निर्णय नं. ४६९९ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६९९ - लागू औषध भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४९/१२/२७ ३६२८ निर्णय नं. – ४६९९ ने.का.प. २०५० (क) अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४७ सालको फौ पु.नं. ३०६, २७६ फैसला मिति : २०४९।१२।२७।६ पुनरावेदक/वादी : श्री ५ को सरकार । विरुद्ध पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. ३ महाराजगन्ज बस्ने कृष्ण राई । मुद्दा :– लागू औषध । (१) प्रतिवादी म घरमा नै बसी र मेरा बाबु काठमाडौंको ठाउंमा गई हेरोइन बिक्री गर्ने गरेको भनी प्रहरी समक्ष साविती देखिन्छन । तर बरामद भएको हेरोइनसंग बिक्री बितरण गर्ने ढक तराजु लगायतका अन्य सामानहरू समेत पनि बरामद भएको भन्ने देखिएन । बिक्री बितरण गर्न लाग्दा तत्काल प्रतिबादी पक्राउ परेको पनि पाइएन र यो यस व्यक्तिलाई यति मात्रामा बिक्री गरेको भनी आरोप पत्रमा व्यक्तिहरू पनि उल्लेख गर्न सकेको पनि देखिदैंन । तसर्थ बरामद भएको लागू औषध हेरोइनको मात्रा ५० ग्राम मात्र देखिएकोले प्रतिवादीले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को खण्ड (घ) अन्तर्गतको अपराध संचयसम्म गरेको देखिने । (प्र.नं. १९) (२) प्रतिबादीले घरमा ५० ग्राम लागू औषध राखी संचयसम्म गरेको तर बिक्री गर्ने ढक, तराजु अन्य सामान वा यो यस व्यक्तिबाट यति बिक्री गरेको भन्ने नदेखिएको स्थितिमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १५ बमोजिम घर समेत जफत गरी पाउं भन्ने आरोपपत्र बमोजिम दाबी पुग्न नसक्ने भनी क्षेत्रीय अदालतबाट घर जफत नहुने ठहराएको इन्साफ समेत सदर हुने । (प्र.नं. १९) पुनरावेदक, वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री देवशरण प्रसाद प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त : विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की : विद्वान अधिवक्ता सुभाष नेम्वाङ : विद्वान अधिवक्ता श्री अग्नी खरेल फैसला न्या. लक्ष्मण प्रसाद अर्याल १. प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. कृष्ण राईको घर तलासी लिंदा लागू औषध हेरोइन सेतो ५० ग्राम र सानो पुरीया बरामत भएको ठीक हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ३. नाम थाहा नभएको इन्डियन नागरिकले २ किलो लागू औषध मेरो घरमा ल्याई दिएको र सोही मध्येबाट विक्री गरी बाँकी रहेको ५० ग्राम मेरो घर तलासी लिंदा बरामद भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण राईले जि.प्र.का. मा गरेको बयान । ४. कृष्ण राईले लागू औषध बिक्री वितरण गरेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का । ५. २०४२।१२।१२ गते कृष्ण राईको घर तलासी लिंदा लागू औषध हेरोइन बरामद भएको र सर्जमिनका कतिपय मानिसहरूले कृष्ण राईले लागू औषध बिक्री बितरण गरी धन सम्पत्ति कमाई सकेको र बरामदको ५० ग्राम लागू औषध बिक्री कै लागि राखेको हुने भनी सर्जमिनमा लेखाई दिएको आधार प्रमाणबाट प्र. कृष्ण राईले निजका घरबाट बरामद भएको लागू औषध ५० ग्राम विक्री वितरण कै लागि घरसारमा राखेको प्रष्ट देखिन आयो । निज कृष्ण राईले लागु औषधको बिक्री वितरणको अभियोगमा पक्राउ परी का.जि. झोछेँ टोलको ठेगानाबाट २०३६।१।१ मा पहिलो पटक र का.जि.महाराजगन्जको ठेगानाबाट २०३९।६।१७ मा समेत दोश्रो पटक समेत सम्मानित अदालतमा मुद्दा दायर गरी सकेको यस कार्यालयको अभिलेखबाट देखिंदा प्रस्तुत मुद्दामा प्र. कृष्ण राईले तेश्रो पटक पारी लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (घ) (ङ) र १६ को समेत कसूर गरेको प्रष्ट देखिन आएको तसर्थ निज उपर