निर्णय नं. १०४२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४२ - अंश भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०३/२० १९१६ निर्णय नं. १०४२ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको स.अ.डि.दे.नं. ५४ फैसला भएको मिति : २०३४।३।२०।२मा निवेदक : काठमाडौं जिल्ला नघल ववादो बस्ने शिवलाल कायस्त विरुद्ध विपक्षी : ऐ ऐ बस्ने शम्भुलाल कायस्त समेत मुद्दा : अंश (१) घर जग्गाको नापसमेत खुलाई प्रत्येक भागको रु.४०००। (चार हजार) उल्लेख गरी गोल हाली बण्डापत्र खडा गरेकोमा अंश भाग घटी बढी भयो भनी उजूर गर्ने कुरा अंशबण्डाको ३२ नं.को दायराभित्र पर्न नआउने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दा : फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सौतेनी आमा चम्पाको र विपक्षी म समेतको घर जग्गाको गोला नराखी ०२८।२।१२ मा बण्डापत्र पास भएकै कुन–कुन जग्गा कस–कसलाई पर्यो भनी दाजुसँग बण्डापत्र हेर्न माग्दा हामीलाई आएको १ प्रति वकिल कहाँ छ भनी जवाफ दिएकोले नक्कल सारी हेर्दा खेतको हकमा परिणत गर्न काम बाँकी भनी बण्डा गरी नदिएको र घर जग्गाको हकमा दाजुको भागमा घर जग्गा लम्बाई फुट २२३।४ चौडाई फूट १२३।९ र मेरो भागमा घर जग्गाको लम्बाई फूट १३०।९ चौडाई फुट ७४।३ र दाजुको भागमा नयाँ २ तले मेरो भागमा पुरानो १ तलेमात्र भएकोले अंशबण्डाको ३२ नं.बमोजिम घटी बढी भएको अंशबण्डा बदर गरी कान्छी आमाबाट तायदाती लिई ३ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने समेत फिरादपत्र । २. आफ्नोआफ्नो भागमा परेको बण्डा गरेबमोजिम पास गरेको हो घटीबढी पारी बण्डापत्र पास गरेको होइन घटीबढी भएको भए कान्छी आमाको पनि उजूर हुनुपर्ने मेरो भागमा परेको १ तले झिँगटी छानाभएका १ तले टहरामा मैले ९।१०हजार खर्च गरी पसल र ड्राइंगरुम बनाएको रीसबाट नालेसगरेको हो भन्नेसमेत व्यहोराको शम्भुलालको प्रतिउत्तर । ३. बण्डापत्र शम्भुलाल र शिवलाल मिली गरेको हो घर जग्गा बढी छ गोलाहाली गरेको पनि होइन मेरो अंश रामलालबाट २ छोरी जाय जन्म भएकोमा कान्छी वाक्के नफूटेको विवाह हुन नसकेको हुँदा त्यस्तोले छोरीले पाएको अंशको आधा पाउने हुँदा निज २ जनाको १।१ भाग समेत ४ भाग गरी बण्डा हुन पर्ने जग्गा परिणत गर्न बाँकी छ भनी बण्डै नगरिएको हुँदा पास भएको बण्डापत्रमा मेरो मञ्जूर छैन भन्ने समेत चम्पाको प्रतिउत्तर । ४. बण्डापत्रको घर जग्गाको मोल विगो बराबर कायम गरी गोला हालिदिएको बण्डापत्रबाट देखिएकोले र आफूले पाएको घरमा झ्याल ढोका हाली मर्मत गरको कुरा प्रतिवादीबाट देखिएको घर जग्गाको स्थिति सबै बराबर हुनाले घटी बढी अंश पर्यो भन्ने वादीको जिकिर पुग्न सक्दैन भन्ने का.जि.अ.को फैसला । ५. का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन । ६. वादी र विपक्षसमेत रजिष्ट्रेशन पारित गर्ने कार्यालयमा उपस्थिति भई गोलाबण्डा गरी खुशीबाट सहिछाप गरी पासभएको बण्डापत्रमा वण्डा चित्त बुझेन भनी दावी लिएको दावी नपुग्ने ठहराएको शुरुको इन्साफ मनासिव छ भन्ने वाग्मती अञ्चल अदालतको फैसला । ७. वाग्मती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदन दिने अनुमति पाउँ भनी शिवलाल कायस्तको निवेदन परेकोमा बण्डापत्रबाट घरको हिस्सा भाग घटी बढी भएको हुँदा पुनरावेदन दिने अनुमति दिएको छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३१।७।२२।५ मा आदेश भएको र तीनै भागको मोल प