निर्णय नं. १०४४ - उत्प्रेषणको परमादेशसमेतको जो चहिने उपयुक्त ओदश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४४ - उत्प्रेषणको परमादेशसमेतको जो चहिने उपयुक्त ओदश जारी गरिपाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०४/०६ २०५८ निर्णय नं. १०४४ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३३ रिट नम्बर १५१३ आदेश भएको मिति : २०३४।४।६।५ मा निवेदक : का.जि. न.पं. ३२ डिल्लीबजार कालीकास्थान बस्ने दिनेशमान प्रधान विरुद्ध विपक्षी : गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समिति ल.पु.जि.पुल्चोक समेत विषय : उत्प्रेषणको परमादेशसमेतको जो चहिने उपयुक्त ओदश जारी गरिपाउँ (१) गाउँफर्क राष्ट्रिय अभियान समितिले कानूनबमोजिम आफ्नो अधिकार प्रयोग गरी निवेदकलाई अनुमोदन नदिएकोमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान व.अ.श्री कुसुम श्रेष्ठ र विद्वान व.अ.श्री दिनेशमान प्रधान विपक्षी तर्फबाट : विद्वान महान्यायाधीवक्ता श्री रमानन्दप्रसाद सिंह उल्लेखित मुद्दा : आदेश न्या.बासुदेव शर्मा : निर्वाचन आयोगबाट निर्वाचितको लागि खटी आउनु भएका अधिकृतज्यूहरूले दावी विरोधको उजूरीको मान्यता नदिई मनोमानी तरिकासँग अनुमोदन दिई निर्विरोध भनी निर्वाचित भएको का. नं.पं. ३२ वडाको अध्यक्ष तथा का.न.पं.को सदस्यको प्रमाणपत्र विपक्षी बैकुण्ठनाथलाई दिएको रद्द बदर गरी नेपालको संविधानको धारा १६, १७ बमोजिम उत्प्रेषण र परमादेश समेत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी मैले चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत समेतमा जान पाउने संवैधानिक मौलिक हक समेत प्रचलन गराई पाउँ र यो रिट निर्णय नभएसम्म यो का.न.पं. को अरू चुनाव र जिल्ला पञ्चायत राष्ट्रिय पञ्चायत लगायत कुनै पनि तहको निर्वाचन नगर्नु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत कुराको माग गर्दै मिति ०३३।११।३०।१ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका छन् : २. निवेदक का.न.पं. वडाबाट नगर सभा सदस्य पदमा २०३३।११।२५ गते निर्वाचित भएको प्रमाणपत्र पाएको व्यक्ति हुँ । ०३२।१२।२ गते गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिले सूचना प्रकाशित योग्यता ममा पुगेको सो वडा अध्यक्ष का.न.पं. सदस्यको लागि गाउँफर्क राष्ट्रिय अभियानको नियमबमोजिम उम्मेदवारको लागि अनुमोदन पाउँ भनी निवेदक र विपक्षी वैकुण्ठनाथ समेत ५ जवानले दरखास्त गरेको सो पदको निर्वाचन उम्मेदवार हुन आवश्यक योग्यता पुगेको अनुभव र शैक्षिक योग्यतामा समेत विपक्ष भन्दा म बढी भएको विपक्षी गाउँफर्कहरूले सर्व सम्मत्तिको वातावरण ल्याउन हामी उम्मेदवारहरूलाई बोलाई हाम्रै सर्वसम्मत्तिको प्रमाणित गरिएको थियो, अहिले भने पनि तरिकाबाट विपक्षी मध्ये बैकुण्ठनाथ वडा अध्यक्षमा आउँदा गाउँफर्कले अपनाएको सैद्धान्तिक व्यवस्थाको समेत प्रतिकुल हुन आयो । निवेदकले गरेको दावी विरोध उजूरी नै नलिएकोले यसै साथ छ । निर्वाचनको सिद्धान्त बमोजिम मतदानद्वारा लिइने वा लिनु पर्ने सो नगरी यो कारणबाट योग्य छ भनी कारण खुलाई कुनै लिखत दिन र भन्न नसकी सबै भन्दा कम कुशलता समेत कम भएको व्यक्तिलाई गाउँफर्कको अनुमोदन गर्दा स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, २०२५ लाई संशोधन गर्न बनेको ऐन, २०३३ को दफा ५ को (ख) को खण्ड (झ) ले अनुमोदन नगरेको तथ्ययुक्त आधार दिन बाध्य गरेको उक्त ऐनको समेत ख्याल नराखी पञ्च कार्यकर्ताको मूल्याङ्कनको योग्यता निर्धारण मनोनयन उम्मेदवारी अनुमोदन प्रत्याह्न सहवरण २०३३ भनी गा.फ.रा.के.स