निर्णय नं. १०४३ - रेडियो लाइसेन्स किर्ते गर्यो. भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४३ - रेडियो लाइसेन्स किर्ते गर्यो. भन्ने भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०३/२३ २२२० निर्णय नं. १०४३ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१ सालको स.अ.डि.फौ.पु.नं.८७ फैसला भएको मिति : २०३४।३।२३।५ मा निवेदक : बाँके जिल्ला नेपालगञ्ज बस्ने राजकुमार क्षेत्री विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : रेडियो लाइसेन्स किर्ते गर्यो भन्ने (१) रेडियो लाइसेन्स व्यक्ति विशेषसँग रहने कागज देखिएकोले सरकारी अधिकारीबाट प्राप्त भएको भए पनि त्यसलाई सरकारी कागज भन्न नमिल्ने । (प्रकरण नं. २२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रामानन्दप्रसाद सिंह उल्लेखित मुद्दा : फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको २०३१।३।१४।६ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने राजकुमार क्षेत्रीको यस अदालतमा निवेदन परी न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार २०३१।७।१५।५ मा पुनरावेदन गर्न अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मेरा नाउँमा लाइसेन्स भएको एस.पी.डोला रसियन ट्रान्जिष्टर खलिल खाँले बेचेको थाहा भएकोले ऐनबमोजिम सजाय गरी गराई रेडियोपाउँ भन्ने नेपालगञ्ज गगनगञ्जबस्ने भीष्म मर्दन शाहको निवेदन र कारवाही गर्न पठाई दिएको छ भने बाँके वर्दियाँ गोश्वराको पत्र । ३. ०२१ साल आश्विनमहिनामा भिष्ममर्दन शाहले बिक्री गरिदिनु भनी एस.पी.डोलारेडियो लाइसेन्ससमेत दिएको हुँदा रेशमबहादुर कामीले रेडियो खोज्दैरहेको थाहापाई भेटी रु.३४०। मा मोल गरी बलराम श्रेष्ठको दोकानमा बिक्री गरेकोहुँ । विकाता कागज लेख्न राजकुमार क्षेत्रीलाई लाइसन्ेससमेत दिएको थिएँ राजकुमारले लाइसेन्स किताप पल्टाई थपकेर गरेको थियो थपकेर गरिसकेपछि विकाता लेखी मैले सही गरी कागज र लाइसेन्स तथा रेडियो बलरामकै दोकानमा रेशमबहादुरलाई दिएको थिएँ, विकाता लेखी दिएवापत राजकुमारले मसँग रु.५०। लिएको हो भन्ने ने.गं. धोसीटोलबस्ने खलिल खाँ को प्रहरीमाभएको कागज । ४. २०४८ को एस.पी.डोला ट्रान्जिष्टार मर्मत गरी दिनुस् भनी खलिल खाँले भनेकोले मर्मत गरी मर्मत खर्च रु.३०। लिए सोही दिन दापहरमा खलिल बेच्ने मैले नचिनेको कामीले लिने गरी कागज मैरै दोकानमा लेखिएको हो, लाइसेन्स किताप उस बखत देखिन कसले किर्ते गर्यो जान्दिन भन्ने बलराम श्रेष्ठ र लाइसेन्स किर्ते भिष्ममर्दन खलिल र राजकुमार भई गरेको विश्वास लाग्छ भन्ने रामगोपाल बैश्य समेतको सरजमिन मुचुल्का । ५. राजकुमारले लेखेको विकातामा र लाइसेन्समा थपेको खाँ भन्ने अक्षर प्रष्ट मिलेको र अरू केरिएको वतन समेत फरक पारी बिक्री गर्ने खलिल देखिएका हुँदा किर्ते कागजको १ र ७ तथा १२ नं. बमोजिम मुद्दा चलाउने भन्ने प्रहरी प्रतिवेदन । ६. भिष्ममर्दनले बिक्री गरी दिनु भनी दिनु भएकोले रेडियो मेरो साथमा थियो सोमबहादुर श्रेष्ठले रेशमबहादुरलाई लिई म कहाँ आयो र रु.३४०। मा मोल मिलाई रेडियो लिई विग्रेको बलरामको दोकानमा गई बनाई शिवबहादुरले राजकुमारलाई बोलाई ल्याई विकाता लेख्न लगायो र विकाता लेख्दा राजकुमारले लाइसेन्समा भिष्ममर्दन भन्ने केरी खलील खाँ भन्ने थपी शाहलाई पठान बनाएको हुन । सोमबहादुर सीताराम कसैलाई थाहा छैन । सल्लाह मेरो र राजकुमारकोमात्र भएको हो । कागज बलरामकै दोकानमा बाहिर खण्डम