निर्णय नं. ३८७८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८७८ - ज्यान भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०३/१८ २३०६ निर्णय नं. ३८७८ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४६ सालको फौ.सा.नं. १११ फैसला भएको मिति : २०४६।३।१८।१ मा वादी : जयलाल देवकोटाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : अछाम छविसदरा ठूला गा.पं. वा.नं. ६ भूजाकारीया गाउँ बस्ने धनराज देवकोटा मुद्दा : ज्यान § आरोपित कसूर नगरेको भए अदालतबाट जारी भएको म्यादी पुर्जीमा सफाईको सबूद प्रमाण पेश गरी प्रतिवाद गर्न सक्नु पर्ने । (प्रकरण नं. २३) फैसला प्र.न्या. धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ अनुसार साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति २०३७।८।४ गतेको बिहान मेरी श्रीमती नन्दा सापकोटालाई मेरो सहोदर भाइ धनराज देवकोटाले कर्तव्य गरी मारेको रहेछ । मेरो बुबा प्रसादे देवकोटाले मृतक नन्दाको लाश घरमा लिई सबै गाउँका मानिसहरुलाई भिडबाट लोटी मरेकी हो भन्ने वहाना गरी लाश मसानघाटमा लिई दाहसंस्कार गरेछन् । कर्तव्य गरी मारेको हो नभन्नु भनी आदेश दिने बाबु प्रसादे देवकोटा १ उपप्रधान पञ्च दघिराम देवकोटा १ गा.पं.स. खन्दु देवकोटा समेतले धनराजलाई बचाउने नियतले लाश दवाई क्रिया गर्न लागे पछि ठुला गाउँ गा.पं. का प्रधानपञ्च भद्रबहादुर शाहले मेरा बुबा प्रसादे देवकोटालाई पक्राउ गरी धनराजले काटी मारेको लाशलाई धनराज भगाउने काम किन गरेउ भन्नु हुँदा प्रधानपञ्च समेतलाई जो मिलाउनु पर्ने मिलाई दवाएको कुरा मैले भारतमा थाहा पाई माघ ११ गतेको बेलुका घरमा आई सबै कुरा बुझी कर्तव्य गरी मार्ने धनराजलाई र दवाउने समेतलाई आवश्यक कार्यवाही गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०३७।१०।२९ गतेको जयलाल देवकोटाको जाहेरी दर्खास्त । ३. रगत सुकेको थोपा बाटाको ढुंगाको किनारामा रहेको ढुंगा सो पश्चिम, नन्दराम देवकोटाको पाखो जग्गा पश्चिम ढुंगा, पूर्व खोलसा नामउलो, दक्षिण ध्वजे देवकोटाको पाखो जग्गा उत्तर यति ४ किल्ला भित्रको भेटिएको घटनास्थल खोल्सा नाउला । ४. उक्त ढुंगादेखि १५ हात दुरीमा अर्को रगतको थोपा परी सुकेको र नं. २ देखि १८ हात दुरी बाटो मुनी ढुंगाको पत्थरमा भित्र नन्दाको रातो रंगको पहेंलो बुट्टा भएको गुनियो दोहरा ठाउँमा विभिन्न ठाउँमा काटिएको पाइएको र बाटोदेखि तलतिर ४९ हात फरकमा ढुंगामा ७ अंगुल रगतको दाग देखि १२ हात फरकमा ४ अंगुलको रगतको कालो दाग सो दाग देखि २३ हात दुरीमा ढुंगामा रगत लागी सुकेर विस्याउ झार छोपी राखेको रगत लागेको ढुंगा देखिने लछार पछार गर्दै लगेको जस्तो देखिने र ११ हात दुरीको ढुंगामा ८ अंगुल रगत दाग र खोल्साको बिचो बीच पानी बगेको रगत लागेको ढुंगाले छोपी अं.१२ तोला भर सुनको बाली थान १ र अं. १ तोला भरको लुडकी (मुन्द्रा) सुनका गहना थान १ सोही ढुंगाको कोपचा भित्र दबाएको हरियो रंगको घाँटीमा लगाउने मध्येम साइजको ७ दाना र सोही ढुंगाको कोपचामा रगत समेत लागेको रौंको गुटुल्लो (पोका) र रौं पाएको ५ हात दुरीमा सोही ढुंगाको कोपचामा अं. १२ आधा तोला भरको सुनको बाली थान १ र उक्त रौं पाएको ठाउँबाट ९१२ हात दुरीमा ढुंगाको कोपचा भित्र बाहिरबाट सुकेको स्याउलाले छोपी स्याउला पन्छाई हेर्दा १ तोला भरको सुनको लुडकी थान १ र सुनको नाकमा लगाउने १२ आधा तोला भरको मुन्द्री थान १ केही छरिएको केही उनिएको घाँटीम