निर्णय नं. ६८५९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/०९/१६ २८५८ निर्णय नं. ६८५९ ने.का.प. २०५७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५४ सालको रिट नं. ..... २९७१ आदेश मितिः २०५६।९।१६।६ विषयः उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः लोकराजको छोरा पर्वत जिल्ला, लिमिठाना गा.वि.स. वडा नं. ५ को हाल का.जि.का.म.न.पा. वडा नं.३२ पुतली सडक बस्ने वर्ष ४८ को भेषराज पाण्डे विरुद्ध विपक्षीः काठमाडौं महानगरपालिका कार्यालय काठमाडौं समेत § नगरपालिका ऐन, २०४८ को दफा ५६(१) मा उजूर गर्ने व्यवस्था भए अनुरुप निवेदकले विवाद देखाई उजुर गरेको अवस्थामा अदालतबाट हक कायम गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्ने भन्ने नगरपालिका ऐन, २०४८ को दफा ५७(३) मा प्रष्ट व्यवस्था रहेको र सोही अनुसार सर्वोच्च अदालतबाट सिद्धान्त समेत प्रतिपादित भईरहेको पाइन्छ । प्रस्तुत नक्सा पास सम्बन्धी विवादमा मुद्दा नपरेको अवस्थामा तेरो मेरो तर्फ अदालतमा जान सुनाउनु पर्ने भन्ने कानूनी प्रावधान रहेकोमा मुद्दा परी अदालतको विचाराधिन रहेको अवस्थामा नक्सा पास गर्न नहुने प्रष्ट कानूनी व्यवस्थाको विपरीत काठमाडौं महानगरपालिकाले मिति ०५४।१।१० गतेमा विवादित जग्गामा घर बनाउन नक्सा पास गरेको कानून अनुरुप भएको देखिन आएन । तसर्थ मिति २०५४।१।१० मा काठमाडौं महानगरपालिकाले नक्सापास गर्ने गरेको निर्णय उत्प्रेषणको आदेशद्बारा वदर हुने । (प्र.नं.९) निवेदक तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्बान अधिवक्ता श्री नारायण बल्लभ पन्त विपक्षी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा विद्बान अधिवक्ता श्री प्रकाश वस्ती अवल्बित नजिरः X आदेश न्या.टोपबहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः 2. साविक विर्ताको जग्गा २०१९ सालमा रैकरमा परिणत गर्दा भएको विपक्षी मंगलरामका पिता गोविन्दराम गोर्खाली श्रेष्ठले मिति २०१५।११।४ मा फार्छे पत्र पास गराई मोहियानी हक किनी साल सालको कुत बाली धरौट राख्ने वा बुझाउने गर्नुभएको समेत स्पष्ट प्रमाणहरु भएको मेरा अंशियार शैलबाबा कुमारी, देव कुमारी,चिनु कुमारी पण्डे र म समेतको संयुक्त हकको जग्गालाई निज मोही गोविन्दराम गोर्खालीको एकाघरको छोरा विपक्षी मंगलराम गोर्खालीका नाममा बेनिस्साको स्ववासी भनी नापी दर्ता गराएको कुरा मालपोत कार्यालयले सुनाई दिँदा थाहा पाई सो दूषित दर्ता वदर गराई माग्न म समेतको फिराद परी काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ, यस सम्बन्धमा उक्त मुद्दाबाट इन्साफ पाउने छौं । यसरी अदालतमा झगडा परिरहेको का.जि.का.म.न.पा. वडा नं. ३१ कि.नं. २८ को क्षेत्रफल रोपनी ०-८-२-२ समेतको जग्गामा निज मंगलराम गोर्खालीले मन्जूरनामा दिने र निजका भाई विश्वराम गोर्खालीले सो मन्जूरनामाबाट व्यापारिक घर बनाउने नक्सा पास गरी पाउन नक्सा दरखास्त गर्नुभएको रहेछ । म भेषराजले उजूरी निवेदन दिएकोमा काठमाडौं महानगरपालिकाका प्रमखुज्यूले झगडा परिरहेको जग्गामा नक्सा पास हुने ठहर फैसला २०५४।१।१० मा गरी दिनु भएको र सो फैसलाबाट म निवेदक समेतलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(२) तथा धारा १७ द्बारा प्रदत्त सं