निर्णय नं. ६८६० - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८६० - लिखत वदर भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५६/०६/१० २४३० निर्णय नं. ६८६० ने.का.प. २०५७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५३ सालको दे.पु.नं. ... २६४७ फैसला मितिः २०५६।६।१०।२ मुद्दाः लिखत वदर । पुनरावेदक/वादीः जिल्ला नुवाकोट, खानिगाउँ गा.वि.स. वडा नं. ४ बस्ने राजु लामिछाने विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.बागेश्‍वरी गा.वि.स. वडा नं. ७ बस्ने राजेन्द्रबहादुर प्याकुरेल § प्रस्तुत मुद्दा वादी राजु लामिछाने र निजको बाबु प्र.दिलबहादुर लामिछाने अंशवण्डा नभएका संगोलका अंशियार भै प्र.दिलबहादुरले संगोलको सम्पत्ति बिक्री गर्दा वादी राजु लामिछानेको मंजुरी नलिएको कारण लेनदेन व्यवहारको १० नं. बमोजिम आधा बिक्री वदर गरी पाउनु पर्ने भन्‍ने मुख्‍य दावी भएको र उक्त लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा बाहेक अरुमा संगोलका अंशियारको मंजुरी लिनु पर्ने भन्‍ने व्यवस्था गरेको र अंशवण्डाको १९(१) मा पिता पुर्खाका पालाको अचल सम्पत्तिमा आधा भन्दा बढी व्यवहार चलाउनै परेपनि २१ वर्ष नाघेका स्वास्नी छोरा समेतको मंजुरी लिनु पर्ने भन्‍ने व्यवस्था भएको पाइन्छ । फिराद पत्रमा वादीले आफ्नो उमेर १७ वर्ष देखाएका र २१ वर्ष ननाघेका छोरा अर्थात यी वादीको मंजुरी लिनु पर्ने बाध्यता एकाघरका बाबुलाई नभएको साथै उल्लेखित नजिरका मुद्दाहरुको तथ्य र प्रस्तुत मुद्दाको तथ्यमा नै भिन्‍नता देखिएको अवस्थामा उक्त प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा आकृष्ट हुन सक्ने नदेखिँदा विद्बान अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन । तसर्थ आफ्नो हकको जग्गा बिक्री गर्दा २१ वर्ष नपुगेका सगोलका छोराको मंजुरी लिइरहनु नपर्ने हुँदा शुरुको इन्साफ उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहरिएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्र.नं.११) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री पन्‍नामान तुलाधर विपक्षी प्रतिवादी तर्फबाटः X अवलम्बित नजिरः X फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः 2. विपक्षी बाबु दिलबहादुर लामिछानेको म फिरादी १ छोरा र २ छोरी बहिनीहरु जायजन्म भएको छ । आमा २०४७ सालमा विपक्षी बाबु र हामीलाई छाडी अन्यत्र पोइल जानु भएको बाबुले हेर विचार नगरेकाले हामीहरु मावली घर गई बसेका थियौ । मलाई थाहा नदिई विपक्षी बाबु बसेको नुवाकोट जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं.६ को कि.नं. ५ क्षे.फ. ०-४-०-० जग्गामा बनेको १२ हात लामो १४ हात चौडाईको ढुंगाको गाह्रो २ तले जस्ताको छानो लगाएको घर विपक्षी दिलबहादुर आसामी, विपक्षी राजेन्द्रबहादुर प्याकुरेल साहु भै मिति २०५०।५।२७।१ मा रु.१,२५,०००।– अंक राखी राजिनामा लिखत खडा गरी नुवाकोट मालपोत कार्यालयबाट रजिष्ट्रेशन गराएछन् । मेरो मंजुरी बेगर मेरो अंशको घर जग्गा समेत राजिनामा गरी लिनु दिनु गरेकाले सो राजिनामामा उल्लेखित जग्गा र घर समेत आधा राजिनामा लिखत वदर गरी पाउँ भन्‍ने समेत फिराद दावी । 3. २०३९।१२।२७ गते हरिप्रसाद थपलियाबाट हालै देखिको बकसपत्र गरी लिने विष्णुबहादुर लामिछानेले आफ्नो निजी आर्जनबाट उक्त कि.नं. १८३० को ०-४-०-० जग्गामा आफ्नो नीजि आर्जनबाट घर बना