निर्णय नं. ३८७९ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८७९ - परमादेश भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/११ २१३१ निर्णय नं. ३८७९ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ११३२ आदेश भएको मिति : २०४६।५।११।१ मा निवेदक : का.जि. गोंगबु गा.पं. वा.नं. ६ बस्ने इन्दिराप्रसाद उपाध्याय विरुद्ध विपक्षी : विशेष प्रहरी विभाग सिंहदरवार काठमाडौंसमेत विषय : परमादेश § विशेष अदालतबाट फुकुवा गर्ने आदेश प्राप्त भएपछि सोही विषयमा विशेष प्रहरी विभागको फुकुवा पत्रको आवश्यकता नपर्ने । (प्रकरण नं. ८) विपक्षीहरु तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. का.जि. गोंगबु गा.पं. वडा नं. ७ बस्ने अभिमन्यु अधिकारीलाई २०४०।१।२८ मा वि.प्र.वि. द्वारा पक्राउ गरी २०४०।९।८ मा आफूलाई फाइदा र संस्थालाई गैरकानुनी हानी पुर्‍याएको भनी निज माथि बयानब्बे हजार आठ सय बत्तिस रुपैयाँ र पैसा अन्ठानब्बे धरौटी माग गरिएकोमा म निवेदक इन्दिराप्रसाद समेतले कानुन बमोजिम निज अभिमन्यु अधिकारीलाई जेथाजमानी दिन मन्जूर भई वि.प्र.वि. ले कानुन बमोजिम हाम्रो जेथाजमानीमा लिई अभियुक्तलाई तारेखमा छोडेको थियो । बागमती विशेष अदालतको २०४३।३।२८ को आदेशानुसार निज अभियुक्त अभिमन्यु अधिकारीले जेथा परिवर्तन गरिपाउँ भनी दिएको निवेदनका आधारमा निजको एकलौटी हक भोग दर्तामा रहेको का.जि. गोंगबु गा.पं. वडा नं. ७ कि. नं. ३८६ को ०–५–२ र ऐ.ऐ. वडा नं. ८ कि.नं. ३३८ को ०–९–० जग्गा मूल्याङ्कन भई जेथाजमानत परिवर्तन भइसकेको थियो । यसरी अघि रहेको जेथा परिवर्तन गराई आफ्नो जेथा कानुन बमोजिम धरौटी दिइसकेपछि बागमती विशेष अदालतबाट मेरो रोक्का रहेको जग्गा फुकुवा गरिदिनु भनी २०४३।४।३ मा लेखी पठाएकोमा अझै पनि मेरो उक्त जेथा फुकुवा गरिदिएको छैन । रोक्का गर्ने अदालतबाटै फुकुवाको लागि पत्राचार भइसकेपछि रोक्का राख्ने कारवाही भइरहेबाट नेपालको संविधानको धारा १०, ११ र १५ द्वारा प्रत्याभूत हक अधिकारमा आघात पुगेकोले उक्त मेरा नाउँमा रहेको जेथा फुकुवा गरिदिनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन । ३. यस्मा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ४. बागमती विशेष अदालतको मिति २०४३।११।२१।५ को पत्रबाट अभिमन्यु अधिकारीको का.जि. गोंगबु गा.पं. वडा नं. ७ कि.नं. ३८६ को ०–५–२ र ऐ. वडा नं. ८ कि.नं. ३३८ को ०–९–० जग्गा रोक्का रहेको भए यस अदालतको मिति २०४३।४।३।६ को पत्रबाट रोक्का रहेको जग्गा फुकुवा गरिदिनु भन्ने प्राप्त पत्र अनुसार जुन बागमती विशेष अदालतको २०४३।४।३।६ को पत्रबाट रोक्का राखिदिनु लेखी आएको जग्गा इन्दिराप्रसाद उपाध्याय नाउँको का.न.पं. वडा नं. १ कि.नं. १७१९ को ०–४–० समेतको जग्गा विशेष प्रहरी विभागको मिति २०४०।९।१७ को पत्रबाट रोक्का रहेको रेकर्डबाट देखी दोहोरो रोक्का गर्न नमिल्ने व्यहोरा जानकारी गराइएको थियो । बागमती विशेष अदालतको २०४३।४।१७।६ को बोधार्थ पत्र अनुसार उल्लेखित जग्गा वि.प्र.वि. बाट फुकुवा भई आएमा यस अदालतबाट रोक्का राखिदिनु भन्ने लेखिए अनुसार उपरोक्त कार्य