निर्णय नं. ३८८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८८२ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४६/०६/०२ २३३८ निर्णय नं. ३८८२ ने.का.प. २०४६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. १२५२ आदेश भएको मिति : २०४६।६।२।२ मा रिट निवेदक : रुपन्देही जिल्ला आनन्दबन गा.पं. वा.नं. ३ बस्ने टोपबहादुर कामी विरुद्ध विपक्षी : जिल्ला कार्यालय रुपन्देहीका प्र.जि. अ. श्री पुरुषोत्तम भट्टराइसमेत विषय : उत्प्रेषण § क्षेत्रीय अदालतबाट हक निखन्न पाउने गरी हकदार कायम भएको र सो फैसला अन्तिम भइरहेको देखिन्छ, यस स्थितिमा मालपोत कार्यालयबाट हकदार सम्बन्धमा हक बेहकमा निर्णय भएको मान्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री गणेशराज शर्मा आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. धनबहादुर कामी र निवेदकका दाजु भाइ नाताका हौं । धनबहादुरले आफ्नो नामको रुपन्देही जि. आनन्दवन गा.पं. वडा नं. ३ मा पर्ने कि.नं. ७३, ७४, ७५, ७६, ७७ समेतका ज.वि. २–०–१६ जग्गा रु. १४,०००।– मा २०३२।९।७ मा विपक्षी मन्दरा पौडेलनीलाई राजीनामा गरी दिएछन् । तत्पश्चात लेनदेन व्यवहारको ११ नं. र रजिष्ट्रेशनको ३५ नं. अनुसार निखनाई लिन पाउने मेरो कानुनी हक हुँदा २०३२।९।७ मा लिखतको थैली तत्कालीन भू.प्र.का. मा जम्मा गरी सो को भौचर र लिखत राजीनामाको प्रतिलिपि समेत साथ राखी निखनाई पाउन भू.प्र.का. रुपन्देहीमा दर्खास्त गर्दा उक्त कार्यालयबाट विपक्षी मन्दरीका नाममा कानुन बमोजिम ७ दिने म्याद जारी भई फिराएको प्रत्युत्तरमा म निवेदक हकवाला होइन भन्ने प्रश्न उठाएकोले अदालतबाट हकदार कायम गराई ल्याएका बखत कारवाही हुने भनी सुनाई २०३२।१०।२९ मा उक्त मुद्दा तामेलीमा राख्ने निर्णय भयो । सो अनुसार नाता कायम र हकदार कायममा मेरो फिराद परी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट नाता र हकदार कायम हुने ठहर्याई २०३९।३।१३ मा अन्तिम फैसला भएको छ । उक्त फैसला साथ राखी २०३२।१०।२९ मा तामेलीमा राखिएको कारवाही उठाई निखनाई पाउँ भनी परिवर्तित मालपोत कार्यालय रुपन्देहीमा निवेदन दिंदा मा.पो.का. ले तामेलीमै राखी दिने निर्णय गरेकोले त्यस उपर जि. का. रुपन्देहीमा पुनरावेदन गर्दा २०४१।१०।१ मा जि. का. बाट मालपोत कार्यालयको निर्णय नमिलेकोले पुनः निर्णय गर्न पठाउने भन्ने निर्णय भयो । उक्त निर्णय उपर विपक्षी मन्दरीले पुनरावेदन माग गरी प.क्षे.अ. मा जाँदा २०४४।६।१७ मा अनुमति नदिने निर्णय भएको छ । उक्त जिल्ला कार्यालयको निर्णय बमोजिम विपक्षी मालपोत कार्यालयले पुनः निर्णय गर्दा म निवेदकले निखनाई ज.ध. प्रमाण पुर्जा पाउने भनी २०४३।१।१२ मा निर्णय गर्यो । उक्त निर्णयका उपर विपक्षी मन्दरीको पुनः जि. का. रुपन्देहीमा पुनरावेदन पर्दा विपक्षी जिल्ला कार्यालयले मा.पो.का. बाट भएको निर्णयलाई बदर गरी २०४३।५।९ मा निर्णय गर्यो । त्यस उपर मेरो प.क्षे.अ. मा पुनरावेदनको अनुमति मागी जाँदा प.क्षे.अ. बाट जिल्ला कार्यालय रुपन्देहीको निर्णय बदर गरी मालपोत कार्यालयको निखनाई दिने निर्णयको अस्तित्व कायम राखी कानुन बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर निर्णय गर्नु भनी २०४५।२।१० मा निर्णय गरी