निर्णय नं. ३८७६ - ७ नं. फाँटवारी छानवीन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८७६ - ७ नं. फाँटवारी छानवीन भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/२७ २४९४ निर्णय नं. ३८७६ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६५ फैसला भएको मिति : २०४६।५।२७।३ मा निवेदक/वादी : जिल्ला कार्यालय भूमिसुधार शाखा वर्दिया विरुद्ध विपक्षी/प्रतिवादी : जि. बर्दीया महमदपुर गा.पं. वा.नं. ७ बस्ने मन्जूर हसनशेखसमेत मुद्दा : ७ नं. फाँटवारी छानवीन § विदेशीले कसैको अंशियार वा अन्य कुनै हैशियतको आधारमा नेपाल सरहद भित्र रहेको सम्पत्तिमा दावी गर्दछ भने त्यस्तो दावी प्रमाणित पनि उसैले गर्नु पर्ने । (प्रकरण नं. १५) § अंश जस्तो कुरामा विवाद उठी सकेपछि ठोस सबूद प्रमाणको अभावमा अंशियार कायम गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या. बब्बरप्रसाद सिंह : सर्वोच्च अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. बर्दिया तप्पे रजहट मौजे सत्यनगर बस्ने मुन्सी फैजु हसनको छोरा एकराय शेषले भू.सं. ऐन, २०२१ बमोजिम पेश गरेको ज.वि. २१५–२–६ को फाँटवारी छानविन गर्दा विपक्षी एकराम शेषको छोरा अंजु मियाँ शेषले बाबु स्वर्गे भएको भनी मुद्दामा सकार गरी मेरो परिवारमा भू.सं. ऐन लागू हुँदा जम्मा ज.वि. २१५–२–६ थियो । त्यसपछि नापीमा घटी भई जम्मा ज.वि. १८७–१–५ कायम भएको छ । मेरो छ परिवार छौं । लेखिएका परिवार भारतीय नागरिक हुन भन्ने अंजु मियाँ शेषले २०३४।१।२७ मा भू.सु.का. बर्दियामा गरेको बयान । ३. बाबु एकराम शेषले पेश गरेको ७ नं. फांटवारीमा महजहर मियाँ, बदर मियाँ, मन्जूर हसन शेष समेत ५ जना परिवार देखाई फाँटवारी पेश गरेकोमा २०३५।१।२७ मा मैले गरेको बयानमा छोरा सहाबुद्धिन समेत छ परिवार छौ भन्ने अंजु मियाँ शेषले दिएको स्पष्टीकरण । ४. हामी सबै अंशियार हौं, एकरामको मृत्यु २०२३ सालमा भएको हो, अंशबण्डा भएको छैन । हामीहरु भारत वहराइचमा बस्छौं । नेपालको नागरिकता छैन । नेपालको नियम कानुन बमोजिम आफूले पाउने संपत्ति बेची लैजाने व्यवस्था गरी पाउँ भन्ने मन्जूर हसन, बदर मियाँ, सहाबुद्धिन, बन्ने मियाँ भन्ने नरुल हसन, महजर हसन, अंजु मियाँ शेषले गरेको बयान । ५. अंशियार नाता प्रमाणित नेपाल कानुन बमोजिम गर्न नसकेको र स्पष्टीकरण माग गर्दा सन्तोषजनक जवाफ नदिएको माग गर्दा सन्तोषजनक जवाफ नदिएकोले हदबन्दी भन्दा बढी जग्गा बचाउन भारतीय अनागरिक नाता गोताको व्यक्ति परिवारभित्र पारी झुठ्ठा फाँटवारी पेश गरेकोले भू.सं. ऐनको दफा १८(१) बमोजिम अंशियारा नभएका ४ जनाको नाममा राखेको ज.वि. ११२ जफत हुने, अंजु मियाँ र निजको छोरा सहाबुद्धिनले राख्न पाउने ५६ बिगहा कटाई बाँकी १९–१–५ प्राप्त गर्ने भन्ने भू.सु. शाखा बर्दियाको ०३८।९।२१ को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेतको मन्जूर हसन शेष समेतले भे.अं.अ.मा पुनरावेदन गरेको । ७. शुरुले गलत मूल्यांकन गरेको फैसला न्यायसंगत भएन भन्ने समेतको अंजु मियाँ शेषको भेरी अञ्चल अदालतमा पुनरावेदन परेको । ८. ७ नं. फाँटवारी दिंदा सहाबुद्धिनको नाम उल्लेख भएको र निजले ०३६।१०।२७ मा बयान गर्दा २२ वर्ष उमेर लेखिएकोले भू.स