निर्णय नं. १०४५ - उत्प्रेषणको ओदश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४५ - उत्प्रेषणको ओदश जारी गरी पाउँ भाग: १९ साल: २०३४ महिना: बैशाख अंक: १ फैसला मिति :२०३४/०४/०६ २१७१ निर्णय नं. १०४५ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३३ रिट नम्बर ३५४४ आदेश भएको मिति २०३४।४।६।५ मा निवेदक : काठमाडौं जि.काठमाडौं न.पञ्चायत वा.नं. १३ कालीमाटीबस्ने श्यामबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : अध्यक्ष श्री बद्रिविक्रम थापा गुठी संस्थान केन्द्रीय कार्यालय, रामशाह पथ समेत विषय : उत्प्रेषणको ओदश जारी गरी पाउँ (१) निजामती सेवा ऐन तथा नियममा व्यवस्था गरिएको अधिकार विपक्ष संस्थानको अध्यक्षले प्रयोग गर्नसक्ने कानूनी व्यवस्थाको अभावमा सो निजामति सेवा नियमावलीबमोजिम पुनरावेदन लाग्नसक्ने अवस्था लागू हुन्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा उल्लेखित मुद्दा : आदेश न्या. झपटसिंह रावल : विपक्षी गुठीसंस्थान केन्द्रीयकार्यालयको मिति २०३३।१०।१७।१ को सेवाबाट हटाउने निर्णयले संवैधानिक हक हनन्भएको हुँदा उक्त निर्णय बदर गरी हक संरक्षण र प्रचलन गरिपाउँ भनी नेपालको संविधानको धारा १६ तथा ७१ अनुसार प्रस्तुत रिटनिवेदन पर्न आएकोछ । २. मुद्दाको तथ्य यस प्रकार छ : पश्चिम २ नं. श्री मनकामनाको स्थानमा धर्मशाला निर्माण काममा भ्रष्टाचार गरेको भन्ने उजूर परी वि.प्र.वि.बाट भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) र दफा १३ (२) अन्तर्गत ऐ दफा २० को (३) अनुसार ठहर साथ विभागीय कारवाहीको निमित्त लेखी आएकोमा तपाईको ०३३।१०।१२।३ समेतको प्रष्टिकरण पेश हुँदा नि.से.नि. १० को दफा ६ को उपदफा ७ को अपराध गरेको देखिएकोले तपाईलाई गुठी संस्थानको मुख्य लेखापालको पदबाट नि.से.नि.१० (६) बमोजिम भ्रष्टाचार गरेमा ऐ १० (१) को ५ बमोजिम भविष्यमा सरकारी नोकरी निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइने भन्ने सजाय दिने र निर्णयमा चित्त नबुझे ३५ दिन भित्र श्री ५ को सरकारमा पुनरावेदन गर्नु भन्ने २०३३।१०।१७।१ मा गुठी संस्थान केन्द्रिय कार्यालयबाट ठहर पर्चा भएको रहेछ । ३. उपयुक्त निर्णय बदर गरी हक संरक्षण र प्रचलन गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएका मुख्य जिकिर यस प्रकार छः निवेदकबाट भ्र.नि.ऐन, २०१७ अन्तर्गत कुनै कसुर नहुँदा पनि विपक्षी विशेष प्रहरी विभागले विभागीय सजायँ दिन राय ठहर सहित प्रतिवेदन विपक्षी गुठी संस्थान समक्ष पे्रषण गरेको छ । उक्त राय ठहर अनुसार नोकरीबाट किन नहटाउने भनी गुठी संस्थानबाट स्पष्टीकरण माग गर्नु भएकोमा आफ्नो कुनै कसुर नभएकोले समेत स्पष्टिकरण पेश गरेको थिएँ । विपक्षी नम्बर १ ले उक्त स्पष्टिकरणमा कुनै जाँचबुझ नगरी मिति २०३३।१०।१०।१ को पत्रद्वारा नि.से.नि. १० को दफा ६ को उपदफा ७ को अपराध गरेको देखिएकोले मु.लेखापाल पदबाट नि.से.नि. १०.६ बमोजिम भ्रष्टाचार गरेमा नोकरीबाट हटाउने भन्ने सजाय दिन उचित देखिएकोले ऐ.१०.१० बमोजिम सजाय किन नदिने भन्ने दोश्रो स्पष्टिकरण माग गर्नु भएको थियो । मैले आफू निर्दोष रहेको कुरा पूर्व स्पष्टिकरणको हवाला दिँदै म उपर नि.से.नि.१०, ६(७) बमोजिम नोकरीबाट हटाउन वा बर्खास्त गर्ने सजायको आदेश दिन नसक्ने समेत उल्लेख गरी स्पष्टिकरण प्रस्तुत गरेकोमा पनि मिति २०३३।११।१०।२ को पत्रद्वारा नि.से.नि १०.६ बमोजिम भ्रष्टाचार गरेमा ऐ १० (१) को ५ बमोजिम भविष्यमा सरकारी नोकरीको निमित