निर्णय नं. ३८८१ - प्रतिषेध मिश्रित उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८८१ - प्रतिषेध मिश्रित उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०५/०५ २६५९ निर्णय नं. ३८८१ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १९६६ आदेश भएको मिति : २०४६।५।५।२ मा रिट निवेदक : का.नं पं. वा.नं. ११ बस्ने जहिरमिया अन्सारी विरुद्ध विपक्षी : जिल्ला पञ्चायत सचिवालय, झापासमेत विषय : प्रतिषेध मिश्रित उत्प्रेषण § गाउँ पञ्चायत तथा नगरपञ्चायत क्षेत्र भित्र व्यापार गरिएकोमा व्यापार कर लिन सकिने हुन्छ तर गाउँ पञ्चायत, नगरपञ्चायत वा जिल्ला पञ्चायतको क्षेत्रको बाटो गरी निकासी गरिएको खसी बोकामा कर लिन सक्ने व्यवस्था कानुनले गरेको देखिँदैन, कानुन बमोजिम मात्र कर लगाउन र उठाउन सकिने हुन्छ तसर्थ निवेदकका खसी बोका राँगा आदिमा आफ्नो इलाकाको बाटो गरी निकासी गर्दा कर उठाउने गरेका प्रत्यर्थीहरुका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. १३) § कानुन बमोजिम बाहेक कर असूल नगर्नु भनी विपक्षी गाउँ पञ्चायत, नगरपञ्चायत तथा जिल्ला पञ्चायतहरुका नाउँमा प्रतिषेधको आदेश जारी हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस विपक्षीहरुतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामान्तसिंह बोगटी र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा यस प्रकार छ :– २. म निवेदक समेतले नेपाल अधिराज्यका विभिन्न जिल्ला गाउँबाट राजमार्गको बाटो गरी खसी बोका राँगाहरु ल्याई काठमाडौं उपत्यकामा चाहिने मासुको आपूर्ति गर्दै आएकोमा विपक्षीहरुले ठाउँ ठाउँमा बाटो छेकी झापा जिल्ला पञ्चायतले निकासी पैठारी कर भनी, जि. पं. सप्तरीले चौपाया कर भनी, जि. पं. सिराहाले पशु चौपाय निकासी पैठारी चन्दा दस्तूर भनी, जि. पं. नवलपरासीले राँगा भंैसी खसी बोका निकासी कर भनी, जि. पं. उदयपुरले चौपाया निकासी कर भनी, जि. पं. मकवानपुरले कुन किसिमको दस्तूर हो सो उल्लेख नगरी, जि. पं. बाराले बाटो कर चौपाया दस्तूर भनी, दमक न.पं. ले चौपाया बिक्रिकर भनी, लाहान न.पं. ले खसी बाख्रा हाटको भनी, जनकपुरधाम न.पं.ले निकासी पैठारी व्यापार कर भनी, कलैया न.पं. ले व्यापार सवारी कर भनी, काठमाडौं न.पं. ले व्यापार कर भनी, महादेवस्थान गा.पं.ले कुन किसिमको कर दस्तूर हो सो केही उल्लेख नगरी कर चन्दा दस्तूर लिंदै आउनु भयो । यसै किसिमको विषयमा म निवेदकले यस अघि पनि विपक्षीहरु विरुद्ध यस अदालतमा रिटनिवेदन दिंदा विपक्षीहरुले कर चन्दा उठाउन नपाउने भनी मिति २०३४।११।५ तथा मिति २०४१।९।९ मा समेत परमादेशको आदेश जारी भएको छ । त्यस्तै गरी खसी बोका राँगा समेतका अत्यावश्यक वस्तुहरुमा कुनै प्रकारको कर चन्दा कुनै तहमा नलगाउने गरी श्री ५ को सरकारबाट २०४२।१०।१० मा निर्णय भई २०४२।१०।२० मा स्थानीय चन्दा कर नलिनु भनी सबै जिल्ला पञ्चायत तथा नगरपञ्चायतहरुमा परिपत्र भई गएको पनि छ । न.पं. तथा जि. पं. कुनैले पनि बाटो घाटो गरी अन्यत्र गएको खसी बोका राँगामा कुनै दस्तूर चन्दा कर लिन पाउने व्यवस्था ऐनले गरेको छैन । यस अवस्थामा विपक्षीहरुले संविधानको धारा ५८ विपरीत लगाएको चन्दा कर दस्तूरबाट नेपालको संविधानको धारा १०(१), ११(२) र (घ), (ङ) १५ समेत द्वारा प्रदत्त मौलिक हक अधिकारमा