निर्णय नं. ३८७४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८७४ - जबरजस्ती करणी भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/१९ २४३९ निर्णय नं. ३८७४ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको फौ.पु.ई.नं. २६, २७ फैसला भएको मिति : २०४६।६।१९।५ मा पुनरावेदक/प्रतिवादी : जि. दाङ, तुल्सीपुर गा.पं. वा.नं. ५ बस्ने चित्रराज सिं राठोर विरुद्ध विपक्षी/वादी : सेतीकुमारीको जाहेरीले श्री ५ को सरकार मुद्दा : जबरजस्ती करणी § घटनामा पीडित व्यक्ति जाहेरवालीले प्रतिवादीहरुले जबरजस्ती करणी गरेको हो भनी घटनाक्रम समेत उल्लेख गरी किटानी साथ अदालतमा समेत उपस्थित भई बकपत्र गरी दिएको सो वारदात देख्ने र जाहेरवाली समेतको बकाईबाट प्रतिवादीहरु वारदात स्थलमा रहे भएको भन्ने देखिने । (प्रकरण नं. १७) § अस्पताल जाँच, सरजमीनमा देख्ने व्यक्ति तथा जाहेरवालीको किटानी बकपत्र समेतबाट प्रतिवादीहरुले जाहेरवालीलाई जबरजस्ती करणी गरेको भन्ने अभियोगको पुष्टि भएको देखिने स्थितिमा प्रतिवादीहरु निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री बाबुराम गिरी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजालसमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति २०४०।८।१६ गते राती अं. ८.३० बजेको समयमा म र मिना श्रेष्ठ तुल्सीपुरमा लागिरहेको मेला हेरी घरतर्फ फर्कन लाग्दा गेटदेखि बाहिर निस्किनासाथ अन्यायवाला राजुसिं ठकुरीले मलाई पाखुरामा समाई हामीसंग हिंड भनी वलुवा गाउँको कुलातर्फ लैजान लाग्दा प्र. मध्येको विजय गुप्ताले मेरो साथमा रहेकी मिना श्रेष्ठलाई पिटी भगाई दिएपछि मलाई पहिले राजुसिं र पछि विजयले पालो पालो गरी जबरजस्ती करणी गरेकाले कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने समेत सेतीकुमारी मगरनीको मिति २०४०।८।१८ को जाहेरी दर्खास्त । ३. म र सेतीकुमारी मिति २०४०।८।१६ गते रमाइलो मेलाबाट रातको ८.३० बजे फर्किन लाग्दा प्रतिवादीहरु राजुसिंह र वियज गुप्ताले मलाई पिटी धपाई सेतीकुमारीलाई बरुवा गाउँको कुलोको ढीकमा लगेका हुन भन्ने समेत व्यहोराको मिना श्रेष्ठले प्रहरीमा गरेको कागज । ४. जाहेरवाली सेतीकुमारी मगरनी र मिना श्रेष्ठ दाङ तुलसीपुरमा लागेको रमाइलो मेला हेरी घर तर्फ फर्किन लाग्दा सेतीकुमारीलाई बरुवा गाउँको कुलोको ढीकमा लगी निजको इच्छा विपरीत प्र.राजुसिंह ठकुरी र विजयकुमार गुप्ताले समेत जबरजस्ती करणी गरेको सिद्ध हुन आएकोले प्र.हरुलाई जबरजस्ती करणी महलको ३ नं. अनुसार कारवाही र सोही ऐेनको १० नं. अनुसार प्रतिवादी दुबै जनाबाट जाहेरवालीलाई आधा अंश दिलाई पाउन र पक्राउ फेला नपरेका प्रतिवादीहरुका नाउँमा यसै अदालतबाट अ.बं. ९४ नं. बमोजिम समाव्हान जारी गरी कारवाही गरी पाउँ भन्ने समेत मिति २०४०।९।१९ गतेको प्रहरी प्रतिवेदन । ५. समाव्हान म्यादमा उपस्थित भई प्र.मध्येका विजयकुमार गुप्ताले २०४० सालको भाइटिका पछि भारतको लखनौमा नोकरी गर्न भनी गई ऐ. माघ महीनामा मात्र घर फर्की आएको हुँ । मिति २०४०।८।१६ गते जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन । जाहेरवालीको बाबुसंग डेढ वर्ष पहिले निजले लगेको सापटी पैसा