निर्णय नं. ३८७५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८७५ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/०५ १९३५ निर्णय नं. ३८७५ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको दे.पु.ई.नं. ४५ आदेश भएको मिति : २०४६।६।५।५ मा निवेदक : धरान न.पं. वा.नं. १३ बस्ने डिल्लीप्रसाद लिम्बु विरुद्ध विपक्षी : मोरङ शनिश्चरे गा.पं. वा.नं. ३ बस्ने नन्दकुमार निरौलासमेत विषय : उत्प्रेषण § आफूले राजीनामा गरी जग्गाधनीको हक छाडी सकेपछि उसको सो जग्गामा जग्गाधनीको हक रहने स्थिति रहँदैन स्वयं आफू हाल जग्गाधनी नभएको व्यक्तिले अर्काको जग्गाधनीको हकमा असर पर्ने गरी मोही हुन् भनी भन्न सक्ने स्थिति नरहने । (प्रकरण नं. १०) § भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ अनुसारको कबूलियत स्थानीय पञ्चायतमा दाखिल भएको छ वा छैन र भए के कुन मितिमा दाखिल भएको छ सो सम्बन्धमा स्थानीय पञ्चायतलाई बुझ्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमप्रसाद अधिकारी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश न्या. बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको मिति २०४२।११।१६ गतेको निर्णय दोहोराई पाउँ भनी रिट निवेदक डिल्लीप्रसाद लिम्बुको हकमा प्रभुराम चौधरीले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाई पठाएको बिन्तिपत्रमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट लेखी आए बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी कुलदीप सिंका नाममा दर्ता रहेको जि. मो. वैयरवना गा.पं. वडा नं. ९ (आ) कि.नं. ४ को बिगहा २–७–० जग्गा रु. २३,०००।– मा मिति २०४०।३।२ मा राजीनामा लिएको सो अवस्थामा जग्गामा मोही थिएनन् । मैले जोत आवाद गर्न थालेको अवस्था विपक्षी मध्येका नन्दकुमार निवेदक भई सो जग्गाको मोहियानी हक कायम गरी पाउँ भनी विपक्षी मध्येका कुलदीप सिंहलाई जग्गाधनी बनाई निवेदन दिई मिति २०४०।५।२७ गतेमा सनाखत गरी कारवाही चलाएकोमा विपक्षी कुलदीपले पनि सो निवेदनलाई स्वीकारी प्रतिउत्तर दिए पश्चात विपक्षी भूमिसुधार कार्यालय, सुनसरीबाट प्रतिवादीले स्वीकार गरी प्रतिउत्तर दिएको समेत कारणले मोही कायम रहने भन्ने मिति २०४०।९।१२ मा निर्णय भएको कुरा मलाई थाहै नदिएको र जग्गा आफूले अद्यापि भोगिरहेको पछि गाउँ घरमा हल्ला सुनी मिति २०४०।८।५ मा नक्कल सारी थाहा पाएको हुँ । ३. मैले जग्गा खरीद लिएको मिति पछि विपक्षी नन्दकुमारले निवेदन दिंदा मलाई समेत विपक्षी बनाउनु पर्ने र विपक्षी कुलदीपले प्रतिउत्तर दिंदा जग्गामा निवेदकलाई बिक्री गरी सकेको कुरा उल्लेख गर्नु पर्नेमा सो विपक्षीहरुबाट लोप गराइयो । सो जग्गाको दर्ता बुझी मलाई अ.बं. १३९ नं. बमोजिम झिकाई बुझ्नु पर्ने सो समेत भएन । जग्गामा मोही हक कायम गरिंदा मलाई जानकारी नरहेबाट भूमिसुधार कार्यालयको निर्णय प्राकृतिक न्याय सिद्धान्तको विपरीत र न्यायिक मनको अभाव हुन गएको छ । भर्पाई कबूलियत अ.बं. ७८ नं. अनुसार सुनुवार्ई भई नामाकरण गर्न नपाउँदा कार्यविधि कानुन कुण्ठित हुन जान्छ । बीच बीचै खडा गरेको कबूलियत भर्पाईले मान्यता पाउने होइन । सो निर्णयबाट मौलिक हकमा आघात पर्ने भएकोले त्यस्तो गैरकानुनी नि