निर्णय नं. ६८६१ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८६१ - लागू औषध भाग: ४१ साल: २०५७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५७/०१/०८ ३१५८ निर्णय नं. ६८६१ ने.का.प. २०५७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५३ सालको फौ.पु.नं. ... १२९६ फैसला मितिः २०५७।१।८।५ मुद्दाः लागू औषध । पुनरावेदक/वादीः प्र.ना.नि.संजय बस्नेतको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला, मंगलटार गा.वि.स. वडा नं.७ घर हुने कुमार लामा § प्रतिवादी कुमार लामालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(१)(ग) अनुसार सजायको दावी भएकोमा प्रतिवादी प्रहरी समक्ष बयान गर्दा कसूरमा सावित भै बयान गरे पनि अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरेको पाइन्छ । प्रतिवादीबाट बरामद भएको दशी स्वरुप प्राप्त भएको २ ग्राम लागू औषध बरामद भएको भनिएको बरामदी मुचुल्काको रोहवरमा बस्ने कुनै पनि प्रहरी कर्मचारी अदालत समक्ष उपस्थित भै बरामद मुचुल्कालाई पुष्टि हुने गरी बकपत्र गरेको देखिंदैन । सो मुचुल्कामा बस्ने राजेश श्रेष्ठ र सदनकुमार झाले अदालतमा उपस्थित भै बकपत्र गर्दा बरामद भएको भनेको लागू औषध प्रतिवादी कुमार लामाबाट बरामद भएको देखेको होइन, प्रहरीले साक्षी बसी दिनुहोस भनेकोले सही गरी दिएको सम्म हो भनी लेखाई दिएबाट उक्त बरामदी मुचुल्का नै संदिग्ध अवस्थाको देखिँदा त्यस्तो संदिग्ध अवस्थाको बरामदी मुचुल्कालाई प्रमाणमा ग्रहण गर्न मिल्ने अवस्था देखिएन । प्रतिवादीको अदालतको इन्कारी बयान निजको साक्षीहरुबाट समर्थित भएको देखिन्छ । यसरी प्रहरी समक्ष कसूरमा सावित भई गरेको प्रतिवादीको बयान शंकारहित तवरबाट पुष्टि हुने कुनै भरपर्दो प्रमाणको अभावमा संदिग्ध अवस्थाको बरामदी मुचुल्काको भरमा प्रतिवादीलाई कसूरदार ठहराउन न्याय संगत हुने नदेखिँदा प्रतिवादी कुमार लामालाई कसूरदार ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला पुनरावेदन अदालत पाटनबाट उल्टी गरी प्रतिवादीलाई सफाई दिने ठहराएको इन्साफ मनासिव हुँदा सदर हुने । (प्र.नं.१६) पुनरावेदक वादी तर्फबाटः विद्बान सह-न्यायाधिवक्ता श्री नरेन्द्रकुमार पाठक प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अवलम्बित नजिरः X फैसला न्या.अरबिन्दनाथ आचार्यः पुनरावेदन अदालत पाटनको मिति २०५२।७।१४ को फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः 2. का.जि.किर्तिपुर बस्ने कुमार लामाले लागू औषध बिक्री वितरण गर्छन भन्ने बुझिन आएकोले कारवाही गर्नु हुन भन्ने समेतको लागू औषध नियन्त्रण अधिकारीको अपराध अनुसन्धान शाखालाई लेखेको पत्र । 3. किर्तिपुर डेरा गरी बस्ने कुमार लामालाई गणेशस्थान अगाडि फेला पारी २ ग्राम लागू औषध बरामद गरी गराई दिएका छौं भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । 4. म आज भन्दा ७ दिन अघि विरगंज गई एक जना तराईबासीसँग खैरो हिरोइन एक ग्रामको रु.१५०।- का दरले २ ग्राम रु.३००।- मा खरिद गरी चम्पासिंहलाई भेटी बिक्री गर्न पर्खदा मलाई प्रहरीले पक्राउ गर्यो भन्ने समेत व्यहोराको कुमार लामाको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान । 5. मिति २०४९।११।३ गते कुमार लामालाई लागू औषध हिरोइन सहित पक्राउ गरी लगेको भनी सुनेको हौ भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का । 6. चम्पासिंह लामाले कुमार लामालाई लागू औषध लिन पठाई चम्पा सिंह लामालाई बेच्न खोजेको अवस्थामा पक्राउ परेको प्रष्ट हुन आएकोले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ग) अनुसार सजा