकोमा १ जना म र प्रतिवादी चिजकुमार समेत जना २ मात्र जम्मा अंशियार भएको । बाबु बाजेका पालाको र बढे बढाएको सगोलमा आर्जेको र सगोलकै सम्पत्तिबाट विपक्षी भाउजू चिजकुमारकी श्रीमती विष्णुकुमारी र भतिजा बिनोदकुमार श्रेष्ठ समेतका नाममा जमीन राखी खरीद गरेको र सगोलकै सम्पत्तिबाट घर, गोठ बनाई सगोलमै भोग चलन भई आएकोमा दाजुले मेरो मन्जूरी बेगर नारायणगढ गा.पं. वडा नं. २ को घर जग्गा विष्णुलाल प्रधानलाई राजीनामा गरी दिएको कुरा नक्कल लिंदा यकीन भएको र मेरो अंश भाग माग्दा नदिनु भएकोले बण्डा गर्नु पर्ने जम्मा सम्पत्ति के कति छ सो मलाई सबै जानकारी नभएकोले यो फिरादपत्र परेका अघिल्ला दिन तकको चल अचल गैह्र श्रीसम्पत्तिको विपक्षीहरुबाट तायदाती लिई त्यसबाट २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको रामकुमार जीवन मिश्र श्रेष्ठको फिरादपत्र । ३. वादीलाई अंश दिन बाँकी छैन । २०१३ साल चैत्र महीनामा मानु छुट्टी घरसारमै पैत्रिक सम्पत्ति चल अचल जग्गा जमीन अंश भाग लगाई सकेको छौं । हामी प्रतिवादी मध्येको विष्णुकुमारी र बिनोदकुमारको नाममा