निर्णय नं. ३८७७ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८७७ - लेनदेन भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/०५ २४१२ निर्णय नं. ३८७७ ने.का.प. २०४६ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको दे.पू.इ.नं. ९० फैसला भएको मिति : २०४६।६।५।५ मा संयुक्त इजलासबाट फैसला मिति : २०४४।९।१० पुनरावेदक/प्रतिवादी : जि. सुनसरी पकली गा.पं. वा.नं. ५ बस्ने झौलाई चौधरी थारु विरुद्ध विपक्षी/वादी : जि. सुनसरी ध.न.पं.वडा नं. ५ बस्ने सूर्यमान श्रेष्ठ मरी मु.स. गर्ने च्यान्टीकुमारी श्रेष्ठ समेत मुद्दा : लेनदेन § व्यापारिक नाफा नोक्सान विषयलाई लिएर भएको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको ४० नं. अनुसार २ वर्ष भित्र नालेश गर्नु पर्ने । (प्रकरण नं. १३) § हदम्याद नघाई पर्न आएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधार फैसला न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालत उपर पुनरावेदनको अनुमतिद्वारा पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश भएकोमा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :– २. विपक्षीले म बाट रु. ७,३९५।– लिई सो रुपैयाँ बापत तोरी प्रतिमन १४५।– को भाउले कट्टा गर्ने गरी तोरी ५१ मन २०३५ साल फागुन मसान्तसम्म बुझाउने गरी मिति २०३५।१०।५ मा तमसुक गरी दिएको भाषामा तोरी नदिनु भएकोले र पचाउने नियत गर्नु भएको हुँदा २०३५।१०।५ गते देखि आजसम्म २।६।१० को साँवा रु. ७,३९५।– र व्याज रु. १,८८९।८२ समेत जम्मा रु. ९,२८४।८२ कोर्टफी र भरी भराउ मितिसम्म व्याज समेत दिलाई पाउँ भन्ने समेत फिराद दावी । ३. वादी दावा अनुसारको रुपैयाँ तिर्न बुझाउनु पर्ने होइन । दावीको लिखत सुनाएको बखत नामाकरण गर्नेछु । २०३५ सालको तोरी सिजनमा रु. १४५।– का दरले तोरी दिएको सो बापत रु. ७,३९५।– दिन्छु भनी तोरी बिक्री गरेकोले बैना बापतमा रुपैयाँ लिनु दिनु भएको थियो तापनि मैले वादीलाई प्रमाणका मानिसका सामुन्ने भाषा भित्रै तोरी बुझाइसकेको छु । वादी दावा झुठ्ठा हो भन्ने व्यहोराको प्रतिउत्तरपत्र । ४. वादी दावी बमोजिमको साँवा ७,३९५।– मात्र प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको मिति २०३८।१२।२९ गतेको फैसला । ५. शुरुको फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी पाउँ भन्ने प्रतिवादीको कोशी अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र । ६. वादी दावी बमोजिमको साँवा रकमसम्म तिर्ने बुझाउने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालतको मिति २०४०।२।३ गतेको फैसला। ७. शुरु जि. अ.को फैसला सदर गरेको को.अं.अदालतको इन्साफमा चित्त बुझेन उक्त फैसलाहरु बदर गरी पाउन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदनपत्र । ८. उक्त निवेदनपत्रमा पुनरावेदनको अनुमति पाएकोमा साहु असामीको बीचमा भएको लिखतको दावा गर्ने हदम्याद लेनदेन व्यवहारको २ नं. को ऐन अन्तर्गत नपरी ४० नं. को हदम्याद लागू हुन्छ भन्न सो ४० नं. को ऐनले समेत नमिल्ने हुँदा वादीले प्रतिवादीबाट रु. ७,३९५।– भरी पाउने ठहराएको कोशी अञ्चल अदालतको फैसला सदर हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अद